काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म विभिन्न २२ वटा सहकारीका ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता गरेको छ ।
समितिले हालसम्म विभिन्न २२ वटा सहकारीका ६१ हजारभन्दा बढी बचतकर्तालाई सो बराबरको बचत फिर्ता तथा हिसाब मिलान गरिएको हो ।समितिले आईतबार पत्रकार सम्मेलन आयोजना गर्दै स्थापनाकालदेखि हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै जानकारी दिएको हो ।यद्यपि, अहिलेसम्म फिर्ता भएको यो रकम कुल मागदाबीको करिब १० प्रतिशत मात्र हो। पीडितहरूको अझै ३४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता हुन बाँकी रहेको विवरणमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १२ हजार नौ सय ९९ बचतकर्तालाई ८३ करोड ६५ लाख २० हजार रुपैयाँ फिर्ता गरिएको थियो । चालु आर्थिक वर्षको साढे ११ महिनामा ३ हजार ६८९ बचतकर्तालाई २ अर्ब ५८ करोड १८ लाख ७६ हजार रुपैयाँ फिर्ता तथा मिलान गरिएको समितिले जनाएको छ ।