डमीले आत्तिएका ट्राफिकका हाकीम

समाचार

काठमाडौं । एउटा सरकारल गरेको निर्णय अर्को सरकारले उल्ट्याउने काम बहादुरी ठानिन्छ । आवश्यकता र महत्वको कारण जनुसुकै निर्णय हुन्छ कार्यन्वयनमा जाँद करोडौँ खर्च गरिन्छ । तर, त्यसको ख्याल नगरी राज्य सञ्चालकहरू अगाडि बढ्दा धेरै ठाउँमा बिग्रन्छ । कोराना महामारीको बेला ट्राफिक प्रमुख भीम ढकाल थिए । उनले मास्क अनिवार्य गराउने, गाडी चालक, सहचालकको ड्रेसको व्यवस्था तत्कालीन जयबहादुरको पालामा भएको थियो । सर्वेन्द्रले गाडी चढ्दा भीड हुने ठाउँमा लाइन लागेर गाडी चढ्न सिकाए । ट्राफिकमा हरेक हाकिम नेता बनेर आउछन्, एउटा न एउटा निर्णय गराउछन् । उनीहरूको सरुवासँगै उनीहरूले गरेको जुनसुकै निर्णय थन्क्याउने काममा होडबाजी चल्छ । सर्वेन्द्रले सुरु गरेको के बाँकी छ ? भिडभाडमा चोरी नहोस् भनेर गरेको गाडी चढ्ने लाइन रत्नपार्कबाट गंगबु जाल्पाचोक लाइनको माइक्रोमा लाग्नु छ । अन्यत्र समाप्त भएको छ । ट्राफिकमा सनकको भरमा चल्ने हो भने सडक दुघएटना थुप्रै हुन्छन् । भीम ढकालले लागू गरेको मास्क प्रणाली सरकारको राष्ट्रिय एजेण्डा बन्यो । तर, दुर्घटना घटाउन भीम ढकालको समयमा काठमाडांै महानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले सिठ्ठी फुक्ने चोक चोकमा राखिएका ५१ मस्कट किन हटाइए ? जहाँ ढकालको ठाउँमा जनक भट्टराई एसएसपी छन् । ट्राफिकले गर्ने भ्रष्टाचार धेरै छन् । मापासेको चेकजाँच गर्दा कोरोनाको बेलामा एउटै वेथलाइजरले सयौँलाई चेक गर्छ । काम देखाउने लकडाउनको समयमा कलंकी, कोटेश्वर, बालाजुतिर ट्राफिकले नाटक राम्रै मन्चन गरेको छ । अहिले सडक दुर्घटनामा ९० प्रतिशत साथ दिएको मस्कट सबैतिर हटाइएको छ । यी मस्कटले के बिगारको थिए, एसएसपी साप ? यदी मस्कट जरुरी थिएन, कोरोनाको कारण जनताको स्वास्थ्य सुरक्षामा राज्य लाग्नुपर्ने बेलामा ट्राफिकले जनतालाई अनुशासन लगायो । सरकार मेडिकल माफियाको जालमा थियो । स्वास्थ्य क्षेत्र, ट्राफिक प्रहरी र सुरक्षाकर्मीको काँधमा थियो । आखिर पुरानो प्रमुखले राखेको चोक चोकको मस्कटको समेत सुरक्षा गर्न नसक्ने अहिलेको ट्राफिक कता छ ? स्वास्थ्य मन्त्रालयले अहिले साताव्यापी मास्क वितरण अभियान आवश्यकता भएर नै चलाएको छ । यसको कार्यान्वयन गरेको छैन ।
यहाँ उठाउन खोजेको विषय सडकको मस्कट मात्र होइन ट्राफिक प्रहरी सडकको डन हो । यसले कसरी घुस खान्छ त्यो जनताले देखेको छ । लामो दूरीमा चल्ने बसले यात्रु ठगे र उठाएको पैसा कति ठाउँमा ट्राफिकको पीडा सहेर नोट बुझाएर राजधानी छिर्नेहरूलाई बुझ्ने आँट ट्राफिक महाशाखाले गर्न सक्छ ? जनकले के नियम लगाउँदै छन् मस्कट हराएपछि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *