काठमाडौं । यातायात व्यावसायीहरुले चाडबाड लागेसँगै सवारीको भाडा दोब्बर बढाएका थिए भने यात्रु खचाखच राखेका थिए । प्रायःजसो यसपाली विभिन्न भागमा चल्ने सवारी यातायात मध्ये धेरैजसो ईभी गाडी प्रयोग भएको पाइन्थ्यो ।
त्यसपछि हाइस र हेभी गाडीहरु सञ्चालनमा रहेका थिए । यसै मध्येबाट धेरैजसो दुर्घटना इभी गाडीबाट भएको यात्रुहरुको गुनासो छ । इभी गाडीको तुलनामा पेट्रोल डिजेलबाट चल्ने गाडी दुर्घटना कम भएको आकलन छ । अन्य गाडीको तुलनामा इभी गाडी कमसल खालको पाइन्छ ।
कतिपय इभी गाडीमा एक्कासी स्टार्ट रोकिने, लक बन्द हुने, आगलागी हुने र सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटना हुने गरेको पाइन्छ । तर राज्यका निकायहरु गुमनाम बनेका छन् । त्यसको अनुगमन न त यातायात व्यवस्था विभागले गरेको छ न त यातायात कार्यालयले नै गरेको छ ।
त्यो सँगै ट्राफिक प्रहरी पनि निकम्मा बन्दै गएको छ । सवारी साधनले महंगो भाडा असुलेसँगै ट्राफिक प्रहरीको कार्यालय आई सकेपछि यात्रुहरु झार्ने र ट्राफिक कार्यालय कटेपछि यात्रुहरु कोचाकोच गरेर यात्रुहरु सास्ती दिने गरेको पाइन्छ । तर ट्राफिक प्रहरी भने रमिते बन्ने गरेको छ ।
सवारीसाधन यात्रु कोचाकोच गर्दाले दुर्घटना बढी हुने गरेको छ । तर ट्राफिक प्रहरी भने त्यसको अनुगमन नगरी मुकदर्शक भएर बस्ने र सिटी फुक्ने भन्दा अन्य काम ट्राफिक प्रहरीले गर्न सकेको छैन । दशैं लागेदेखि यता दिपावली, छठ जस्ता पर्वहरुमा यातायात व्यवसायीले महंगो भाडा असुलिरहँदा पनि सम्बन्धित निकाय मुकदर्शक बन्न पुगेको थियो ।
त्यसैगरी इभी गाडी सँगै इन ड्राइभ कम्पनीहरुले पनि यात्रुहरु ठगिरहेका छन् । इन ड्राइभको कार्यालय उपत्यका भरी रहेका छन् । उनीहरुले होडिङ बोर्डदेखि विभिन्न गाडी र अन्यलाई विज्ञापन दिएर आकर्षित गराउने र ७५० बाट सुरु गर्ने फलानो ठाउँमा पु¥याउने भन्दै किलामिटर हेरेर हजार, पन्ध्र सय देखि ५ हजारसम्म असुल्ने गरेको घटना तामाकोशी प्रतिनिधिले व्यहोर्नु परेको छ । उदाहरण लिन सकिन्छ, थानकोटको दहचोकबाट भक्तपुरको चित्रपुरसम्म जाँदा ३५ सय भन्दा बढी असुलेको छ ।
दहचोकबाट बुक गर्दा ७९०मा पु¥याउने वचन दिएको थियो । तर उक्त इन ड्राइभले ३५ सय असुलेको थियो । यो किन यसरी असुलियो भन्ने प्रश्न गर्दा बुक गर्नेलाई सोध्नुस्, हाम्रो त कम्पनीको नियम अनुसार हो भन्ने जवाफ पाइयो । त्यही विषयलाई तामाकोशी प्रतिनिधिले ट्राफिक प्रहरीलाई जानकारी गराउँदा कोटेश्वर ट्राफिक प्रहरीले त्यो त हामीलाई थाहा हुन्न, कम्पनीलाई सोध्नुहोस् भन्ने जवाफ पाइयो ।
कम्पनीको नम्बर ड्राइभरसँग माग्दा गुगलमा खोज्नुस् हामीलाई पनि थाहा छैन । कम्पनीको आदेश अनुसार चल्ने हो भन्ने जवाफ पाइयो । त्यसले गर्दा इन ड्राइभ कम्पनीले सर्वसाधारणलाई कति ठगिएको छ भन्ने कुरा कसैलाई हेक्का छ की छैन त्यो प्रतिक्षाको विषय बनेको छ ।
त्यसैगरी पठाउले पनि धेरै उपभोक्ताहरुलाई जथाभावी ठगिरहेको छ । तर त्यस्ता ठगी गर्ने चालकहरुलाई न त यातायात कार्यालयले कारवाही गर्न सकेको छ न त ट्राफिक प्रहरीले नै । त्ससले गर्दा ट्राफिक कार्यालय र यातायात कार्यालय मुकदर्श बनेको छ । अझ रातको समयमा त सर्वसाधारण यात्रुलाई कति ठग्छन् भन्ने कुरा कुनै पनि सर्वसाधारणलाई जानकारी छैन ।
छिटो, भरपर्दो र सस्तो इन ड्राइभ, भनेर विज्ञापन गरे तापनि सर्वसाधारणलाई ठगी गर्ने भाडो इन ड्राइभरले बनाएको छ । त्यसले गर्दा सर्वसाधारण यात्रुहरु इन ड्राइभ र इभी गाडी चढ्नबाट होसियार हुने हो की ?

