काठमाडौं । नेकपा एमालेले भित्र विगत लामो समयदेखि गुट उपगुट खडा भएसँगै संगठन भुत्ते बनेको थियो । सो संगठन चलायमान बनाउनका लागि आम कार्यकर्ता एक ठाउँमा जुट्नु पर्ने बेला भएको छ । किनकी आगामी २०८४ साल भित्र प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि पनि नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनु पर्ने देखिन्छ । एमाले अध्यक्ष केपी ओलीको घमण्ड र बोलीकै कारण आम नेता कार्यकर्ताहरु बीच गुट उपगुट खडा भएको थियो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सरकारले गरेको काम कारवाही प्रति पनि नेता कार्यकर्ताहरु बीच मनमुटाव चल्दै आएको थियो ।
२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कांग्रेस र एमाले सरकार ढलेपछि नेकपा एमाले र नेपाली कांग्रेस गुमनाम जस्तै बन्न पुगेका थिए । नेपाली कांग्रेस र एमालेका कार्यकर्ताहरु पनि रुष्ट बनेका थिए । कांग्रेस–एमालेका कार्यकर्ताहरुले जेनजी आन्दोलनलाई सहयोग पु¥याएका थिए । जेनजी आन्दोलनबाट बनेको सुशीला कार्की नेतृत्वको सरकार बनेपछि कांग्रेस र एमाले गुमनाम भएका थिए । कांग्रेस र एमालेको आडमा विभिन्न जनवर्गिय संगठनहरु खडा गरिए तापनि पार्टीलाई समस्या पर्दा न त कांग्रेसका मातृ भातृ संगठनहरु एकजुट भए न त एमालेका २३ वटा जनवर्गिय संगठनहरु सडकमा आए । त्यसले गर्दा पनि एमाले र कांग्रेस पार्टी गुमनाम बन्न पुगेको थियो । एमालेका २३ वटा जनवर्गिय संगठनहरुले पार्टीलाई समस्या पर्दा सडकमा आन्दोलन गर्न सकेनन् । पार्टी बचाउ अभियानमा एमाले नेता महेश बस्नेत लागि परे । महेश बस्नेतकै कारण पार्टीले ११ औं महाधिवेशन पनि सम्पन्न गरेको थियो ।सो महाधिवेशनबाट एकछत्र रुपमा केपी प्यानल विजय भएको थियो भने विद्या भण्डारी प्यानलका केही नेता निर्वाचित भएका थिए भने अधिकांस नेताहरु पराजित हुन पुगे । त्यसले गर्दा पार्टी भित्र विद्या भण्डारी र केपी ओली बीच कार्यकर्ताहरु विभाजित भए । त्यसको असर गत फागुन २१ गतेको प्रतिनिधि सभामा परेको थियो ।
प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले तेस्रो स्थानमा खुम्चिन पुग्यो र एमाले भित्र अध्यक्षले पद त्याग्नु पर्ने आवाज उठ्न थालेपछि एमाले अध्यक्ष ओली धर्म संकटमा परेका थिए ।
त्यसले गर्दा एमाले भित्र केपी ओली कमजोर बन्न पुगे । पार्टी भित्र अन्य विकल्प खोज्नु पर्ने जस्ता आवाज उठ्न थालेपछि केपी ओली विरुद्ध धेरै नेता कार्यकताहरु खनिन थालेका थिए । त्यसपछि एमालेले वरिष्ठ उपाध्यक्षमा पूर्व राष्ट्रपति विद्या भण्डारीलाई मनोनित गरेपछि पार्टी भित्रको गुटउपगुट केही मात्रामा मत्थर भएको पाइन्छ । त्यसले गर्दा एमालेले आज र भोली कार्की ब्याङ्केटमा राष्ट्रिय भेला आयोजना गर्दैछ । सो भेलाले पार्टीलाई एक ढिक्का बनाएर स्थानीय र प्रदेश निर्वाचनमा आफ्नो वर्चश्व कायम राख्न पहल गर्नु पर्ने देखिन्छ ।
एमाले अध्यक्ष केपी ओलीले पनि पार्टी संगठनमा रहेका नेता कार्यकर्तालाई मत अन्य दललाई दिएको खण्डमा कारवाही गर्ने चेतावनी दिएका छन् ।
आज र भोलीको राष्ट्रिय भोलाले एमालेलाई केही राहत मिल्ने देखिन्छ । एमालेले संसद, न्याय पालिका, सम्बैधानिक निकाय, प्रेश सोतन्त्रता, विद्यार्थी संगठन ट्रेड युनियन, संगीयता लोकतन्त्रको लागि र नागरीक स्वतन्त्रको लागि एक ढिका हुनुपर्ने र स्थानिय चुनावलाई बलियो बनाउँनुपर्ने, स्थानिय निर्वाचन बलियो मात्र हैन राष्ट्रिय सभालाई समेत बलिदयो बनाउने योजना रहेको अवस्था छ । तर स्थानीय र प्रदेश निर्वाचनमा वाम एकताको आवश्यकता खड्किएको छ । कांग्रेस र एमालेका कार्यकर्ताहरुले स्थानीय तहको निर्वाचनमा पनि रास्वपालाई मत दिने संकेत देखिन्छ । त्यसले गर्दा पनि वाम एकता गरेर स्थानिय र प्रदेश निर्वाचनमा होमिनु आजको आवश्यकता हो । नेकपा एमालेका नेता कार्यकर्ताहरुले गुटउपगुट त्यागेर पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउनु नै उपयुक्त हुने आम सर्वसाधारणको अपेक्षा रहेको छ । एमालेले विभिन्न जनवर्गिय संगठन निर्माण गर्दा पुराना, खारिएका र नव युवायुवतीहरुलाई संगठनमा आवद्ध गराई पार्टी संगठनलाई मजबुट बनाउनको लागि पहल गर्नु पर्ने आजको आवश्यकता छ ।

