चिनले पनि छक्कायो

देश/विदेश प्रमुख राजनीति विविध समाचार

काठमाडौं । चीन सरकार कम्युनिष्ट मुलुक भए तापनि आर्थिक, सामाजिक रुपमा विश्वभर नाम चलाएको छ । नेपाल जस्ता भूपरिवेश राष्ट्रलाई अलमलाउने र छक्काउने काम नगर्ला भन्न सकिँदैन । तर तीन वर्षदेखि चीनले कलंकी–बसुन्धारा सडक विस्तारमा अलमलाएको छ । नेपालको तर्फबाट सडक मर्मत सुधार र ढल व्यवस्थापन, विद्युतका योजना विस्तार गर्न ढिलासुस्ती गरेको आकलन गरिएको छ । चिनियाँ टोलीले अनुगमन गर्छ, फर्कन्छ, जान्छ । तर त्यसको काम भएको पाईंदैन ।

चीन सरकारकै योजना अनुसार नेपालमा ठूलाठूला ठेक्काको स्टिमेट गर्ने र ठेक्का लिने काम चीनले गर्दै आएको छ । कतिपय ठूलाठूला ठेक्काहरु त बीचैमा छाड्ने परिपाटी पनि नचलेको होइन । चीनले ठेक्का लिए तापनि समयमा निर्माणको काम सम्पन्न गरेको पाईंदैन ।

नेपाल सरकार र चीन सरकार बीच भएको सम्झौताहरु पनि बेला बखत तोडमोड हुने गरेको छ । सडक विस्तार ढिलासुस्ती भएको रहस्य चाइनिज फोरेनका अध्यक्षले नै नेपाल आउँदा सो कुरा बोलेका थिए । नेपाल र चीन बीचको विकास साझेदारीका निर्णय हुन्छन् । तर साझेदार गरे समयमा काम सम्पन्न भएको पाईंदैन । विकसीत चीन र नेपाल बीच पटक–पटक पूर्वाधार विकास निर्माणमा सहकार्य भए तापनि ढिलासुस्ती हुने गरेको छ । चक्रपथ खण्डको २७ कि.मि. सडक चीन सरकारले बनाई दिएको थियो ।

कलंकी–कोटेश्वर सडक सुधार चीन सरकारकै योजना अनुसार विस्तार गर्ने भनेको धेरै भई सक्यो । तर सो सडक निर्माण हुन सकेका छैन । तर कलंकी–बसुन्धाराको नौ किलोमिटर सडक विस्तार भएको पाईंदैन । नेपालले गर्ने काम ढिलो हुँदा काम रोकिएको भन्ने हल्ला चलाईन्छ । तर यस पटक चीनले ढिला गरेको कुरा पूर्वधार विकास मन्त्रालय अन्तर्गत सडक विभागले छर्लंग पारेको छ । किनकी विस्तारको आवश्यक तयारी नेपाल तर्फबाट पूरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *