काठमाडौं । तत्कालीन सरकारहरुको पालामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि तथा सहकारी मन्त्रालयले भदौ लागेदेखि कात्तिकसम्म आ–आफ्नो मन्त्रालयअन्तर्गत कर्मचारी सरुवा हुने प्रावधान थियो । यदि सो कर्मचारी सरुवामा अन्य मन्त्रालयको भन्दा संघीय मन्त्रालयको बढी हस्तक्षेप हुने गर्दथ्यो । संघीय मन्त्रालयको सहमति नलिइकन कर्मचारी सरुवा हुने व्यवस्था थिएन । कर्मचारी सरुवा गर्दा संघीय मन्त्रालयको सहमति लिनुपर्ने हुन्थ्यो । तर, बालेन्द्र शाह नेतृत्व रास्वपा सरकार बनेपछि दुईवटा मन्त्रालय गाभेर भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको हो । सो मन्त्रालयमा प्रतिभा रावल मन्त्री रहेकी छिन् । मन्त्री रावल र निजी सचिवबीच को ठूलो भन्ने. होडवाजी चल्न थालेको छ ।
निजी सचिव भीम बुढाले मन्त्री रावललाई नटेरी कर्मचरी सरुवा, बढुवामा खेलोफड्को गरी असुली धन्दा चलाउन थालेको खुलासा भएको छ । नापी र भूमि सुधार कार्यालयमा कर्मचारी सरुवामा हालीमुहाली चलिरहेको छ । त्यसको उदाहरण लिन सकिन्छ भूमि तथा अभिलेख विभागलाई । भूमि तथा अभिलेख वभागमा सरुवा गराएर निर्देशक बनाइएको थियो । विभागमा रहेका कृष्ण अन्य शाखामा सरुवा गरिएको छ । उनै होमबहादुर थापा र शाखा अधिकृत प्रकाश श्रेष्ठको मिलिभगतमा नापी र भूमि कार्यालयमा कर्मचारी सरुवामा ठूलो चलखेल हुने गरेको छ ।
कर्मचारी सरुवामा गर्दा ‘एसएमएस र म्यासेजमार्फत् पुराना र नयाँ कर्मचारीहरुलाई सूचना आदनप्रदान गरी कुन–कुन कार्यालयमा जाने हो त्यसको विवरण हामीलाई उपलब्ध गराइदिनु भनी असुली धन्दा चलाउने गरेको बताइन्छ । त्योसँगै सबै मन्त्रालय र विभागका स्टोर शाखाहरुमा आफ्ना मान्छे राखिएको छ । त्योसँगै भूमि कार्यालय, नापी कार्यालय र स्थानीय तहमा छानीछानी आफ्ना आसेपासेलाई सरुवा गरी असुलीधन्दा चलाएको आरोप छ । निजी सचिवले कर्मचारी सरुवामा मनलाग्दी गरेर कमाउधन्दा चलाउन थालेपछि मन्त्री रावल ओझेलमा पर्न थालेकी छिन् ।
सचिव रहेका मदन भुजेल । भुजेलका पिएलाई पनि अन्यत्र सरुवा गरेको सचिवलाई पत्तो भएन । यी र यस्तै कारणले गर्दा संघीय मन्त्रालय बदनाम हुँदै गएको छ । निजी सचिव बुढाले मालपोत र नापी कार्यालयहरुमा बढी चलखेल गरिरहेका छन् भने मन्त्रीले चाहीँ ठूला राष्ट्रिय गौरवका आयोजनका सचिव, महानिर्देशक र निर्देशकहरुको सरुवामा बढी खेलोफड्को गरेको आरोप छ । संघीय मन्त्रालयमा मन्त्रीको निजी सचिव हावी भएक छन् भने अन्य मन्त्रालयहरुमा सल्लाहकारहरु हावी हुने गरेका छन् ।


