सरकारको फन्डैफन्डा

देश/विदेश प्रमुख प्रशासन प्रशासन राजनीति विविध समाचार

काठमाडौं । रास्वपाले गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक र प्रत्यक्ष गरी १८२ सिट जित हासिल गरेको थियो । झण्डै दुई तिहाई हाराहारी बहुमत रास्वपाले ल्याएको थियो । रास्वपाको बालेन नेतृत्वको सरकार गत चैत्र १३ गते गठन भएको थियो । सरकार गठन भएको केही दिन नपुग्दै तत्कालीन प्रधानमन्त्री केपी ओली र रमेश लेखकलाई पक्राउ गरेको थियो । तर उनीहरु दोषी नठहरिएपछि रिहा भए । त्यसपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरियो । विष्णु पौडेललाई भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरिएको थियो । भदौ २३ को घटनालाई दोषी किटान गरेर तत्कालीन प्रहरीका आईजीपी चन्द्र कुमार खापुङ, गृह सचिव गोकर्ण मणि दवाडी र सशस्त्र प्रहरीक आईजी राजु अर्याल, तत्कालीन काठमाडौंका सिडिओ छविलाल रिजाल र तत्कालीन प्रमुख हुतराज थापालाई मुलुकी फौदारी संहिताको दफा १८२ अनुसार कारवाही गर्ने भनिएको थियो । तर त्यो कारवाही बालेन सरकारले निष्कर्षमा पु¥याउन सकेन ।

त्यसैगरी तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले भ्रष्टाचार गरेको आरोप लगाएर पक्राउ गरिएको थियो । कुनै प्रमाण फेला नपरेपछि उनलाई केही महिना अनुसन्धानमा राखी छाडिएको थियो । त्यसपछि उद्योगी, व्यापारीहरुलाई राजश्व छलीको आरोपमा केही व्यापारी र उद्योगीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुलाई पनि धरौटीमा छाडेर बालेन सरकार चर्चामा आएको छ र सर्वसाधारण जनता माथि बालेन सरकारले काम गरेको देखाएर आँखामा छारो हाल्ने काम गरेको थियो ।

अहिले फेरि पूर्व मन्त्रीदेखि सभामुखसम्मलाई भ्रष्टाचार गरेको आरोपमा छानविन गर्ने भन्दै छ । बालेन सरकारले स्थानीय र प्रदेश निर्वाचन आफ्नो पक्षमा पार्नको लागि सर्वसाधारण जनताको नजरमा भ्रष्टाचारी र नालायक पूर्व मन्त्रीदेखि सांसद र उच्च तहका कर्मचारीलाई भ्रष्टाचारमा कारवाही गरेको देखाएर प्रदेश र स्थानीय निर्वाचन आफ्नो पक्षमा पार्ने योजना गरी राखेको छ । तर नेता, मन्त्री र व्यापारीहरुलाई भ्रष्टाचार गरेको र राजश्व छलेको आरोपमा पक्राउ गरे तापनि कुनै प्रमाण फेला नपर्दा उनीहरुलाई न्यायलयले छाड्ने गरेको छ ।

त्यसैगरी अधिकांश कर्मचारीहरुलाई पनि यो वहाना वा त्यो वहाना गरेर जागिरबाट हटाउने खेलोफड्को बालेन सरकारले गर्दै छ । पुराना कर्मचारीहरुलाई हटाएर नयाँ कर्मचारी भर्ना गर्ने र प्रशासन क्षेत्र कब्जा गर्ने योजनामा बालेन सरकार लागि परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *