चलचित्र विकास वोर्डको अध्यक्षका लागि आधा दर्जनको भिडन्त 

कला-साहित्य प्रमुख समाचार

काठमाडौं । यहीं शनिवारबाट नेपाल चलचित्र विकास वोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालको दुई वर्षे कार्यकाल समाप्त भएको छ । दाहालको दुई वर्षे कार्यकाल समाप्त भएसँगै आधादर्जनभन्दा बढी नेपाली फिल्म क्षेत्रमा सम्लग्न रहेका व्यक्तिहरु चलचित्र विकास बोर्डको अध्यक्ष हुन प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।

चलचित्र विकास वोर्डको अध्यक्षका लागि आधा दर्जनभन्दा बढी फिल्मसँग सम्बन्धित व्यक्तिहरु मैदानमा उत्रिएका भएपनि बलियो सम्भावना भने अभिनेता भुवन केसी र फिल्म निर्देशिका सम्झना रौनियारको रहेको देखिन्छ छ । स्थानीय निवाचन सम्पन्न हुनु केही दिन अगाडि अभिनेता केसी र अर्का अभिनेता रविन्द्र खड्का प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टिका थापेर तथा माला लगाएर नेपाली कांग्रेसमा प्रदेश गरेका थिए ।

लगभग १० वर्ष अगाडि यसैगरी नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालको हातबाट टिका थापेर एमालेमा प्रवेश गरेका भुवन केसीले एमालेमा भने कुनै जिम्मेवारी पाउन सकेनन् । यहीं कारणले गर्दा प्रधानमन्त्री देउवाद्वारा केही व्यक्ति चलचित्र विकास बोर्डको अध्यक्षको आश्वासन पाएपछि भुवन केसी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् भनिन्छ ।

यही कारणले गर्दा नै चलचित्र विकास वोर्डको अध्यक्षका लागि केसी बलियो उम्मेदवार मानिएका हुन् । यसैगरी सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट काठमाडौं महानगरको मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहको पक्षमा सक्रियतापूर्वक प्रचारमा लागेकी र नेपाली कांग्रेसको महासमिति सदस्यसमेत रहेकी निर्देशिका सम्झना रौनियारलाई पनि विकास वोर्डको अध्यक्षको बलियो उम्मेदवार मानिएको छ ।

यसैगरी फिल्म निर्माता राजकुमार राई, नेपाली फिल्म क्षेत्रकी प्रथम महिला निर्देशिका सुचित्रा श्रेष्ठ, निर्देशक नारायण पुरी, फिल्म निर्माता तथा निर्देशक रमेश पौडेल त्यसैगरी अर्का कलाकार तथा निर्देशक रमेश बुढाथोकी र भुवन केसीसँगै कांग्रेसमा प्रवेश गरेका रविन्द्र खड्का पनि चलचित्र विकास वोर्डको अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।

दुई वर्षको कार्यकाल सम्पन्न गरेका दयाराम दाहाल पनि आपूmले सुरु गरेको काम सम्पन्न गर्नका लागि अर्को दुई वर्षको कार्यकालका लागि दयाराम दाहालले पनि आफ्नो प्रयास अगाडि बढाएका छन् । चलचित्र क्षेत्रमा आबद्ध व्यक्तिहरु चलचित्र विकास बोर्डको अध्यक्षका लागि प्रयास गरिरहँदा यससम्बन्धी निर्णय भने असार लागेपछि मात्रै हुने स्थिति छ ।

किन भने सूचना प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की एउटा सम्मेलनमा भाग लिन भनेर अफ्रिकी मुलुक रुवान्डामा छन् । उनी जेठ २८ गते मात्रै स्वदेश फकिँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *