गगन कांग्रेस स्थापित, देउवा विस्थापित

राजनीति समाचार

काठमाडौं । मुखले देउवा दाइलाई कार्यकर्ताले हजुृरलाई खोज्यो । हजुरबिना अदालतले पनि हामीलाई पत्याएन भन्दै श्रीमती, छोरा, बुहारीसँगै रमाएका पूर्व सभापति शेरबहादुर देउवालाई नेपाल झिकाएर मिराकल पार्टी प्यालेसमा हुलिएको भ्रष्ट जमात लाजले भुतुक्कै भएको छ ।

यो समूह मंसिर २१ देखि २३ सम्म १५ औं महाधिवेशन गर्ने भन्दै छ । भोलि १५ गते वडा अधिवेशन गदैछ । पार्टीका जल्दाबल्दा कार्यकर्ता गगनतिर छन् अस्तित्व विस्थाििपत हुन लागेका देउवासँग गृह जिल्लाकै नैनसिंह महर पनि छैनन् भने अब रास्वपाबाट सागर ढकाल पठाएर डडेलधुरामा कांग्रेसको संगठन गर्न लागे हुन्छ । गगन थापाले वडा, पालिका, क्षेत्र, प्रदेश र जिल्लामा गरी १६ हजार युवा समेटेको छ ।

जहाँ ३० वर्ष मुनिका युवा र महिला जोडिएका छन् । ६७४३ वडामा १०२७० युवा जोडिँदा ७५३ पालिकामा २२५९ पर्छन् । महिलाको प्रतिनिधित्व त्यसरी नै हुन्छ । देउवा पक्षले भोलिदेखि वडा अधिवेशन गर्ने भन्दै छ । यो समूहमा वंशवाद र चाकडी वादको जमघट छ । प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, दिपक गिरीहरु देउवाबाट टाढिएका छन् ।

गिरी गगनतिर गएका छन् । आफैले घर दिएर राखेको दाङका जोगीले देखावटी छाडे पनि विहानको अन्न र बेलुकाको जुस उनकै हातबाट शशांकले पिउँदै छन् । संसद, निर्वाचन आयोग र अदालतले पनि गगन पक्षलाई सघाउँदा देउवा पक्ष विस्थापित हुन खोजेको छ । यो समूहमा पुराना नेताहरुजुर्मुराएका मात्र हुन् । ५ हजार महाधिवशेन प्रतिनिधि गगन पक्षले छानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *