किन पर्यो लेखापालहरुको सरुवा अलपत्र

देश/विदेश प्रमुख प्रशासन प्रशासन बिबिध राजनीति विविध समाचार

काठमाडौं । निजामति प्रशासनमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हदको विवाद चलिरहँदा सरकारले अधिकांश कर्मचारीहरुलाई सकभर राजीनामा दिउन् भन्ने उद्देश्य राखेर निजामति सेवा ऐन ३० वर्षे अवधि र ५५ वर्षे उमेर हद ल्याउन लागेको छ ।

तर त्यो सरकारले ल्याउने नल्याउने अझै निश्चित भएको छैन । तर अधिकांश कर्मचारीहरुले सो नियम लागु हुनु अगाडि नै राजीनामा दिएर आफ्नो पेनसन सुरक्षित गरेका छन् । त्यसैगरी कतिपय कर्मचारीहरु सो नियम कुरेर बसिरहेका छन् भने ३० वर्षे र ५५ वर्षे ऐन लागु हुने अवस्था आएमा धेरैजसो कर्मचारीले स्वतः राजीनामा दिने मनस्थितिमा पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कर्मचारी सरुवामा भेदभावपूर्ण गरेको आरोप छ ।

कसैलाई लाखा कसैलाई पाखा गर्दा कर्मचारीहरु रुष्ट बनेका छन् । सोही विषयलाई लिएर अधिकांश कर्मचारीहरु अदालत गएको अवस्था छ । सरकारले साउन लागेदेखि कर्मचारी सरुवा सुरु गरेको मंसीर लाग्दा समेत कर्मचारी सरुवा गर्न नछाडेको बताइन्छ । त्यसले गर्दा कर्मचारीहरुलाई खाऊँ भने दिनभरीको शिकार नखाऊँ भने कान्छा बाउको अनुहार जस्तै भएको छ ।

अर्को तर्फ महालेखा परिक्षकले लेखापाल, सहलेखापाल, उपसचिव सरुवा गर्दा पनि मनपरी ढंगले सरुवा गरेको बताइन्छ । १ सय ६२ जना उपसचिवको सरुवा गरेको छ भने ६ सय ६० जना लेखा जना अधिकृतहरु पनि सरुवामा परेका छन् सहलेखापाल ४ सय ५२ जना रहेका छन् भने लेखापालहरु १५ सय ५२ रहेका छन् । सहलेखापालको पनि सरुवा भएका छन् भने १५ सय ५२ लेखापालहरुको सरुवा गरिएको छैन । सरुवा गर्ने तरखर पनि महालेखा नियन्त्रणको कार्यालय तत्परता देखिएको छैन । गत कार्तिक २७ गते अन्य उपसचिव, लेखा अधिकृत र सहलेखापालको सरुवा गरेको थियो भने लेखापालहरुको चाहि सरुवा गरिएको छैन । लेखापालहरु सरुवा गर्नका लागि पनि पैसाको खेलोफड्को भएको आशंका गरिएको छ ।

कतिपय लेखापालहरु एउटै कार्यालयमा तीन वर्ष भन्दा बढी कार्यरत छन् भने केही लेखापालहरु शक्ति र पहुँचको आधारमा ६ महिना वर्षदिन भित्र मालदार अड्डामा सरुवा हुने गर्दछन् । तर शक्ति र पहुँच नहुने, पैसा खर्च गर्न नसक्ने लेखा अधिकृतहरु काम नलाग्ने अड्डा र आमदानी नहुने कार्यालयमा बस्न बाध्य छन् । त्यसले गर्दा कर्मचारी सरुवामा सरकारको मनपरीतन्त्रले गर्दा जुनसुकै सरकार आएपनि कर्मचारीतन्त्र भित्र कुनै सुधार नभएको पीडित कर्मचारीहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *