ई. अनन्तबहादुर गुरुङ
पुरानो दलका शीर्ष नेताहरु यति बेला बालेन सरकारलाई ढाल्छौ भन्दै आफ्ना झोले राजनीतिक कार्यकर्ताहरुलाई उक्साईरहेकाछन । साथै सरकार बिरुद्ध आन्दोलन गर्नको लागि नेपाली जनता सित गुहार पनि लगाउँदैछन । नेपाली जनताबाट लगभग दुईतिहाई बहुमतका साथ निर्वाचित सरकारलाई ढाल्ने जरुरत पुरानो दलका शीर्ष नेताहरुलाई किन पर्यो कसैलाई थाहा छैन । नेपाली जनताले परिवर्तन ल्याउन कै लागि यो पटक भोट हालेका हुन । जुन जोगी आएपनि कानै चिरेको भनेको झै जुन दललाई भोट हाले पनि उस्तै भन्ने सोचबाट नेपालको राजनीतिलाई मुक्त पार्नको लागि यो पटक नेपाली जनताले बिशाल बहुमत राष्ट्रिय स्वतंत्र पार्टीलाई दिएको हो । नेपाली जनताको उद्देश्य भनेको नेपालको राजनीतिमा अमुल परिवर्तन ल्याउनु नै हो । नेपालको संबिधान २०७२ मा व्यापक संसोधन गरी पुरानो दलहरुले बिगारेको सबै ऐन, नियम र कानुनहरुलाई दुरुस्त पार्नु नै हो । नेपाली जनताले राष्ट्रिय स्वतंत्र दललाई सरकार बनाउनको लागि सहज हुने लगभग दुईतिहाई बहुमत दिए पनि लामो समय देखि सत्तामा जरो गाडेर बसेका पुरानो दलहरुको राजनीतिक पकडबाट नेपाल राष्ट्रलाई मूक्त पार्न अझ धेरै समय लाग्ने देखिन्छ । सरकार राष्ट्रिय स्वतंत्र पार्टीको भए पनि सत्तामा पकड पुरानो दलहरुको नै कायम रहेको अवस्था छ ।्
वर्तमान राजनीतिक अवस्थाको सन्दर्भमा कुरा गर्दा बालेन सरकारको लागि सबै भन्दा ठुलो बाँधा राष्ट्रिय सभाले नै गरीरहेकोछ । त्यसै गरी न्यायपालिका भित्र रहेको व्यापक भ्रष्ट आचरणले गर्दा बालेन सरकारलाई तगारो हाल्ने काम मात्रै सर्बोच्च अदालतले गर्दै आएकोछ । नेपाली जनताले दिएको जनमत अनुसार बालेन सरकारले काम गर्न पाईरहेको छैन । संबिधान संसोधन गर्ने काममा पुरानो दलका शीर्ष नेताहरुले आफ्नो झोलेहरु मार्फत धेरै ठुलो भाँजो हालीरहेकाछन । नेपाललाई फेरि हिन्दूराष्ट्र बनाउने देखि लिएर राजतंत्र पर्काउने सम्मको नेपाली जनताले बालेन सरकारलाई दिएको कामहरु हुन सकीरहेको छैन ।
बालेन सरकार पुरानो दलका शीर्ष नेताहरुले तेर्साएको बाँधाहरु पंछाउने कामहरुमा व्यस्त रहनु परेको छ । साथै प्राकृतिक प्रकोपहरुबाट उत्पन्न नेपाली जनताको ताजा घाउ पीडाहरुमा मलम पट्टी गर्दा गर्दै बालेन सरकार हैरान भईरहेकोछ । पुरानो दलहरुले नेपाल राष्ट्रको यहि दुरावस्थालाई अवसरको रुपमा प्रयोग गर्नको लागि जोडबल लगाईरहेकाछन । पुरानो दलहरुले नेपालको संबिधान २०७२ आफ्नो लागि मात्रै राम्रो हुने गरी बनाएका छन तर नेपाली जनताको लागि उक्त संबिधान संसोधन नगरीनहुने भेटिएकोछ । उक्त संबिधानले गर्दा पुरै नेपाल राष्ट्र पुरानो राजनीतिक दलहरुको भर्ती केन्द्रमा रुपान्तरण भएकोछ । पुरानो दलहरुले नेपाली जनतालाई भने माछामाछा भ्यागुता तुल्याएकाछन । परपूर्व काल देखि नै नेपाल राष्ट्रलाई चार जात छत्तीस वर्णको फुलवारीको रुपमा नेपाली जनताले मान्दै आएकाछन । तर नेपालको संविधान २०७२ बनाउँदा पुरानो दलहरुले यो कुराको किञ्चित पनि ख्याल गरेको पाईएको छैन । उक्त संबिधान अनुसार नेपालमा बाहुनवाद झनै बलियो भएको महसुस हुन्छ । उक्त संबिधान नेपालमा लागु भएपछि राज्य सत्ताका संवै अंगहरुमा बाहुनवाद हाबी भएको प्रष्ट सित नै देखिन्छ ।
पुरानो दलहरुले नेपालको संबिधान २०७२ मा पीछडिएका जातजातीहरुलाई आरक्षण गरेको वा दिएको जस्तो देखिन्छ तर त्यो सबै प्रयाप्त छैन । नेपालका संबिधान २०७२ मा गरिएको आरक्षणको व्यवस्थालाई पुरानो दलहरुले नै व्यापक दुरुपयोग गरेकाछन । आरक्षणबाट आएका संसदहरु सबै उच्च जातीका नै छन । साथै सबै भन्दा नराम्रो कुरा त के भएको छ भने चुनावहारेकाहरुलाई नै घुमाई फिराई राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसद बनाईएकाछन । परिस्थिति यति जटिल तुल्याईएको छ कि जसले यस्तो षडयंत्रपूर्ण संबिधान बनायो तिनीहरु नै दलका शीर्ष नेताको रुप उदयमान भएकाछन । नेपालमा माओवाद स्थापित हुनको लागि पहिले नेताहरु नै माओवादी हुन जरुरी छ । तर अहिले आएर माओवादी दलका ठुला नेताहरु सबै गैरमाओवादी हुनको साथसाथ दलाल पुँजीवादी पनि निस्केकाछन । समग्रमा भन्दा पुराना दलहरुका सबै ठुला नेताहरु क्रोनी पुँजीवादी नै हुन । आज आएर नेपाल राष्ट्र कहाँ बन्यो भनी सोच्नु पर्ने अवस्था कायम रहेकोछ । दलका ठुला नेताहरुको के कुरा भारेभुरे नेताहरुले पनि अकुत कमाएर आफै र आफ्नो आसेपासेलाई धनी बनाएकाछन । पुरानो दलहरुले शासन चलाएको बितेको ३६ बर्षमा नेपाल राष्ट्र र नेपाली जनताको पहिचान मेटाउने कामहरु मात्रै भएकाछन । बिकासको कुरा गर्ने हो भने त्यो सिला खोज्नु पर्ने नै हुन्छ । औद्योगिक बिकासलाई पुरानो दलहरुले निर्मुल नै पारे भने पूर्वाधार बिकासमा पञ्चायतकालमा बनेकालाई भत्काउने र बनाउने बाहेकको नयाँ काम केही भएको देखिन्न ।
बिदेशी दाताहरुले ऋणमा बनाईदिएका केही नमुना पूर्वाधारलाई नै पुरानो दलहरुले आफ्नो पालामा बनेको वा बनाउन सुरु गरीएको पूर्वाधार भनी फोटो टाँस्ने गरेकाछन । सामाजिक सञ्जालमा पनि उहाँहरुले सोही फोटोहरु पोस्ट गरी आफ्नो दलको प्रचार प्रसार गर्दछन । यस्ता हुतीहारा पुराना दलका शीर्ष नेताहरुले बालेन सरकारलाई ढाल्छौ भन्दै हिड्नु बेकारका कुरा मात्रै हो ।
तीन दशक भन्दा लामो अवधि सत्तामा बसेर पनि बिकास गर्न नसकेकाहरुले बालेन सरकारलाई ढालेर फेरि सत्तामा आउन खोज्नुलाई नेपाली जनताले राम्रो रुपमा नहेरी षडयंत्रको रुपमा हेरीरहेकाछन ।
अहिले सम्म पुरानो दलका शीर्ष नेताहरुलाई नेपाली जनताले उतानो मात्रै पारेका थिए भने अब कुरा बढ्दै गए पछि चित् ख्वाउने पक्कापक्की नै भईसकेकोछ । अब फाल्गुण महिनामा हुन गईरहेको स्थानीय तहको चुनावमा पुरानो दलहरुले चित् खाने छन । यता सरकार ढाल्ने आन्दोलनको तयारी गरी बस्ने अनि उता स्थानीय तहको चुनावको तयारी भने कस्ले दलहरुको लागि गरीदिने होला ? यसरी बालेन सरकारलाई ढाल्ने खेलमा लागेका पुरानो दलहरु आफै ढल्दैछन भने सत्तापक्ष राष्ट्रिय स्वतंत्र दलको भन्ने जयजय हुने अवस्थामा पुगेको देखिन्छ ।
पाँच बर्षे कार्यकालको लागि नेपाली जनताले बिधिपूर्वक चुनेको सरकारलाई ढाल्न अहिले जरुरी छैन । यदि नेपालमा लोकतंत्र छ भने बालेन सरकारलाई निर्वाद रुपमा पाँच बर्ष पुरा गर्न दिनु पर्छ । निर्वाचित सरकारलाई सडक आन्दोलनबाट ढाल्ने अभ्यास वा प्रयास कदापि लोकतंत्रिक हो भनी मान्न सकिन्न । पुराना दलका शीर्ष नेताहरुले आन्दोलनको लक्ष सरकारलाई ढाल्ने नभएर आफ्नै दल भित्र व्यप्त विसंगतिलाई समाप्त पार्ने हुनुपर्छ । सत्तामा हुँदा पुराना दलका शीर्ष नेतहरुले आफैले गरेका भ्रष्टाचार र आर्थिक अपराधको लागि भने जबाफदेही नबनी सुखै छैन । यदि दलका शीर्ष नेताहरु जबाफदेही बन्न तयार भएनन् भने वा बालेन सरकारलाई टेरपुच्छर लाएन भने नेपाली जनता स्वयम नै मैदानमा उत्रेर पुरान दलका शीर्ष नेताहरुलाई जबाफदेही बनाउनेछन । पुरानो दलका शीर्ष नेताहरुले व्यापारीहरु र व्यवसायीहरुलाई भ्रष्टाचार र आर्थिक अपराधको श्रोत केन्द्र बनाएकाछन सोकाम रोकिनु पर्छ । निजी क्षेत्रलाई यसरी भ्रष्टाचार र आर्थिक अपराधको केन्द्र बनाउने पुरानो दलहरुको दुस्साहासलाई कदापि बालेन सरकारले माफ गर्नु हुँदैन । यदि राष्ट्रिय स्वतंत्र पार्टीको सरकारले पनि काले काले मिलेर खाउँ भाले भन्ने शिद्धान्त अपनाउँछ भने नेपाली जनताले त्यसलाई कदापि माफ गर्ने छैन । नेपाली जनताको मुद्दाहरुलाई थाती राखेर बालेन सरकार अगाडि बढ्न सक्दैन ।
यहि मुद्दाहरुनै बालेन सरकार बन्नुको पछाडि ठुलो कारण रहेकोछ । तसर्थ यस्तो मुद्दाहरुलाई थाती राखेर बालेन सरकार निरन्तर अगाडि बढ्ने प्रयास गरेमा नेपालको राजनीतिमा अनर्थ पनि हुन सक्छ । संघियता र गणतंत्र खतरामा पर्यो भन्दै पुराना दलहरु हावा कुरा गर्दछन ।
तर मुख्य मुद्दा भनेको नेपाल राष्ट्रको अस्तित्वलाई जोगाउँदै कसरी अल्पबिकसित मुलुक नेपाललाई बिकाससिल मुलुक र बिकाससिल मुलुकबाट बिकसित मुलुक बनाउने भन्ने नै हो । सात दशक सम्म नेपाल अल्पबिकसित मुलुकमा नै कायम किन रह्यो भन्ने कुराको अनुसन्धान निक्र्योल हुन जरुरी छ । दाताहरुको अनगिनत अनुदान सहयोगहरु र तीस खर्व ऋण कता गयो वा कसको पेटमा गयो भनी अध्ययन अनुसन्धान गरी भ्रष्टाहरुलाई जबाफदेही नबनाए सम्म नेपाल राष्ट्र र नेपाली जनता अब अगाडि बढ्न सक्दैन । कुनै बेञ्चमार्क, कुनै तुलना वा कुनै माईलस्टोनहरु नभएको भ्रमपूर्ण पुराना दलहरुको बिकास लक्ष समृद्ध नेपाल र सुखी नेपालीलाई आँखा चिम्लेर मान्न सकिन्न । यसलाई क्वाएन्टीफाई गरी दाँज्नको लागि कुनै बेञ्चमार्क वा माईलस्टोनहरु नभएकाले यो भ्रमपूर्ण छ । नेपालका कम्युनिष्टहरु लाटो देशमा गाँडो तन्देरी भएका मात्रै हुन ।
नेपालको बिकास लक्ष भनेको संसारले मानेको र जानेको अल्पबिकसित, बिकाससिल र बिकसित नै हुनुपर्छ । यसलाई क्वाएन्टीफाई गरी तुलना समेत गर्न सकिने हुँदा यो बिकास लक्ष सबै भन्दा उत्तम हुन्छ । हचुवाको र हावादारी नेपालको बिकास लक्ष समृद्ध नेपाल र सुखी नेपालीलाई हटाउनु पर्छ । यस्तो हावादारी बिकास लक्ष राखेर अगाडि बढेका पुराना दलहरु हावा नै भएको हुँदा उहाँहरुले भन्दै आएको बालेन सरकालाई ढाल्छौ भन्ने कुरा पनि हचुव र हावा कुरा मात्रै भएको सबै नेपाली जनताले सम्झिनु पर्छ ।
बालेन सरकारले भने पुरानो दलहरुलाई तोडफोड गर्नबाट रोक्दै नेपालमा शान्ति अमनचयन कायम गर्नुको साथसाथ भ्रष्टहरुलाई जबाफदेही बनाएर नै छाड्नुपर्छ । नेपाली जनताको चाहाना पुरा गर्नको लागि अब कुनै वाहानबाजी चल्दैन र त्यसको काम पनि छैन ।

