रैथाने कांग्रेस छटपटाउँदै

राजनीति समाचार

काठमाडौं । विशेष महाधिवेशन अस्वीकार गर्ने पार्टी विधान लत्याएर आफ्नो स्वार्थका निर्णय गर्ने महा सेठहरुले सदस्यता अध्यावधिक गर्दा कांग्रेसको लम्पट दास पुस्ता हराउने भएको छ । भ्रष्टाचारको छानविनमा परेका मोहन बस्नेत, ज्ञानेन्द्र बहादुर कार्की, सम्पत्ति छानविनमा परेका दीपक खड्का, रमेश लेखक, डा. आरजु राणा, भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँड र मञ्जु खाँडको चिन्ता भएन ।

पूर्णबहादुर खड्का विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला, डा. शेखर कोइराला, डा.शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाश शरण महत, आनन्द ढुङ्गाना, उमाकान्त चौधरी, कुन्दनराज काफ्ले, किशोर सिंह राठौंर गोविन्द भट्टराई, एनपी साउद, शंकर भण्डारी र डिना उपाध्यायहरुलाई सदस्यता अध्यावधिकको समय तीन पटक थपे तापनि पार्टीबाट हराउने रहर पुरा हुँदैन ।

खड्का समूहको पछि लागेका डा. शेखर आफै पनि राजनीतिक तहमा चर्चामा थिए । तर, आज तीनै शेखर कमजोर भएका छन् । उनको टीमभित्र डा. मिनेन्द्र रिजाल, बलबहादुर केसीजस्ताले गुट धानेका छन् । प्रदेश तहमा भेला भयो जिल्ला, नगरपालिका स्तरमा जरा अभियान सफल भयो । तर देउवा गुटले नमूनाकै भेला ग¥यो । कार्यकर्ता कांग्रेसका थिएनन्, गुटका थिए । आज कांग्रेस खस्कँदै गएको छ । विधान तोड्ने बानी परेका देउवा समूहले १५ औं महाधिवेशनलाई पचाएको छैन । सत्तामा रहँदा भ्रष्टाचारले थलिएकाहरु आज पार्टी फुटाउन पनि तयार हुँदैछन् ।

विभाजनले कसैलाई फाइदा छैन । कांग्रेस एजेन्डामा चल्न छोडेको छ । शेरबहादुर देउवा र डा. आरजु सिंगापुरमै छन् । उतैको रिमोट कन्ट्रोलले चलेको त्यो गुटले छुट्टै महाधिवेशन गर्ने हैसियतमा छैन । किन कि सात प्रदेश ७७ जिल्लामा गगन, विश्वको टोली पुग्यो । क्रियाशील सदस्यता ७ लाखभन्दा बढी भइसके । पुराना एक लाख सदस्य घटेका छन् । तिनै मध्यबाट रास्वपामा प्रवेश गरेर कती सासद भए कति पार्टी नेतृत्व लिन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *