काठमाडौं । रास्वपाको नेतृत्वमा बनेको बालेन सरकारले ८ महिनामा युरोप भ्रमण र भारत भ्रमण गरेका छन् । तर तत्कालिन प्रधानमन्त्रीहरु सरकार बनेको महिना दिन भित्रै पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेर र दोस्रो विदेश भ्रमण चीन गर्दै अन्य देशहरुमा जाने चलन थियो । तर रास्वपाका प्रधानमन्त्री बालेन शाहले पहिलाको भ्रमणलाई तोड्दै पहिलो भ्रमण युरोपबाट सुरु गरेका थिए । संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको लागि युरोप भ्रमण गरेर फर्किएको दुई महिना पछाडि मंसिर ६ र ७ गते दुई दिने भारत भ्रमण गरि स्वदेश फर्किएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन शाहबीच सम्झौता भयो तर सीमा सुरक्षा, लिपुलेक, लिपियाधुरा, कालापानी, चुच्चे नक्सा र ग्रेटर नेपाल जस्ताको विषयमा कुनै चर्चा हुन सकेन । १९५० को सन्धिको विषयमा पनि कुरा उठाएनन् । त्यसले गर्दा बालेन सरकार भारत गएको कुनै अर्थ रहेन् । भारतले नेपाललाई दिने भनेको सहयोग पनि परापूर्वकालदेखि घोषणा हुने तर कार्यान्वयनमा आउदैन । त्यसको उदाहरण लिन सकिन्छ २०७२ सालमा गएको भूकम्पलाई दिने भनेको सहयोग दिएन । त्यस्तैगरी पूर्वाधार विकासको लागि दिने भनेको सहयोग पनि दिएको पाइदैन ।
अहिले नेपाललाई भोटेकोशी बाढीको पुननिर्माण को लागि दिने भनिएको २ अर्ब ४० खर्ब पनि घोषणा मै सिमित हुने देखिन्छ । त्यसैगरी भैरवा विमान स्थलमा हवाई आवतआवतका गर्नलाई आकाश खुला गर्ने भन्ने सम्झौता पनि कागज मै सिमित नहोला भन्न सकिदैन् । त्यसले गर्दा बालने सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्बन्ध पनि कस्तो रहन्छ भन्ने कुरा निश्चित छैन् । प्रधानमन्त्री शाह भारत भ्रमणमा गएपछि पश्चिमाहरु शसांकित भएको आशंका गरिएको छ ।
भारतले प्रधानमन्त्री बालेन शाहलाई पहिलै भारत भ्रमणमा बोलाएको थियो । तर शाह भारत नगएर संयुक्त राष्ट्र संघको भ्रमणमा गएका थिए । त्यतिबेला देखि रिसाएको भारत पछिल्लो समय आएर केही नरम भएर प्रधानमन्त्री शाहलाई भारत भ्रमणमा बोलाइएको थियो । प्रधानमन्त्री शाह भारत भ्रमणबाट फर्किए पछि रास्वपाको पार्टी भित्र खिचडी पाक्न थालेको छ । किनकी अमेरिकाले जसरी पनि एसपिपि पास गर्नु पर्ने अडानमा रहेको छ भने भारतले त्यसलाई स्वीकारेको अवस्था छैन त्यसै कारण रास्वपा पार्टी भित्र खिचडी पाक्न थालेको हो । रास्वपाको पार्टीभित्र खिचडी त सरकार बनेदेखि नै सुरु भएको थियो । तर प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा गएपछि पार्टी भित्र झन खिचडी पाक्न थालेको छ ।
यदि प्रधानमन्त्री बालेन शाहले एसपिपि पास नगरिदिएको खण्डमा बालेन सरकार जागिर जानेछ भने अमेरिकाले त्यसको विकल्पमा गृहमन्त्री सुदन गरुङ अथवा अन्य कुनै व्यक्तिलाई भावी प्रधानमन्त्री नबनाउला भन्न सकिदैन । गगन, रवि र बालेन एउटै कित्ताका हुन् । भविष्यमा तिनै जना एउटै कित्तामा नरहलान भन्न सकिदैन । त्यसैगरी चीन सरकारले पनि नेपालमा विआरआई लागु गर्नु पर्ने अवधारणा सार्वजनिक गरिरहँदा रास्वपाका २० जना सांसदलाई चीन भ्रमणमा पठाउँदा विआरआईको विषयमा छलफल गर्न प्रधानमन्त्री बालेन शाहले सल्लाह दिएर पठाएका थिए । एकातिर चीन र भारत एकजुट भएको देखिन्छ भने अर्कोतिर अमेरिका रुष्ट बनेको देखिन्छ ।
त्यसले गर्दा रास्वाको पार्टी भित्र भाबी प्रधानमन्त्रीको खोजी हुँदैछ । भारत र चीनको इशारामा भाबी प्रधानमन्त्रीको रुपमा अर्थमन्त्री स्वर्णिम वाग्ले र सभामुख डिपि अर्याललाई प्रधानमन्त्री बनाउने योजना बनेको स्रोतको दावा छ । सभामुख डिपि अर्याललाई राजिनामा गराएर प्रधानमन्त्री नबनाउलान भन्न पनि सकिदैन । यदि युरोपिन युनियन हाबी भएमा सुदन गुरुङ प्रधानमन्त्री हुने लक्षण देखिएको छ । भाबी प्रधानमन्त्री सुदन गरुङ बन्ने भन्ने समाचार तामाकोशी सन्देशले केही महिना पहिले नै संप्रेशण गरिसकेको छ । विश्वको भूराजिनीतिसँगै नेपालमा पनि त्यसको असर परिरहेको छ । । विश्वको भूराजिनीति असरले नेपाललाई अफ्ठेरो पारिरहँदा नेपालका प्रधानमन्त्री बालेन शाहको काम गराइले पनि देखाउछ । त्यसले गर्दा रास्वपा पार्टी भित्र केही साताभित्र गडबडी हुने संकेत देखिन्छ ।
प्रधानमन्त्री बालेन शाह चाहे भारत भ्रमण होस्, चाहे युरोप भ्रमण होस् । नेपालको संविधान विपरित काम गर्दै आएका छन् । विदेश भ्रमणमा निस्कनु अघि न त राष्ट्रपतिलाई जानकारी गराएका छन् । न त राजनीतिक दलहरुसँग छलफल गरेका छन् । न त पूर्वप्रधानमन्त्रीहरुसँग सल्लाह लिएका छन् । त्यो सँगै नेपालको धर्म संस्कृति र परम्परा तोड्दै संविधान खिल्ली उडाउने काम गर्दै आएका छन् ।

