क्रिस्चियनले विकासभन्दा विनाश बढाउँदै

विविध
काठमाडौं । संविधानले धर्मनिरपेक्षता व्यवस्था ग¥यो, नेपालमा क्रिस्चियन धर्मावलम्बीहरुलाई आनन्द भएको एकनाथ ढकालदेखि डा।केबी रोकायसम्मको कमाई खाने भाँडो भएको छ । ढकालले नेकपाका वरिष्ठ नेता माधव नेपाललाई भ्रममा पारेर नेपाल सरकारलाई आयोजक बनाएर एसिया प्यासिफिक शान्ति सम्मेलन नै सम्पन्न गरेर सरकार र नेकपाको पार्टीलाई समेत चुलुम्र्ब डुबाए ।
चुनावमा नेकपालाई साथ दिएको बताएर क्रिस्चियन फेडेरेसन नेताकी छोरीलाई शान्ति सम्मेलनको प्रमुख बनाएका एकनाथ ढकाल गोर्खाबासी हुन् । यिनैले हो, विदेश घुम्न रुची राख्ने, घुम्न पाए मरिमेटेर साथ दिने वरिष्ठ नेता माधव नेपाललाई प्रयोग गरेको पनि । ढकालले नेकपाबाट राष्ट्रिय सभामा सांसद बन्न प्रधानमन्त्री केपी ओलीलाई दबाब दिएका थिए । तर, उनले सुनेका छैनन् ।
तत्कालिन एमालेका नेता कार्यकर्ताले एनजिओ खोलेर राम्रै कमाइ गरेका थिए । अहिले पनि एनजिओ, आइएनजी मोह घटेको छैन । गैरसरकारी संस्था महासंघमा प्रदीप नेपालका भाइ समिर नेपाल पनि छन् । एडभोकेसी फोरम महान्यायाधीवक्ता अग्नी खरेलको हो । इन्सेक सुशील प्याकुरेलको छ । प्याकुरेल राष्ट्रपतिको सल्लाहकार छन् । सरकारकै उच्च तहमा सिआइएका एजेन्ट प्रत्यक्ष छन् भने नेपालको सूचना गोप्यता रहन्छ कसरी रु यही च्यानलले डा।कुन्दन अर्याललाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा राखेको छ । जसले सरकारले कै विरुद्ध नेपाली प्रेस लाग्दा समन्वयकारी भूमिका खेल्न जरुरी ठानेनन् । डा।अर्याललाई हाइसन्चो छ ।
नेपालमा १६ लाखभन्दा बढी क्रिस्चियनहरु पुगेका छन् । कोरियन, अमेरिकन र बेलायती नागरिकहरु क्रिस्चियन धर्म प्रचार गर्दै दुर्गम गाउँ मात्र होइनन्, सहरी क्षेत्र मै  छयाप्छ्याप्ती देखिन्छन् । नेकपाको सरकार क्रिस्चियनहरुप्रति लालयित छ । ओली, नेपाल, प्रचण्ड, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा क्रिस्चियनको नेपाली टोलीका नेता एकनाथ ढकालबाट प्रायोजित हुन् । हिन्दू धर्मका ठेकेदार पनि अपराधिक व्यवहार भएकाले क्रिस्चियनहरुले ठाउँ पाएका छन् । जनजाति र दलीय समुदायको गरिबीमाथि फाइदा उठाउँदै आएको क्रिस्चियनहरुले नेपालमा शान्ति रुचाएका छैनन् । युरोपेली युनियनले देख्न नेपालको लगानीमा देखाएको रुची भनेकै धर्मसँग जोडिएको स्थिति हो ।
पार्टी नेताहरु लोभी पापी नभए देशले शान्ति विकास र अग्रगमनको गति लिन्थ्यो । तर नेतृत्व गलत छ । त्यही कारण विकासभन्दा विनाश बढाएको हो । पहिले पञ्चले राजालाई गुमराहमा राखेर हिन्दू धर्ममाथि प्रहार गरेर आज कम्युनिस्ट–कांग्रेस मिलेर प्रहार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *