जहाँ बादल, त्यहाँ विवाद

राजनीति समाचार

काठमाडौं । माओवादीमा घाँटीसम्म डकारेर एमालेमा छिरेका रामबहादुर थापा (बादल)लाई एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र ठूलै सम्पत्ति ठानेका थिए । आज एमालेका लागि तीनै बादल काउसो भएका छन् । बादलले स्व. मदन भण्डारी र जीवराज आश्रृतको ३३ औं स्मृति दिवसमा बोलेका कुरा हुन् वा संसदमा बोलेका कुराले नेकपा एमालेलाई कता लान खोजिरहेको छ भन्ने शंका बढ्दै छ ।
बादल राजनीतिक विश्लेषक र आफूले निर्णय गर्ने क्षमताका नेता हाइनन् ।

अहिले अध्यक्ष ओली आफूविरुद्ध लागेका नेता सबै दक्षिणपन्थी आफू महाक्रान्तिकारी भनाउन तिनै बादललाई प्रयोग गरेका छन् । त्यसैले “जहाँ बादल, त्यहाँ विवाद’ भनेको त्यहीं जेठ ३ गते मदन–आश्रृतको ३३ औं स्मृति मनाइएको थियो । मदन–आश्रृतको रहस्यमय मृत्यु दास ढुङ्गामा पीज दूर्घटनाबाट भएको थियो ।

जीप स्व. मथुरा मास्केले दिएका थिए । कम्युनिस्ट पार्टीका संस्थापक प्रवक्तालाई नरबहादुर कर्माचार्यका साथी मथुरालाई कम्पनीले छलेको राजस्वले पीडा दिएको थियो । उनले जनयुद्ध र शान्तिवार्तापछि पनि समस्या समाधानका लागि प्रयास गरे । तर, राजस्वका कर्मचारी र नेताको पहुँच मिलेन । अरुण डिस्टिलरी नै बन्द भयो । देशकै करोडौ राजस्व गुम्यो । नेकपा एमाले शासनमा पुग्दा पनि त्यो समस्या निराकरण गरेन । नेता कमाउन लागेका थिए । आज एमाले पतन हुनुको कारण बादल जस्ता कतै चिन्ता नभएका स्वार्थको खेती गर्दा पहुँचमा सुन तस्करी र नक्कली भुटानी काण्डका नाइकेलाई उपाध्यक्षको रुपमा अध्यक्ष ओलीले काध थाप्नु हो । उनले बल्खुमा बोलेका कुराले एमाले कार्यकर्ताको पार्टीप्रतिको मोह रहँदैन । दास ढुङ्गामा मदन–आश्रृत मारिनु र आज केपी ओली खेदिनु एउटै होइन ।

आफ्ना नेताको रहस्यमय हत्यामा एमालेका अध्यक्ष चार पटक प्रधानमन्त्री हुँदा कहिल्यै छानविनमा चासो दिएनन् । मदन–पत्नी विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति भइन् उनलाई पनि चासो भएन जब जेठ ३ गते आउँछ अनि एमाले नेताहरुको कोलाहल हुन्छ । अब मदन र आश्रृतको नाममा रोटी सेकेर एमाले पुनजीवित हुन्न । पथभ्रष्ट सत्ता लम्पट त्यो नेतृत्वमा हिजो केपी बिनाको एमाले हुँदैन भन्दै विद्यालाई राजनीतिमा आउन नदिने विष्णु पौडेल, शंकर पोख्रेल, प्रतीप ज्ञावालीहरु विद्या कै खुट्टा ढोग्न पुगेको देखियो । जवकी पार्टीमा उनीहरुलाई त्यो ठाउँ दिलाउने उनै केपी थिए ।

राज्य साञ्चालनमा ओली असफल पात्र हुन् । उनलाई चाकडी गर्नेलाई पद बाडियो । एमालेकै पुराना नेता हेपिए । चुनावमा टिकट बाड्दा होस् वा ११ औं महाधिवेशनमा दिलाएको पद किन नहोस् । तर, बादल जहाँ बोल्छन् त्यहाँ विवाद चर्काएकै हुन्छ । धन्न प्रचण्डले यस्ता चेतनाहिनलाई कसरी प्रयोग गरे । बादलको राजनीतिक हैसिएतले नक्कली भुटानी प्रकरणको छानविनमा जेल जाने देखाएको छ । त्यो बेला एमाले उनको शति जाँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *