घेराबन्दीमा प्रधानमन्त्री शाह

प्रमुख राजनीति विविध समाचार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सल्लाहकारहरुको स्वार्थमा राजदूत सिफारिस गर्दा विवादमा परेका कारण कुटनीतिक क्षेत्र समेत सफल हुन सकेन । सरकारले गरेका राजनीतिक नियुक्ति विवाद रहित बन्न सकेन । तर पनि प्रम बालेन्द्रको टीमले पार्टीलाई वाईपास गर्न छाडेन । पछिल्लो पटक प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई हटाएपछि झन् विवादमा प्रधानमन्त्रि परेका छन् ।

सरकार जुनसुकै दल वा पार्टीको बनेतापनि स्थानीय सरकार, सुरक्षा निकाय, निजामति प्रशासनलाई आफू खुशी चलाउँदा त्यसको विधिवत् संरचना खलबलिएको छ । त्यसले गर्दा सरकारलाई काम गर्न अप्ठेरो परिरहेको छ । प्रतिपक्षीहरुले पनि सरकारलाई साथ दिएका छैन ।

पार्टीको संसदीय अभ्यास नभए पछि हुने यस्तै हो । स्थानीय तहमा रास्वपाले जबरजस्ती उपस्थित हुने प्रयास गरे तापनि सरकार बनेको सात महिना बित्दा समेत जनताको हितमा काम नहुँदा रास्वपाले पाएको जनमत फुत्कदैछ । सरकारको शैली निरंकुश बन्दैछ । क्लबको रुपमा सरकार चलेको छ । सल्लाहाकार समुहको कारण बालेन सरकार बद्नाम हुँदै गएको छ । सल्लाहकार समूहकै कारण पार्टीको नीति सिद्धान्त विचार समेत समाप्त हुँदै गएको छ । कुनै पनि दर्शन सिद्धान्त विचार नीति नभएकाले शक्ति कसैको नियन्त्रणमा हुँदैन भन्ने कुरा प्रधानमन्त्री बालेन्द्रको निर्णय काफी छन् । अदालतलाई आफ्नो बनाउने नाममा चालिएका प्रयास भित्र प्रधान न्यायाधीश नै विचौलिया इनाम सापकोटासँग जोडिएको विषय अहिले बाहिर आएको छ । त्यसले गर्दा न्यायधीशहरु पनि उम्किने ठाउँ छैन । दर्शन सिद्धान्त विनाको जनमतको स्थायित्व हुँदैन ।

आतंक सिर्जना गरेर उद्योगीलाई तर्साउने, धम्क्याउनाले राज्यले पाउने झण्डै १२ अर्ब विद्युत महसुल उठाउन सकेको छैन । एनसेल कम्पनीको १९ अर्ब कर अलपत्र परेको छ । शिक्षा, स्वास्थ्य, विद्युत उपयोगमा कर लगाएर धज्जि उडाउने काम बालेन सरकारले गरेको थियो त्यसको चारै तिरबाट विरोध भएपति शिक्षा र स्वास्थ्यको कर हटेको छ भने बिजुलिको कर हटेको छैन ।

जनताबाट निर्वाचित संसदीय मर्यादा र विधिको शासन नामान्ने सरकारले जनताको काम कसरी गर्छ । सरकारको घमण्डबाट ग्रस्त परिवेशको कारण प्रम घेराबन्दीमा परेका छन् । सबैलाई धम्काएर काम लिन सकिदैन । प्रहरी लगाएर विपक्षी तर्साउनेले र प्रहरीका आइजिपिलाई फालेर अत्याचार गर्छ भने सरकारी काम काज कसरी अघी बड्छ । त्यसले गर्दा जनविद्रोह नहोला भन्न सकिदैन । सरकारले गरेको गतिविधिले राष्ट्रलाई सहयोग गरेको देखिँदैन । जनताले खाना पकाउने ग्यास नपाएर भौतारिरहेका छन् । सरकारले ग्यास आपूर्ति सहज गर्न सकेको छनैज । महंगी त्यतिकै बढेको छ । त्यसको अनुगमन हुन सकेको छैन । बेरोजगारीहरु त्यतिकै छटपटाइ रहेका छन् । सरकारले त्यसको व्यवस्थापन गर्न सकेको छनै । त्यसले गर्दा रास्वपाको बालेन्द्र नेतृत्वको सरकार असफल तिर धकेलिदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *