टेलिकमको निकम्मापनले निजी इन्टरनेट मालामाल

अर्थ/वाणिज्य देश/विदेश प्रमुख राजनीति विविध समाचार

काठमाडौं । नेपालमा जुनसुकै पार्टीको सरकार बनेपनि दूर सञ्चार क्षेत्र बदनाम हुँदै गएको छ । दूर सञ्चार क्षेत्र चलायमान हुन नसक्दा देशैभरी टावरले काम गर्न सकेको छैन भने इन्टरनेट र टेलिफोनहरु पनि राम्रोसँग चल्न सकेका छैनन् । दूर सञ्चार क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने थियो । रास्वपाको दुई तिहाई हाराहारीको सरकारले पनि दूर सञ्चार क्षेत्रलाई चलायमान बनाउन सकेको छैन । उल्टै निजी क्षेत्रबाट सञ्चालित इन्टरनेट कम्पनीहरुसँग मिलेमतो गर्ने र नेपाल दूर सञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई धरासायी बनाउने काम सञ्चारमन्त्री विक्रम तिमल्सिनाले गर्दै आएको चर्चा नेपाल टेलिकम तिर चल्ने गरेको छ । त्यसैगरी नेपाल दूर सञ्चार प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित इन्टरनेट कम्पनी माथि अनुगमन नगर्दा भाइनेट, वल्र्ड लिंक, डिस होम, सुबिसु, क्लासिक टेक, वेभ सरफर, सिजी कम्युनिकेसन लगायतले इन्टरनेटको मूल्य बढाएपछि सर्वसाधारणहरुले नेपाल टेलिकमको साहारा लिन पुगेका छन् । तर नेपाल टेलिकम पनि भरपर्दो र गुणस्तरीय नबन्दा सर्वसाधारणहरु मर्कामा परिरहेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकम पछिल्लो समय घाटामा गएर तलब खुवाउन समेत धौधौ पर्ने अवस्था सिर्जना हुन थालेको छ । टेलिकमको सेवा गुणस्तरीय नहुँदा टेलिफोनमा समस्या आउने, मोबाइलको टावर नटिप्ने, टिपिहाले पनि बिचैमा काटिने र फाइबर इन्टरनेट पनि राम्रोसँग नचल्ने भएकाले आम उपभोक्ताहरु निजी क्षेत्रबाट सञ्चालित इ्रन्टरनेट प्रयोग गर्न बाध्य भएका छन् ।

उपभोक्ताहरु निजी इन्टरनेट चलाउन चलाउन बाध्य भएका भएका छन् । तर निजी क्षेत्रले आफू खुसी मूल्य बढाउनु कति उचित कति अनुचित भन्ने कुरा उपभोक्ताबीच चर्चा चल्ने गरेको छ । तर दूर सञ्चार प्राधिकरणले त्यसको कुनै सुनुवाई गरेको पाईंदैन । त्यसैले नेपाल टेलिकमलाई उपभोक्ताहरुले प्राथमिकतामा राख्ने गरेको पाइन्छ । तर नेपाल टेलिकम पनि विगत लामो समयदेखि घाटामा गई रहेको छ । नेपाल टेलिकम कुनै बेला अन्य क्षेत्रको तुलनामा धेरै राजश्व तिर्ने संस्था हो । तर पछिल्लो टेलिकम घाटामा गएपछि सरकारले पनि राजश्व गुमाउँदै गएको छ । नेपाल टेलिकम दिन प्रति दिन निकम्मा बन्दै गएको छ । नेपाल टेलिकममा फाइबर बिच्छ्याउने कामदेखि इन्टरनेट जोड्ने र ठेक्का लगाउने काममा ठूलो भ्रष्टाचार हुँदा पनि त्यसको छानविन हुन सकेको छैन । कतिपय भ्रष्टाचारको मुद्दा अख्तियारमा मुद्दा परेपनि टेलिकमका कर्मचारी, न्यायालयका कर्मचारी र अख्तियारका कर्मचारीहरुको सेटिङ्गमा भ्रष्टाचारको फाइलहरु गुमनाम बनाउने काम हुँदा पनि सम्बन्धित निकाय चुपचाप बसको अवस्था छ । त्यसैगरी दूर सञ्चार प्राधिकरणमा करोडौं घोटाला भई रहेको छ ।

तर त्यसको छानविन सम्बन्धित निकायले गर्न सकेको छैन । नेपाल टेलिकम र एनसेल दूर सञ्चार प्राधिकरणको समाचार तामाकोशी सन्देशले पटकपटक सम्प्रेशन गर्दा पनि सम्बन्धित निकायले गुमनाम भएर बसेको छ । अहिले निजी क्षेत्रबाट संचालित इन्टरनेट कम्पनीहरुले अत्याधिक मूल्य बृद्धि गर्दा पनि दूर सञ्चार प्राधिकरणले निजी इन्टरनेटहरुलाई कुनै कारवाही गर्न सकेको छैन ।

त्यसको विकल्पमा नेपाल टेलिकमलाई प्राथमिकता दिनुपर्ने हुन्छ । तर नेपाल टेलिकम नै गुणस्तरहीन बन्दै गएपछि आम उपभोक्ताहरु इन्टरनेटको समस्यामा पर्न थालेका छन् । नेपाल टेलिकमको गुणस्तर कमजोर हुँदा उपभोक्ताले सेवा पाउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *