अध्यावधिक नगर्नेलाई पार्टीले नचिन्ने

राजनीति समाचार

काठमाडौं । सदस्यता अध्यावधिक नगर्ने खान्दानीया कांग्रेसहरु यस पटक पार्टीमै बिरानो बन्दैछन् । अरुलाई वडा तहबाट निर्वाचित हुँदै केन्द्रमा आउनुपर्छ भन्ने खान्दानीहरु सबैको निरन्तरता भने अब रहने छैन । भ्रष्टाचार काण्ड लागेकाले पनि धमाधम सफाई पाउने छन् । किन कि अदालतमा तीनै छन् । जो दलीयताका आधारमा अदालतमा न्यायाधीश बनेर प्रवेश गरे । नुनको सोझो गर्नेले भ्रष्टाचारमा मुछिएका नेतालाई सफाइ दिन सक्छन् । सफाई पाउने धेरैजसो कांग्रेसकै नेताहरु छन् ।

कांग्रेस सभापति भन्दैछन्–,‘तोकिएको समयमा सदस्यता अध्यावधिक नगर्नेलाई व्यक्तिले चिन्छ, आदार गर्छ तर पार्टीको रोस्टरले चिन्दैन’ कांग्रेसमा धेरैले पद पाउन पार्टी नीनि स्वार्यन सकिन्न भन्छन् । उनीहरु १११ जना छन् । एकपटकको नेता सधैं नेता बन्ने र पुस्तान्तरणको ब्याज खाने प्रतिस्पर्धा कांग्रेसमा अब छैन । किन कि पार्टीमा ब्याज खाने कोइाराला, सिंह र निधि वंश हो । जो पार्टीमा फल खाँदै आएपनि फागुन २१ मा जनताले पत्याएनन् । एकपटकको नेता सधैं नेता हुने कांग्रेसभित्र परम्परा छ ।

कांग्रेसले एक लाख क्रियाशील सदस्यता बनायो भने महाधिवेशन प्रतिनिधि र क्रियाशील सदस्यता वडा तहबाट छनोट हुने व्यवस्था छ । ठूला कहलिएकाहरुब वडा तहमा पुगेर सदस्यता भर्ना लजाएका हुन् भने घरमै बसेर आफैले पार्टीको ठेगाना खोजेर नविकरण गर्न पाउने व्यवस्थाको विरोध गर्नुपर्ने थिएन । विधान आफै बनाउने कार्यान्वयन नगर्नेको प्रतिफल यो बेला पाकेको छ । जुन बेला १५ महाधिवेशनको तयारी गरिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *