काठमाडौं । सल्लाह दिने लिनेको विषयगत क्षमताले कामको मूल्याङ्क हुने गर्छ । कसैलाई ज्ञान, अनुभव, क्षमता भएका सल्लाहकार सहयोगी हुँदा सफल बाटो फेला पर्छ । प्रधानमन्त्री बालेन्द्र शाहका लागि त्यस्ता विज्ञ सल्लाहकार भएनन् ।
केपी ओलीका सल्लाहकार राज्यको ढुकुटी स्वाहा पार्दै आएका थिए । एमाले अध्यक्ष ओलीकै कारण पार्टी भित्र विभिन्न टिकाटिप्पणी हुने गरेका थिए । अध्यक्ष ओलीकै कारण जेनजी विद्रोह निम्तिएको थियो । त्यही विद्रोहबाट प्रधानमन्त्री बनेका बालेन्द्र शाहलाई कुमार बेन, असिम साह, सुवास शर्मा जस्ताले सिद्धयाउँदै छन् । लोकतन्त्रको धज्जी उनीहरुले नै उठाएका छन् । जनताको अधिकार खोसेर सत्ता बलियो हुँदैन तर बालेन्द्रलाई त्यस्तै सल्लाहकारहरुले डुबाएका छन् । जसले हरेक निर्णय रातमा गर्छन् । त्यसले गर्दा जनआक्रोश चर्काउछ । आफ्नै पार्टी भित्र अट्न नसक्ने प्रधानमन्त्री बालेन्द्र माथि गजडीको आरोप लाग्नु देशको हीत होइन । सरकारले राज्यलाई आफ्नो नियन्त्रणमा लिनै पर्छ । तर सरकारको गतिविधि राम्रो छैन । प्रधानमन्त्रीसँग विचौलियाहरु हिजो पनि निकट थिए भने आज पनि निकट छन् ।
ती विचौलियाहरुसँग सम्बन्ध राख्दा पर्दा पछाडिको खेल बुझ्नु पर्दछ । गलत प्रयोजनका लागि ती विचौलियाहरुसँग सम्बन्ध गाँस्नु हुँदैन । तर त्यस विषयमा प्रधानमन्त्री शाहलाई चासो छैन ।
अरुलाई कमजोर बनाउनु हुँदैन । बदमासी गर्नेहरुलाईै कारवाहीको दायरामा ल्याउनु पर्छ । भ्रष्टाचारीलाई कारवाही गर्नु पर्छ । त्यसपछि मात्र सरकारको काम सफलता हुन सक्छ । नत्र सरकार जहिले पनि बदनाम बन्छ ।

