नेकपा निकटका भण्डारीले रविविरुद्ध उजुरी दिँदै

प्रमुख बिबिध

न्यूज २४ को लोकप्रिय कार्यक्रम सीधाकुरा जनतासँगका कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछाने लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका कञ्चनपुरका पत्रकार खेम भण्डारीले लामिछानेविरुद्ध प्रेस काउन्सिलमा आचार संहिता उल्लंघन गरेको भन्दै उजुरी दिन लागेका छन् ।

भण्डारीले ‘पत्रकार आचार संहिताको नग्न उल्लंघन गर्नेमाथि हदैसम्मको कारबाही गरी पाँउ’ भनेर भदौ ११ को मिति राखेर प्रेस काउन्सिलमा उजुरी दिन लागेको जनाएका छन् । भण्डारीले निर्मला पन्त प्रकरणमा आचार संहिता उल्लघंन गरेको भन्दै लामिछानेविरुद्ध उजुरी दिन थालेका हुन् । शालिकराम पुडासैनी प्रकरणमा भरखरै धरौटीमा रिहा भएका लामिछानेविरुद्ध पत्रकार भण्डारीले उजुरी दिन थालेका हुन् ।

भीमदत्त नगरपालिका वडा नं. १८ कञ्चनपुरस्थित दैनिक मानसखण्डको सम्पादक समेत रहेका भण्डारीले “सिधा कुरा जनतासंग” कार्यक्रमका चिफप्रोड्युसर एवं प्रस्तोता लामिछानेलाई हदैसम्मको कारबाहीसहित निवेदन दिन लागेको उल्लेख छ ।

‘विपक्षीहरूले पत्रकारिताका विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहितको नग्न उल्लंघन गर्दै म निवेदकमाथि अन्याय गरेको तथा पत्रकारिता पेशालाई नै कलंकित पार्ने गरी काम गरेकोले विपक्षीहरुविरुद्ध तपशीलअनुसारको दलिल तथा प्रमाण पेश गर्दै उल्लेखित मागदावी अनुसारको कारबाही होस् भनी यो निवेदन पेश गरेको छु’, भण्डारीले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *