भोटेकोशी बाढीले ठुलो जनधनको क्षति

राजनीति समाचार

काठमाडौं । भदौ १० गतेको भोटेकोशी बाढीले रसुवा, धादिङ, नुवाकोटी, गोरखा, चितवनलगायतका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएको छ । सो क्षेत्रका १६ वटा जलविद्युत आयोजनाहरु ध्वस्त भएका छन् । त्योसँगै ९ वटा बैंकका १९ वटा शाखा कार्यालयको भौतिक संरचना र सम्पत्ति सखास हुनुका साथै अधिकांश कर्मचारीहरु बेपत्ता भएका छन् । यो क्षतिको एकिन डाटा अहिलेसम्म तयार भएको छैन । मानिसहरु कति हताहत भए भन्ने एकिन डाटा पनि आएको छैन । त्यसको लागि सहयोग गर्ने दाताहरु बढिरहेका छन् ।

त्यसको लागि विश्व बैंकले २५ अर्ब सहयोग गरेको छ भने गैर आवासीय नेपाली संघले ५ करोड सहयोग गरेको छ । एक्स्ट्रिम इनर्जी ड्रिङ्क प्रा।लि।ले १ करोड ५० लाख सहयोग गरेको छ । त्यसैगरी कंगारु एजुकेशन फाउन्डेसन ५ लाख ५५ हजार, नेपाल लेयर्स कुखुरा पालन संघ १ लाख, रिलाइन्स सुगर एन्ड केमिकल इन्डस्ट्रीज १० लाख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी ११ लाख ११ हजार, उद्योग संगठन मोरङ १५ लाख, हिमालयन बुलियन कम्पनी २१ लाख, शिवशक्ति ग्रुप ५१ लाख, हिमालयन मेट्रोक्स ७० लाख, एनसेल आजीयाटा १ करोड, सारस बेभरेज ९रेडबुल० २ करोड, एनआईशी एसिया बैंक २ करोड २१ लाख, सामाजिक बैंक २ करोड २५ लाख, नेपाल इन्फ्याक्ट्रचर बैंक २ करोड ५० लाख, राष्ट्रिय वाणिज्य बैंक ३ करोड, कुमारी बैंक ३ करोड, नेपाल बैंक ३ करोड १ लाख, ग्लोबल आईएमई बैंक ५ करोड, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान ५ करोड ५ लाख ५० हजार, बीवाईडी साइमेक्स ७ करोड, गोर्खा बु्रअरी कम्पनी १० करोड, स्याकर ट्रेडिङ १ करोड, सूर्यज्योति लाइफ इन्स्योरेन्स १ करोड, एग्रो थाई फुड्स प्रा।लि।१ करोड, विजयकुमार शाह १ करोड, राजी राणा १ करोड ९ लाख ८० हजार, एमएडब्लु ग्रुप १ करोड ११ लाख, मोरङ आटो वक्र्श १ करोड ११ लाख, नेपाल लाइफ इन्स्योरेन्स २ करोड ५१ लाख, कृषि विकास बैंक ३ करोड प्राइम कमर्सियल बैंक ३ करोड १ लाख, पदमज्योति समूह ५ करोड, नेपाल उद्योग परिसंघ ५ करोड २९ लाख १५ हजार, चौधरी ग्रुप र नविल बैंक १५ करोड, सूर्य नेपाल प्रा।लि। १५ करोड, डब्लुएफ नेपाल १ करोड, जाउलाखेल डिस्टीलरी १ करोड, अल्फा अटोमोटिभ प्रा।लि। १ करोड, सोलु आइड्रोपावर १ करोड, सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स ७२ लाख, नेपाल सिमेन्ट उत्पादक संघ ५१ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ५१ लाख, मुक्तिनाथ विकास बैंक ५० लाख, मेटालाइफल नेपाल ३० लाख, कामना सेवा विकास बैंक २५ लाख, नेपाल चिया विकास कर्पोरेसन ११ लाख, ग्लोबल आईएमई क्यापिटल १० लाख र नेपाल आदर्श निर्माण कम्पनी १० लाख सहयोग गरेका छन् । त्यसैगरी अन्य विदेशी सहयोगी दाता राष्ट्रहरु थपिइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *