काठमाडौं ।‘ताकपरेतिवारी नत्र गोतामे’ एमाले अध्यक्ष केपी शर्मा ओलीको हकमा यो लागु हुन्छ । आफू शक्तिशाली बन्दा कसैले प्रश्न उठउनासाथ टेक्ने हाँगो नसमाउने ओलीका हनुमानहरु आज ओलीसँगै टाढिएका छन् । पद र कर्सुीका लागि गणेश भक्ति गाएर पार्टीको विचार, कार्यक्रम, सिद्धान्त र स्थापित मान्यतामाथि चासो नदिने ११ औं महाधिवेशनका पदाधिकारीलाई आज अध्यक्ष ओली पचेका छैनन् ।
यहीँ बेला अध्यक्षले आफैले खेदेर पार्टी सदस्यता नविकरण गर्न नदिएर लत्याइएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको शरणमा जानुपर्ने अवस्था सिर्जना भएको छ । गल्ती स्वीकार्न नसक्ने आफूबाहेक कसैका विचार स्थापित हुन नदिने ओली प्रवृत्ति नेकपा एमालेका लागि घातक भएका छन् ।
अध्यक्ष ओलीले नै निर्वाचनको परिणामको समीक्षा प्रदेश तहका कार्यकर्ता र नेताबीच पार्टीको सम्बन्ध स्थापित गर्न आयोजित भेलाबाट प्राप्त रिपोर्ट र सुझाव अनुसार अगाडि बढ्ने निर्णय गरी विस्वासप्राप्त उपाध्यक्ष रामबहादुर थापा बादललाई संयोजक तोकेर महासचिव र उपमहासचिवहरु उपाध्यक्ष विष्णु पौडेलसमेतको ९ सदस्यीय टोली बनाए । तर, रिपोर्ट नेतृत्वको विकल्प खोज्ने आयो । त्यहाँ २०६४ को निर्वाचन परिणाम र तत्कालीन महासचिवको पदत्यागलाई नैतिकता ठानियो । यही कुरा ओलीलाई पचेन।
आफ्नै पार्टीको धरातल नबुझी अध्यक्षले पार्टी सचिवालयलाई माइनस गर्दै उपसचिवालयबाट काम गरेको हल्ला भयो । सचिवालयको बहुमतले अध्यक्षको विकल्प खोज्यो । विशेष महाधिवेशन प्रतिनिधि परिषद् भेला १२ औं महाधिवेशन जस्ता प्रसंग ल्याइएपछि महासचिवले तयार पारेको प्रतिवेदनमाथि उपाध्यक्ष बादलको ४५ पेजको प्रतिवेदन तयार भयो । अध्यक्षका कमीकमजोरी लुकाएर नुन, बेसार घसेको उपाध्यक्ष बादलको प्रतिवेदन पनि घुसाएर नयाँ प्रतिवेदनका बारेमा केन्द्रीय सदस्यहरुको धारणा लिने काम भइरहेको छ । यहीँ बेला अध्यक्षले आफैद्वारा खेदिएकी पूर्वराष्ट्रपति भण्डारीको साथ खोजेर ‘ताकपरे तिवारी नत्र गोतामे’को पारा देखाउँदै छन् ।

