काठमाडौं । संघीय मन्त्रालयले भटाभट कर्मचारी सरुवा गरिरहेको छ । कर्मचारीहरु पनि आफ्नो दरबन्दी मिलानको लागि हारगुहार गरिरहेका छन् । अधिकांश कर्मचारीहरु आम्दानी हुने स्थानमा जानको लागि रास्वपाका नेता÷कार्यकर्ताहरुको चाकडी गरिराखेका छन् भने दलनिकटका कर्मचारीहरुले त्यसको विरोध गरिरहेका छन् । त्यसको उदाहरण लिन सकिन्छ वैदेशिक रोजगार विभागलाई । प्रधानमन्त्री कार्यालयमा रहेका नवराज ढकाल युवा, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेको हप्ता दिन नपुग्दै वैदेशिक रोजगार विभागको महानिर्देशक बनेका छन् ।
विभागका केही पुराना कर्मचारीहरुलाई अन्यत्र सरुवा गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका केही रैथाने कर्मचारीहरुले विभागमा नयाँ कर्मचारी पठाउने योजना बनाइरहेका छन् । लामो समयसम्म विभागमा बसेर रजगज गरेका कर्मचारीहरु कोही सरुवामा परेका छन् भने कोही सरुवा हुने तयारी गरिरहेका छन् । वैदेशिक रोजगार विभागमा अनलाइन सिस्टमबाट विदेश जाने फारम पर्नेहरुको ताँती पनि त्यत्तिकै छ । अनलाइन फारम भर्ने कार्यालयहरु विभिन्न नाम राखेर साल्ट्र टे«डिङ कर्पोरेशनदेखि वैदेशिक रोजगार विभागको कार्यालयसम्म खोलिएका छन् । तर पहिला ती कार्यालयहरुमा अनलाइन फारम भर्नेहरुको ताती लाग्थ्यो भने पछिल्लो समय अनलाइन फारम भर्नेको संख्या घट्दै गएको छ ।
खासगरी अहिले व्य्िरक्तगत ठगीका उजुरीहरु बढी हुने गरेका छन् । व्यक्तिगत ठगीका उजुरीलाई वैदेशिक रोजगार विभागले प्रहरीमा दिनुपर्ने भन्दै ती पीडितहरुलाई पन्छाउने गरेको छ । व्यक्तिगत ठगिनेमा अमेरिका, अस्ट्रेलिया, क्रोसिया, माल्टा, टर्की, ग्रिसलगायत युरोपियन देशमा पठाउने नाममा बढी व्यक्तिगत ठगी हुने गरेको पाइन्छ । तर, सरकारले यस्ता विषयमा कुनै चासो राखेको छैन । व्यक्तिगत ठगीका उजुरी लिन वैदेशिक रोजगार विभागले अनाकानी गरेर झुलाउने र प्रहरीमा पठाउने गरेको छ । त्यसमा देश हेरी प्रतिव्यक्ति २० देखि ५० लाखसम्म असुल्ने गरेका छन् ।
त्यसरी ठगिनेहरुले प्रहरीमा उजुरी दिँदा प्रहरीले मानव बेचविखन, हत्याहिंसा र बलात्कार, विगोदावीका उजुरी लिने अन्य ठगीको उजुरीहरु नलिने भन्दै पीडितहरु पन्छाउने गरेको छ । यी र यस्तै कारणले गर्दा अधिकांश व्यक्तिहरु ठगिरहँदा पनि सम्बन्धित निकाय र वैदेशिक रोजगार विभागले चासो दिएको छैन । हाल उजुरी शाखामा तोरण पराजुली, प्रविण सुवेदी, भीम बस्नेतलगायत, छन् । उनीहरु पूर्वस्वीकृति, अन्तिम स्वीकृति, रि–इन्ट्री, र अनुगमन शाखामा बसेर अकुत सम्पत्ति आर्जन गरेका कर्मचारीहरुहुन् । अहिले उजुरी शाखामा थन्किएका छन् ।
अर्कोतिरसुशिल कुमार दास, राजेन्द्र श्रेष्ठ, तेज प्रताप शर्मा, रेन्कु गुप्ताहरुको विभागमा हालीमुहाली छुट्टै छ । उताविभागमा सिन्डिकेटधारी म्यानपावर कम्पनीहरुले रकमको चलखेल बढिरहेको छ । मलेसियामा सिन्डिकेट लाद्ने म्यानपावर र अन्य म्यानपावर कम्पनीहरुको विवाद अहिलेसम्म सुल्झिएको छैन । सिन्डिकेटधारी म्यानपावर कम्पनीहरुले सरकारलाई चुनौती दिइरहेका छन् । मलेसियन सरकार र नेपाल सरकारबीचको पहल कदमी हुँदा २७६ सिन्डिकेटधारी म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न सकेको छैन । यसरी म्यानपावर कम्पनीहरुले विदेश पठाएका युवायुवतीहरुलाई न त राज्यले संरक्षण गर्न सकेको छ न त रोजगारदाता कम्पनीले नै संरक्षण गरेको छ । मानव तस्करीको सञ्जाल नेपालदेखि विश्वमा फैलिँदै गएको छ । त्यसको रोकथामको लागि न त नेपाल सरकारले सकेको न त विदेशीmले सकेका छन् ।


