काठमाडौं । सुट, टाई लगाएको अंग्रेजी बोल्न सक्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले जनतालाई देखिस् पिएचडी प्राप्त विद्धानले लाशलाई पनि छोडेन भने हुन्छ । विश्वमै नभएको कर निर्धारण गरेर डा. वाग्ले नेपालमा अब नबस्ने उद्देश्यले यस्ता अपराध गरेको त होइन ? अब शंका गर्नुपर्ने भएको छ । विशुल्क विरामी बोक्ने एम्बु्लेन्सलाई समेत कर लगाएर चर्चामा आएको रास्वपा खरानी समूहले जनतालाई राम्रै उपहार दिएपछि बनस्थलीको घण्टीघरको सुरक्षा गर्न गोलीगठ्ठाले सुसज्जित सेना खटाएमा नौलो हुँदैन ।
जनता सुरक्षित छैन, अर्थशास्त्रको पिएचडीवाला अर्थमन्त्री आफू ईभी गाडीबाट एकै लटमा रु २ अर्ब १४ करोड झ्यामपार्छन् । तर , जनताले राज्यलाई बुझाउने कर यस प्रतिशत बढाएको छ । यस्ता शासकले देशको हित गर्देन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा आउँदा प्रतिलिटर १६५ भएको पेट्रोल हाल १९७ पुगेको छ । ईभी गाडीमा २१७ प्रतिशत कर लगाउने भारत नर्भिएर इन्धनको मूल्य सधैं बढाउने जान्नेलाई छान्नेहरुको क्षमता छर्लङ्ग हुँदै छ ।
जनमुखी नहुने भ्रष्टचारमुखी हुने बालेन्द्र प्रवृत्ति जताततै हावी छ । देशलाई ‘ग्रे’ लिष्टबाट उतार्ने चासोतर्फ छैन । सहकारी ठगहरुमाथि कारबाही छैन । राजस्व छलेका फाइल थन्केकै छन् । ८ करोड राजस्व छलेको मालपानीको गाडीमा कुदेको बालेन्द्रले त्यो समूहको रक्षा गर्ने जिम्मा लिएको स्पष्ट हुन्छ । त्यो हेर्दा केपी ओली र बालेन्द्रको चरित्र ठ्याक्कै मिल्छ ।
ठूलो कारोबार गर्ने राजस्व नतिर्ने कति छन् । अर्थमन्त्रीको डाक्टरीले पत्ता लागेन भने प्रधानमन्त्री बालेनले जस्तै धमका दिने झुण्ड अर्थमा भित्रिया भएकै छन् । प्रधानमन्त्री सबै कुराको विज्ञ रहेछन् । त्यही कारण उनले व्यापारी, निर्माण व्यवसायी, सेयर बजारसँग छलफल गर्दा विषयसँग जोडिएको अर्थमन्त्रीको आवश्यकता महसुस गरेनन् ।

