काठमाडौं । रास्वपाले संघमा सरकार बनाएजसरी नै आगामी ८४ मा हुने स्थानीय तह र प्रदेश निर्वाचनमा आफ्नो सरकार बनाउनको लागि उमेदवारी छनोटको गर्ने तयारी थालेको छ । रास्वपाले स्थानीय र प्रदेशमा आफ्नो सरकार बनेको खण्डमा तीनै तहको सरकार मजबुट बनाउने खेलोफड्को सुरु गरेको छ । तीनै तहको सरकार बलियो बनाउनको लागि स्थानीय र प्रदेशमा योग्यता क्षमता भएका व्यक्तिहरुलाई उम्मेदवारी बनाउने तयारी गर्दै छ । दुवै तहमा करिब चार हजार देखि पाँच सय हाराहारी कार्यकर्ताले जागिर पाउने छन् । त्योसँगै सल्लाहकारहरु नियुक्ति गरिने तयारी गर्दै छ ।
हाल सरकारले करिब संवैधानिक निकाय र राजदुत गरी करिब २० स्थानमा नियुक्तिगरेको छ । त्यसले गर्दा पनि सरकारलाई काम गर्न सहजिकरण हुने छ । तर राजनीतिक पार्टीहरु आन्तरिक झगडामा रुमलिएका छन् । कांग्रेसभित्र यतिबेला दूइधार देखिएको छ । त्यसको फाइदा पनि रास्वपालाई पुग्ने छ । अर्काेतिर नेकपा एमालेभित्र पनि नेतृत्व फेर्नुपर्ने आवाज उठिरहदा नेता कार्यकताहरु दुविधामा परेका छन् । नेता कार्यकर्ता दुविधामा परेसँगै फाइदा रास्वपालाई पुग्ने देखिन्छ । कांग्रेस र एमालेले संगठन विस्तार गर्न सकेका छैनन् । कांगे्रस र एमालेमा विवादित भएका कार्यकर्ताहरु रास्वपाको पार्टी प्रवेश गरेर आगामी हुने स्थानीय र प्रदेश निर्वाचनमा उम्मेदवारी बन्ने सम्भावना त्यत्तिकै बढेर गएको छ । स्थानीय सर्वसाधारण जनताहरु रास्वपाकै पक्षमा देखिन थालेका छन् ।
किनकी कांग्रेस र एमालेबीचको आन्तरिक झगडाले राजनीतिक स्थायित्व नहुने आकलनसहित कांग्रेस र एमालेका कार्यकर्ताहरु रास्वपा प्रवेश गर्ने सम्भावना बढेर गएको छ । त्यसले गर्दा पनि आगामी संघ र प्रदेश निर्वाचनमा रास्वपाको बहुमत नआउला भन्न सकिदैन । हाल संघिय संसदमा माओवादी, कांग्रेस र एमाले लगायत विभिन्न नेता कार्यकर्ताहरु रास्वपा प्रवेश गरेर संघिय संसदमा ६४ जना सांसद रहेका छन् । तीनै ६४ जना सांसदले कांग्रेस र एमालेको विरोध गरिरहेका छन् । २०८४ को स्थानीय निर्वाचनलाई लक्षित गर्दै रास्वपाले ७५३ वटै पालिकामा उम्मेदवार तयार गर्ने र युवालाई प्राथमिकता दिने तयारी गरिरहेको छ।
संगठन विस्तारका क्रममा २०२६ जुनसम्म रास्वपाले ६०९ स्थानीय तह र ४,३६३ वडामा अधिवेशन गरिसकेको छ । त्योसँगै क्षेत्रगत आधार भने समानजनक छैन।
२०२६ को प्रतिनिधिसभा निर्वाचनमा मधेशमा रास्वपाले ३२ मध्ये ३० सिट जितेको थियो भने प्रदेशस्तरमा कुनै संगठन थिएन । अहिले रास्वपाले प्रदेश र स्थानीयमा संगठन विस्तार गरिरहेको छ । तर कांग्रेस र एमालेले संगठन विस्तार बलियाmे बन्न सकेको छैन । कांग्रेसले पार्टी सुद्धिकरणको नाममा १५ औं महाधिवेशनको नाममा अल्झिएको छ भने नेकपा एमालेभित्र नेतृत्व परिवर्तन हुनुपर्ने आवाज उठिरहेको छ । उता नेकपाले नत संगठन विस्तार गर्न सकेको नत अधिवेशन नै गर्न सकेको छ । यी र यस्तै कारणले कांग्रेस एमाले र नेकपाको फाइदा रास्वपाले उठाउने देखिन्छ ।

