काठमाडौं । प्रधानमन्त्री बालन्द्रे शाह सरकारले सूचना फेस बुक मार्फत सार्वजनिक गरेर धेरै आम्दानी गर्ने गरेको तथ्य सार्वजनिक भए पछि आमसर्वसाधरणले पनि फेक समाचार र उल्टासुल्टा फोटो सामाजिका सञ्जालमा राखेर भ्युज बढाउने र डलर झार्ने कामको खेति फस्टाएको छ । त्यसले गर्दा पत्रकारहरुले सत्यतथ्य पस्केको समाचार ओझेलमा परेको छ ।
सामाजिक सञ्जालमा उल्टासुल्टा समाचार सार्वजनिक हुँदा सर्वसाधराणलाई भ्रममा पार्ने र देशको व्यइजत गर्ने काम सामाजिक सञ्जालबाट हुने गरेको छ । प्रधानमन्त्री बालेन शाहले पनि फेसबुक आइटीबाट समाचार सम्प्रेशन गरेर नेपाली जनतालाई भ्रममा पार्ने काम गर्दै आएका छन् । त्यो कानून विपरीत हो । तर प्रधानमन्त्रीका सहयोगी टिमले त्यसलाई नै प्राथमिकता दिएर देशमा ग्यास हाहाकार गराएर ७ लाख सिलिण्डरको रु ६९ करोड उठाएर झ्याप पारेको विषय अहिले चर्चामा आएको छ ।
ग्याँस नपाएर प्रति कप रु २० मा चिया बेच्नेले पसल बन्द गरे । तर तारे होटल र पाटी प्यालेसहरु बन्द भएनन् । आज पनि बजारमा ग्याँस को हाहाकारी छ । सरकारले सबै तिर राम्रो गरेको हल्ला गरेको छ । भोटेकोशी बाढीपिडितको पीडा उस्तै छ । बाढी पीडितले रेडक्रस र बिदुर नगरपालिकाको समन्वयमा होल्डिङ्ग सेन्टरमा दिन बिताइ रहेका छन् । वैशाख १२ र १३ गते बाग्मती किनारबाट खेदिएका सुकुम्बासीको पीडाबारे सरकार गुपचुप छ । पुरानाको खेदो खन्ने रास्वपाको भ्रष्ट समूह प्रधानमन्त्री बालेन्द्रकै सचिवालयमा रहेका छन् । देशमा आतंक चर्काउने आईजीपी दान बहादुर कार्कीलाई खेद्ने काम भएको छ ।
प्रधानमन्त्री बालेन्द्रको टीमका प्रमुख सुल्लाहकार कुमार वेनले नै विचौलिया इनाम सकापकोटासँग सम्वन्य गरी आफ्नो धन्दा सफल पार्न खोज्दै थिए । तर सर्वोच्चका प्रधानन्यायाधीशसँग पनि समन्वय गरेको सत्य बाहिरिएको कारण उनी बदनाम हुन पुगेका छन् ।

