प्रहरीका दुवै संगठन बदनाम

प्रमुख राजनीति विविध समाचार

काठमाडौं । तत्कालीन माओवादी जनयुद्धकै कारुरण २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना गरिएको थियो । सशस्त्र प्रहरी बलको काम सीमा सुरक्षा, दंगा नियन्त्रण, चोरी, तस्करीको नियन्त्रण, लागु पदार्थ ओसारपसार नियन्त्रण र नेपाल भारत बीच सिमाको रेखदेख गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल स्थापना भएको थियो । सशस्त्र प्रहरी बल स्थापना भएको २५ वर्ष नाघिसक्दा पनि सशस्त्र प्रहरीले त्यो काम गर्न सकेको देखिँदैन । उल्टै सशस्त्र प्रहरीको बदनाम हुँदै गएको छ ।

कहिले सिमा क्षेत्र आसापासमा विवाद गर्ने, कहिले तस्करीहरुसँग मिलेमतो, कहिले लागु पदार्थ ओसारपसारमा सशस्त्र प्रहरीको संलग्नता
रहेको माचाहरु संचार माध्यमले स्थान पाउने गरेको छ । तर सशस्त्र प्रहरी त्यसबाट अछुतो बन्न सकेको छैन । उल्टै रासन खरिद, हातहतियार खरिद, आर्थिक घोटाला र राजश्व छली गर्नेहरुसँग मिलेमतो गरेको समाचार सार्वजनिक हुँदा सशस्त्र प्रहरी बलको नै धज्जी उडेको छ । सशस्त्र प्रहरीमा कार्यरत उच्च तहका कर्मचारीहरु केही न केही विवादमा पर्ने गरेका छन् । केही समय अगाडि एआईजी वंशी दाहाल पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसँग साठगाँठ रहेको विषयमा मुछिन्दा जागिरबाट हात धुनु परेको थियो भने हालै सशस्त्र प्रहरीका डिआईजी सुरेशकुमार श्रेष्ठ पनि विवादमा तानिएका छन् ।

सशस्त्र प्रहरीका एआईजी र डिआईजीहरु विवादमा तानिने गरेका छन् भने एसएसपी र एसपीहरु गणमा बसेर कमाउ धन्दामा व्यस्त रहेको समाचार पनि संचार माध्यममा नआएका होइनन् । त्यसले गर्दा नेपाल सशस्त्र प्रहरी बलको खिल्ली उड्दै गएको छ । तत्कालीन अवस्थाको सशस्त्र प्रहरी बल र हालको सशस्त्र प्रहरी बलको अवस्था निकै फरक पर्दै गएको छ । सशस्त्र प्रहरी बल विगतको तुलनामा पछिल्लो समय केही न केही विवादमा फस्दै आएको छ । राजनीतिक दलहरुको कारण वा आफ्नै संगठनको कारण सशस्त्र बल विवादमा तानिँदै आएको छ ।

सशस्त्र प्रहरीमा भ्रष्टाचार र विकृति बढ्दै गएको छ । सशस्त्र प्रहरी भित्र उच्च तहका कर्मचारी र न्यून तहका कर्मचारी बीचको समुन्वयकारी भूमिका पनि हुन सकेको छैन । त्यसकै कारण सशस्त्र प्रहरी बल दिनप्रति दिन विवादमा तानिने गरेको छ । हालकै आईजीपी नारायण दत्त पौडेलले पनि सशस्त्र प्रहरी बललाई चलायमान बनाउन सकेका छैनन् । नारायण पत्त पौडेल महानिरीक्षक बनेको पनि पाँच महिना बितिसक्दा पनि सशस्त्र प्रहरीलाई न त चलायमान बनाउन सकेका छन् न त विवादरहित बनाउन सकेका छन् । उनी थपनाको रुपमा स्थापना भएको सशस्त्र प्रहरी स्रोतले उल्लेख गरेको छ । सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीको पनि हालत त्यस्तै छ । हाल नेपाल प्रहरीका आईजीपीलाई रास्वपाको सरकारले अनेकौं फन्दा फालेर राजीनामा गराउने तरखर गरिरहेको छ भने सशस्त्र प्रहरीमा पनि विवाद निकालेर आईजीपी नारायण दत्त पौडेललाई हटाउने खेल हो की भन्ने प्रश्न पनि सशस्त्र प्रहरी बल भित्र उठ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *