सगरमाथा जलविद्युतको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मा प्रभु क्यापिटललाई 

अर्थ/वाणिज्य समाचार

काठमाडौं । गरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा दिएको छ । एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौता गरेको हो ।

सगरमाथा जलविद्युत कम्पनीका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा सगरमाथा जलविद्युतका प्रबन्ध सञ्चालक भूषण गुरागाईं तथा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर बासु थपलियाको उपस्थिति रहेको थियो ।

कम्पनीले इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९ दशमलब ६ मेगावाट रहेको छ ।

आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको छ । आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *