वायुसेवा निगमको ५ करोड रेट

समाचार

काठमाडौं । राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षबाट सम्मानित नेता झलनाथ खनालको मान्छे युवराज अधिकारीलाई हटाएर ५ करोडको नयाँ कार्यकारी बन्न दौडधुप गर्नेहरुको लाइन लागेको छ । निगम सुधार्न निगम बुझेको मान्छे आवश्यक पर्छ । तत्कालीन मन्त्री प्रेम आलेले अधिकारीलाई नियुक्ति पनि गरे । पदीय मर्यादा नाघेर आमाचाकडी गाली पनि गरे । अन्तमा निलम्बन गरेर भ्रष्टाचारी पाइलट दिपु ज्वारचनलाई महाप्रबन्धक बनाएका थिए ।
१ अर्ब ३५ करोड चुक्ता गरेको संस्थागत सुधार गरिरहेका कार्यकारी अध्यक्षलाई हटाएर मन्त्री जीवनराम श्रेष्ठले पनि वायुसेवा निगमलाई भुत्ल्याउन खोज्दैछन् । तत्कालीन मन्त्री आलेको गलत काम अस्वीकार गरेबापत मन्त्रीकै कार्यकक्षमा अपमानित अधिकारी आफै पनि भ्रष्ट र महिला हिंसाको आरोपी हुन् । अहिले निगमभित्र भ्रष्टाचार गर्ने र निगमलाई खेलौना बनाउने बिच प्रतिस्पर्धा छ । तत्कालीन मन्त्री प्रेम आलेले नियुक्ति गरेकाहरुलाई हटाउने प्रतिस्पर्धा मन्त्री श्रेष्ठले चलाउने योजना बनाएका छन् । उनलाई नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीले राम्रो पैसा दिएका छन् ।
सर्वोच्च बाट फिर्ता भएका अधिकारीविरुद्ध दीपु ज्वारचन, अमृत श्रेष्ठ, रविन्द्र बस्नेत, सुभाष रिजाल, गोवर्धन खड्का, सुधीर राई दौडमा लागेका छन् । यहाँ यति समूह र दीपक मलोत्रा र चौधरी समूहको उम्मेद्वारहरु पनि रहेका छन् । ज्वारचन, मलोत्रा र यति समूहका उम्मेद्वार हुन् भने दाइलाई चौधरी समूहले लगानी गर्ने भएको छ ।
राष्ट्रिय ध्वजावाहक कम्पनीलाई सिध्याउने र काम नलाग्ने बनाउने काम कांग्रेस एमालेका नेता लागेकै छन् । पहिला माओवादीका क्रान्तिकारी खड्ग विश्वकर्माले मनरुप नेप्चुन नामको मण्डले साहित्यकारलाई वायुसेवा निगमको महाप्रबन्धक बनाएर बद्नाम भएका थिए । युवराज अधिकारी निगमकै लेखामा थिए । सुजाता कोइराला मोटाउन लाउडा र धमिजा काण्ड बोकेको निगममा अहिले कम्युनिष्टको नाममा माधव र झलनाथको टिमको बीचमा झगडा मच्चाउँदै छ । यो झगडाले सुधारको बाटो लिएको निगमलाई भत्काउने र चुनाव खर्च संकलन गर्ने ठाउँ भन्दा हुन्छ । कर्मचारीको ठूलो टीम भने विरोधमा उत्रिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *