बैंकको कर्तुत बाहिरिँदै

अर्थ/वाणिज्य प्रमुख

काठमाडौं । कर्जा विभागका हाकिम र बैंकका सिइओहरुको मिलेमतोमा कर्जामा हिनामिना हुन थालेपछि एकपछि अर्काे बैंकका सिइओहरु फन्दामा पर्दै छन् । गत बिहीबार बिहान मात्र बैंक अफ काठमाण्डूका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ पक्राउ परे । नक्कली धितो राखेर बैंकबाट ऋण फुत्काएको अभियोगमा उनीविरुद्ध बैंककै कर्मचारीहरुले सिआइबीमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा अजय फक्राउ परेका हुन् । उता अजय जस्तै अर सिइओहरु समेत फन्दामा पर्दैछन् । अधिकांश बैंकका सिइओ र कर्जा शाखाका प्रमुखहरुको मिलेमतोमा नक्कली कितो राखेर ऋृण प्रवाह गर्ने र बैंक डुबाउने प्रक्रिया बढ्दै गएको छ । वालाुवाटारको जग्गा प्रकरणमा समेत केही बैंक फसेका छन् । जहाँ ४ आना सरकारी जग्गा धितो राखेर २६ करोडसम्म ऋृण प्रवाह भएको भेटिएको छ । यस्ता विकृतीका बान्की धेरै भेटिन थालेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग तातेको छ ।कर्जा प्रवाहमा अनियमिता गरेको तथा सम्पत्ति शुद्धिकरण निवारणमा बैंकका उच्च कर्मचारीको संलग्नता भेटिएपछि विभागले अनुसन्धान थालेको हो ।सम्पत्ति शुद्धिकरण विभागमा बैंकका सिइओ,कर्जा शाखा प्रमुखहरुको मिलेमतोमा प्रक्रिया पूरा नगरी ऋण दिएको र त्यसबापत माटो रकम कमिशन लिएर सम्पत्ति सुद्धीकरण गरेको उजुरी परेपछि विभाग तातेको हो । विभाग स्रोतका अनुसार यही प्रकरणमा अहिले उसले विभिन्न दश वटा बैंकको सिइओहरुको सम्पत्ति छाननिब प्रक्रिया अघि बढाएको हो । उनीहरुको तलब,वोनस,पहिले र अहिलेको सम्पत्ति लगायतका बिषयमा विभागले अहिले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *