काठमाडौं । बालेन नेतृत्वको सरकारमा बनेका मन्त्रीहरु दिन प्रति दिन बदनाम बन्दै गएका छन् । बालेन्द्र शाहले प्रधानमन्त्री र रक्षा मन्त्रालय आफैले सम्हालेका छन् भने अन्य मन्त्रालयहरु विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी दिएका थिए ।
जिम्मेवारी दिए सँगै चर्चामा आएका मन्त्रीहरुमा गृह, अर्थ, परराष्ट्र, पूवार्धार र कानून भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा प्रशासन मन्त्रालय चर्चामा आएका छन् । अन्य मन्त्रालयका मन्त्रीहरु चर्चामा छैनन् ।
त्यसले गर्दा पनि बालेन सरकार दिन प्रति दिन निकम्मा बन्दै गएको छ । गृहमन्त्री सुदन गुरुङले भ्रष्टाचारीलाई कारवाही गर्ने नाममा चर्चा कमाएका छन् भने परराष्ट्र मन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयलाई केही चलायमान बनाएको अवस्था छ ।
त्यसैगरी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पनि पूर्वाधारलाई प्राथमिकता दिएको चर्चा छ भने संघीय मन्त्री प्रतिभा रावलले कर्मचारीतन्त्रलाई हायलहायकल बनाएको चर्चा छ । उता प्रधानमन्त्री बालेन्द्र शाह विभिन्न फन्डा फाल्दै चर्चामा आएका छन् । अर्थ मन्त्री स्वर्णिम वाग्लेले इभी गाडी भित्र्याउँदा राजश्व छली गरेर चर्चा कमाएका छन् । कानून मन्त्री सोविता गौतमले पनि केही हदसम्म कानूनको धज्जी उडाएर चर्चा कमाएकी छिन् ।
त्यसैगरी जलस्रोत मन्त्री विराज भट्ट, शिक्षा मन्त्री सस्मित पोखरेल, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्री सिता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी मन्त्री निशा मेहता, पर्यटन मन्त्री खड्ग राज पौडेल (गनेस), सूचना तथा प्राविधक मन्त्री विक्रम तिमिल्सिना, कृषि वन तथा पर्यावरण मन्त्रालयकी मन्त्री गिता चौधरी, युवा श्रम रोजगार मन्त्री रामजी यादव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहलगायत गुमनाम भएको समाचार सामाजिक सञ्जालमा भाइरल भई रहेको छ भने मन्त्रीहरुको काम गराईले पनि त्यस्तै देखाउँछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले मन्त्रालय सम्हालेको लामो समय बितिसक्दा ग्यासको हाहाकार कायमै छ भने निशा मेहताले स्वास्थ्य तथा खाद्य मन्त्री भएको सात महिना पार गर्दा पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्न सकेकी छैन ।
त्यसैगरी पर्यटन मन्त्रालयमा खड्ग राज पौडेल (गनेस)ले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेका छैनन् । अर्को तर्फ सूचना तथा प्राविधिक मन्त्री विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्र चलायमान बनाउनुको सट्टा उल्टै पत्रकारहरुलाई पक्राउ गर्ने र सञ्चारकर्मीहरुलेपाउँदै आएको सरकारी सूचनामा बन्देज लगाउने काम सञ्चार मन्त्रीले गरेका छन् ।
त्यसैगरी शिक्षा मन्त्री सस्मित पोखरेलले पनि शिक्षा क्षेत्रलाई चलायमान बनाउन सकेका छैनन् भने शिक्षा क्षेत्रको अवस्था पनि नाजुक बन्दै गएको छ । प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले पनि विज्ञको नाममा तथानाम गर्ने तर काम नगर्ने उनको बानी नै हो । किताब बेचेर विज्ञान बनिँदैन । किताब बेचेर विज्ञान हुँदैन । पुनले काम गर्ने भन्दा पनि उल्टोसुल्टो बोल्ने र सर्वसाधारणलाई भ्रममा पार्ने काम गर्दै आएका छन् ।
कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले पनि कुनै आशा लाग्दो र नेपालको भूगोल अनुसार वन र वातावरणलाई चलायमान बनाउन सकेकी छैनन् ।
त्यसैगरी जलस्रोत मन्त्री विराज भट्टले पनि जलस्रोत, सिंचाई जस्ता क्षेत्रमा राम्रो काम गर्न सकेका छैनन् । उल्टै सिंचाई विभागका महानिर्देशक र मरिन डाइर्भसनका निर्देशकलाई पक्रेर प्रधानमन्त्रीको कार्यालयमा थुनेको चर्चाले विराजको बदनाम भएको छ । त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्री सिता बादीले पनि उक्त मन्त्रालयलाई चलायमान र ज्येष्ठ नागरिक, असाहय तथा निमुखा बालबालिकाको संरक्षणको हितमा काम गर्न नसकेको गुनासो त्यतिकै छ ।
त्यसले गर्दा बालेन नेतृत्वको सरकार नै दिन प्रति दिन बदनाम हुँदै गएको छ । उता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रलाई चलायमान बनाउन नसकेको उल्टै सुत्केरी महिलाले स्वास्थ्य उपचार नपाएर बाटैमा बच्चा जन्माउनु परेको पीडा सामाजिक सञ्जालमा छताछुल्ल भएको थियो । त्यसले गर्दा मन्त्री मेहताले न त स्वास्थ्य क्षेत्र चलायमान बनाउन सकेकी छिन् न त खाद्य नै ।

