महाधिवेशनपछि सरकार परिवर्तन हुने संकेत
काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बनेको तीनमहिना नपुग्दै आफ्नै हर्कलले दिनप्रतिदिन अलोकप्रिय बन्दै गएका छन् । प्रधानमन्त्री साहको स्वेच्छाचारी अभिव्यक्ति र काम गराइले रास्वपाभित्र नेताहरुबीच व्यापक असन्तुष्टि छाएको छ । नेताहरुबीच असन्तुष्टी बढेसँगै रास्वपाले पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।
केन्द्रीय महाधिवेशन नजिकिएसँगै जिल्ला, पालिका र वडा अधिवेशन केही ठाउँमा सम्पन्न भएको छ भने केही ठाउँमा हुन सकेको छैन । जिल्ला, पालिका र वडा तहको अधिवेशनमा अधिकांश ठाउँमा कार्यकर्ताबीचको विवादका कारण कार्यसमिति चयन हुन सकेका छैनन् । विवादका बाजुद प्रदेश अधिवेशनतिर लागेको छ । त्यसले गर्दा रास्वपाको केन्द्रीय महाधिवेशनमा पनि भाडभैलो हुने देखिन्छ । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदा वरिष्ठ नेता तथा प्रधानमन्त्री साह न उनलाई एयरपोर्टमा बिदाइ गर्न गए, न त स्वदेश फर्किँदा स्वागत गर्न नै गए । त्यसले गर्दा रास्वपाभित्र सरकारको नेतृत्व गर्ने र पार्टीको नेतृत्व गर्नेबीच द्वन्द्व चर्किँदै गएको अवस्था सिर्जना भएको छ ।
प्रतिनिधि सभा निर्वाचनमा दुईतिहाई हाराहारी बहुमत प्राप्त गरे तापनि क्रियाशील रास्वपाको सदस्यता लिनेको संख्या भने न्यून छ । समानुपातिकमा ५१ लाख मत पाएको रास्वपाका क्रियाशील सदस्य भने ५ लाख हाराहारी रहेका छन् । प्रतिनिधि सभा निर्वाचन अगाडि जति आकर्षण थियो सरकारमा पुगेपछि रास्वपा छोड्नेको लर्को पनि त्यत्तिकै छ । रास्वपाको महाधिवेशनमा नेतैपिच्छे गुट उपगुट खडा हुने देखिएको छ भने सभापतिमा रवि लामिछानेले नै बाजी मार्ने देखिन्छ । वरिष्ठ नेता बालेन्द्र साह पक्ष सरकारमा हावी भए तापनि पार्टी संगठनमा कमजोर देखिन्छ ।
त्यसले गर्दा रास्वपाको पहिलो महाधिवेशन सम्पन्न हुनासाथ पार्टी विभाजन हुने खतरा बढेको छ भने सांसदहरुमा खरिद–विक्रीको चलखेल नहोला भन्न सकिन्न । किन कि प्रधानमन्त्री साहलाई दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी छिमेकी मुलुक चीनले खासै रुूचाएका छैनन् । कुटनीतिक क्षेत्रमा पनि बालेन्द्र कमजोर देखिन्छन् । नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डताका बारेमा राम्रो भूमिका निर्वाह गर्न पनि सकेका छैनन् । नेपाल–भारतबीच सीमा विवाद बारेमा नेपालले भारतको भूमि अतिक्रमण गरेको संसद्बाट अभिव्यक्ति दिँदा प्रधानमन्त्री साह झन् विवादमा तानिएका छन् । त्यसकारणले पनि रास्वपाको पहिलो महाधिवेशनपछि नयाँ प्रधानमन्त्री खोजी हुने सम्भावना बढेको छ ।
रास्वपाको पहिलो महाधिवेशन नजिकिँदै गर्दा नेता, कार्यकर्ताहरु प्रधानमन्त्री बालेनको पक्षमा खुलेर देखिएका छैनन् । महाधिवेशनानमा बालेन आफैले प्रतिस्पर्धा नगरे तापनि उनको पक्षबाट कोही न कोही प्रतिनिधिले प्रतिस्पर्धा गर्ने देखिन्छ । रास्वपाको पहिलो महाधिवेशनमा तीन हजारभन्दा बढी केन्द्रीय प्रतिनिधिहरुले भाग लिने बताइएको छ । तीनैमध्येबाट केन्द्रीय कमिट छनोट हुने छन् । महाधिवेशनबाट निर्वाचित भएर आएको केन्द्रीय कमिटिले सरकारको आयु निर्धारण गर्ने देखिन्छ । किन कि सभापति लामिछाने भारत भ्रमणमा जाँदा पनि पार्टी र सरकारसँग समन्वय हुन सकेको थिएन ।
सभापति लामिछाने भारत भ्रमणबाट स्वदेश फर्किएसँगै परराष्ट्रमन्त्री शिशिर खानाल भारत भ्रमणमा गएका थिए । सभापति लामिछाने फर्किनासाथ रास्वपा नेता तथा परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जानुललाई राजनीतिक विश्लेषकहरुले अर्थपूर्ण रुपमा लिएका छन् । भारत भ्रमणबाट फर्किएसँगै परराष्ट्रमन्त्री खनाल चीन जाने भएका छन् । परराष्ट्रमन्त्रीको छिमेकी मुलुक दौडधुपले पनि रास्वपा सरकार धरापमा पर्ने संकेत गर्छ ।

