दोलखाको सिंगटी बजारमा भिषण बर्षासँगै पहिरो, ६५ घर जोखिममा

समाचार

दोलखा । गए रातिको भिषण वर्षासँगै झरेको पहिरोको कारण दोलखाको सिंगटी बजार क्षेत्रका केहि घर भत्किएका छन् भने ६५ घर जोखिममा परेका छन् । इलाका प्रहरी कार्यालय भवनसमेत जोखिममा परेको छ । गएराति बिगु गाउँपालिका( ४ लादुकमा पहिरो गएको हो । पहिरोको जोखिममा परेपछि सबै परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सानु तामाङले जोखिममा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । बजार क्षेत्रका घरमा लेदो माटो छिरेको छ । पहिरोको कारण बजार क्षेत्रको बाटोसमेत अवरुद्ध भएको थियो । सोही ठाउँमा गत २३ गते पनि पहिरो गएको थियो । पहिरोले चारवटा घर क्षतिग्रस्त भएका थिए ।

दोलखाको विगु गाउँपालिका(४ मा भीषण वर्षापछि आएको पहिरोल ४र५ वटा घरहरु पूर्णरूपपमा पुरिएको गाउँपालिका उपाध्यक्ष देविका थामीले जानकारी दिइन् । थामीका अनुसार पहिरो गएको सो क्षेत्रको बस्ती नै जोखिममा परेको छ । स्थानीयको पहलमा नेपाल प्रहरी र जनप्रतिनिधिहरु उद्धारमा खटिएको उपाध्यक्ष थामीले जानकारी दिइन् । ‘यहाँको अवस्था एकदमै खराब बन्दै गएको छ । पुरिएको घरहरुबाट सामान झिक्दै छौं,’ उपाध्यक्ष थामीले भनिन्, ‘एउटा बस्ती नै जोखिममा परेको छ । अहिले पनि पहिरो झरेको झर्‍यै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *