ओली–प्रचण्डको प्रतिस्पर्धा

राजनीति समाचार

काठमाडौं । देशको विकास र समृद्धिको लागि आफू पदमा हुँदा नयाँ योजना नयाँ डिठजाइनका साथ जनताका अगाडि प्रस्तुत हुनुनै इमानको राजनीति हो । बेइमानीको ओखती हुँदैन । जो प्रचारमा रमाउँछ काममा होइन । यस्तै कडा प्रतिस्पर्धाबाट साइबर स्यालहरुको हूईयाँले प्रफुलित एमाले अध्यक्षले सुरुङमार्ग मैले बनाएको भन्दै प्रचार गरे । त्यसको शुरुवात माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला २०७३ साल पुस ७ गते जाइकाको १६ अर्ब ६२ करोड सहुलियत ऋण लिने निर्णय गरी भएको कुरा रेकर्ड हेर्दा थाहा हुन्छ । तर केपी ओलीले २०७६ साल कात्तिक ४ गते सुरुङको शिलान्यास गरे तापनि कोभिडका कारण निर्माणको कामलाई असर गरेको थियो । प्रचण्ड चौथो पटक प्रधानमन्त्री हुँदा २०८१ वैशाख ३ गते ब्रेकथ्रू भएको हो । त्यो लागत बढेर अहिले २२ अर्ब पुगेको छ ।

साउनबाट व्यवसायिक रुपमा सञ्चालन हुने सुरुङमार्ग सञ्चालनको ठेक्का पनि चाइनिज कम्पनीले नै पाएको छ । कम्युनिस्ट पार्टीको नेता काममाभन्द्या जस लिन प्रतिस्पर्धा गर्छन् भन्थे यो उदाहरण भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको योजनाकार डा. बाबुराम भट्टराई हुन् । यो सडकले पूर्वको माने भञ्ज्याङ्ग देखि वैतडीको झुलाघाट जोडेको छ । देशभरका सडक विस्तारको जस उनले पाउनुपथ्र्यो । तर नेपाली समाजले मान्छे चिन्दैन भन्ने प्रमाण डा. बाबुराम भट्टराईको राजनीति गिरावटले झल्काउँछ । उनी माओवादी छाडेर नयाँशक्ति बनाउने नेता हुन् । तीनको नयाँ शक्तिको रुप रास्वपा बन्न पुग्यो । मुखले घुक्याए पनि व्यवहारले दुष्टपन देखिने नेताको प्रवृत्ति बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *