काठमाडौं । उपाय नलागेपछि वंशवादको फेरो समाउने टोलीले डा. शशांकलाई सर्वसम्मत सभापति बनाएर कांग्रेसले झण्डा बोक्दैछ । चुनाव चिन्ह रुख दुबैले नपाउने अवस्थामा देउवा टोली कलस रोज्न तयार हुने विगतको परिस्थितिले देखाएको छ ।
गगन थापा समूहलाई पार्टीको रुपमा निर्वाचन आयोगले मान्यता दिएको भए तापनि प्रदेश स्तरमा प्रतिनिधि छनौटमा वैधानिकता जाँचेको भए आज कांग्रेस दुई धार हुने थिएन । सरकार विरुद्ध लड्न सकेको शक्ति कमजोर हुँदा व्यवस्था पनि कमजोर हुन्छ ।
आज प्रम बालेन्द्र त्यही गर्दैछन् । वीपीको मेलमिलाप, गणेशमानको अडान, महेन्द्र नारायणको सादगीपनको संरक्षण गर्न नसक्ने भ्रष्टहरु वंशवादको ब्याज खान शेरबहादुरलाई उचाल्दै छन् । बालेन्द्रको अल्गोरिदमले ल्याएको प्रचारलाई सत्य ठान्ने कांग्रेसी भ्रष्टहरु आम जनताको विश्वासीलो बन्न सकेका छैनन् । गगन थापा पक्ष को कांग्रेस पनि पु्र्व कांग्रेस भन्दा झन बद्नाम बन्दै गएको छ । हिजो देउवाले महामन्त्री चलाउन डा. शशांक कोइरालाले नसक्दा पूर्ण बहादुरलाई महामन्त्री बनाए । सुशीलले प्रकाशमानले चलाउन सक्दैन भन्दै कृष्ण सिटौलालाई महामन्त्री बनाए ।
देउवा समूहको पछि लागेर भ्रष्टाचारमा लागेका मोहन बस्नेत, दिपक खड्का, कान्छाराम तामाङ, डा. प्रकाश शरण महतको लागि १५ औं महाधिवशेन गर्दै छन् भन्ने हरुले पनि गगन पक्ष नेताहरुले गर्दैछन् । १५ औं महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस बालियो हुने अवस्था देखन्छ । तर सर्वोच्च र निर्वाचन आयोगले शेरबहादुरलाई रुख र भण्डा दिन्छ कि दिँदैन भन्ने विषय बजारमा उठिरहेको छ ।

