दिपक भट्ट र इनम सापकोटाको धन्दा उस्तै

प्रमुख प्रशासन प्रशासन फिचर समाचार राजनीति विविध समाचार

काठमाडौं । विचौलिया दिपक भट्टले कांग्रेस, एमालेका नेतासँग मिलेर अकुत सम्पत्ति आर्जन गरेका थिए । त्यही अकुत सम्पत्ति आर्जन गरेकै कारण आज जेलको बास भएको छ । उनै भट्टले माओवादीका अध्यक्ष प्रचण्ड देखि जर्नादन शर्मा, बर्षमान पुनसम्मलाई हातमा लिएर उद्यम मच्चाएका थिए । एमाले अध्यक्ष केपी ओलीले त सम्पत्ति शुद्धिकरण र अख्तियारमा परेको उजुरीलाई समेत चासो दिएनन् । भट्ट विरुद्धको मुद्धा दबाउन सहसचिव एवं महानिर्देशक र प्रमुख आयुक्तलाई दबाब दिएकै थिए । माफिया भट्टमाथि कारबाही गर्न जेनजी आन्दोलनले स्थापित गरेको थियो । भ्रष्टहरु कै कारण देश बदनाम भएको थियो ।

त्यसले गर्दा जेनजी आन्दोलनले उग्ररुप लिएपछि २०८२ साल भदौ २३ र २४ को आन्दोलनले काँग्रेस र एमाले गठबन्धन सरकार विघटन भएको थियो । सरकार विघटन भएपछि काम चलाउ सरकार सुशिला कार्कीको नेतृत्वमा बनेको थियो । कार्की नेतृत्वको सरकारले गत फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने मेनडेट पाएको थियो । सो सरकारले पनि समय मै निर्वाचन सम्पन्न गरेको थियो । प्रतिनिधि सभाको निर्वाचनबाट रास्वपाले दुईतिहाइ हारहारी बहुमत ल्याएर सरकार बनाएको छ । सो सरकार बनेको पनि ७ महिना पुगिसेकेको छ ।
सरकार बनेको ७ महिनामा न त भ्रष्टचारीहरु कारबाहीमा परेका छन् न त देशमा भ्रष्टचार नै हुन छाडेको छ । सरकारले भ्रष्टचारीलाई कारबाही गर्छु भनेता पनि अहिलेसम्म भ्रष्टचारीहरु कारबाहीमा पर्न सकेका छैनन् । उल्टै कर्मचारीहरुलाई ३० वर्ष र ५५ वर्ष उमेरहद ल्याएर अवकाशमा पठाउने योजना बनाउँदै छ ।

त्यसले गर्दा भ्रष्टचारी कर्मचारीहरु उम्किने भएका छन् । कतिपय भ्रष्टचारी कर्मचारीहरुले नेपालमा मात्र नभएर विदेशमा समेत भ्रष्टचार गरेको पैसा जम्मा गर्ने गरेको समाचार पनि समाचार माध्यममा नआएका हैनन् । कर्मचारी र विचौलिया, राजनीति दलका नेता, मन्त्रीहरुको सम्बन्धमा सेटिङ गर्ने र भ्रष्टचार हुने गरेको थियो । त्यसले गर्दा आमनेपालीहरुले महंगी, अत्याचार, विकृति सहनु परेको थियो । त्यसैको विरुद्ध जेनजी विद्रोह भएको थियो । जेनजी विद्रोहबाट बनेको सरकारले पनि देशमा शुसान र अमनचैन बनाउने योजना ल्याउन सकेको छैन् । उल्टै बालेन निकट रहेका इनम सापकोटाले विचौलिया खडा गरी न्यायालय र प्रहरीलाई दोषी करार गर्न पुगेका छन् । त्यसले गर्दा न्यायलय र सुरक्षा निकायको धज्जी उडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *