श्रम मन्त्रालयका उपसचिव र बिचौलियाबिच सेटिङ, विदेश जानेको लर्काे

समाचार

काठमाडौं । नेपालमा अधिकांश उद्योगधन्दा खोल्न नसक्दा अधिकांश नेपाली रोजगारीका लागि विदेशिने गरेका छन् । रोजगारी र पढाइको लागि नेपालीहरु विदेसिने क्रम बढेको हो । मुलुकमा राजनीतिक परिवर्तन भएपनि ती परिवर्तनको नाममा नारामा मात्र सिमित रहकाले जनताले त्यसको अनुभूति गर्न नपाएका हुन् । राजनीतिक रुपमा जतिसुकै परिवर्तनका नारा ल्याए पनि देशमा उद्योग धन्दा बन्द भएका छन् ।
आम नेपाली युवायुवती दिनमा १२, १३ यसको हाराहारीमा विदेशसिने गरेका छन् । २०७६ सालमा कोरोनाका कारण तीन नेपाली अधिकांश नेपाल आएका थिए । नेपालमा रोजीरोटीको कुनै सम्भावना नदेखेपछि तिनीहरु फेरि विदेसिन वाध्य भएका छन् । अहिले पनि उनीहरु नेपालमा रोजीरोटी नपाएपछि विदेसिने क्रम जारी छ । रोजगारी र वैकल्पिक रोजीरोटीको बाटो नदेखिपछि नेपालीहरु विदेसिने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । सरकार, रोजगारीदाता कम्पनी र कन्सल्टेन्सीले भए नभएको विज्ञापन गरिराखेका छन् । यसैको आधारमा नेपाली विदेसिएका छन् । मेनपावर र कन्सलटेन्सीले विभिन्न देशमा नेपाली युवायुवती पठाएका छन् । तर, ४८ डिग्रीको तातो घाममा नेपाली बस्न वाध्य भएका छन् भने कतिपय खाडी मुलुकमा मेनपावर र कन्सल्टेन्सीले पठाएका युवायुवती काम नपाएर भौतारिएका छन् । काम पाइहालेपनि नेपालबाट भनेजति स्यालरी र सेवासुविधा पाउन सकेका छैनन् । कतिपय नेपाली खाडी मुलुकमा अलपत्र परेको समाचार आइरहेका छन् । तर, सरकारले नेपालमा उद्योग सञ्चालन गर्न र उद्योग खोल्न सकेको छैन ।
वैदेशिक रोजगार विभागमा ठगिएको उजुरीको चाँङ लागेको छ । मेनपावर एजेन्टले ठगेकागठगै छन् । वैदेशिक रोजगार विभागका कर्मचारी र मेनपावर एजेन्टका बिचौलियाले सेटिङ मिलाएका छन् । रोजगार मन्त्रालयका उपसचिव विष्णु लामिछाने बिना मनिटरिङ वैदेशिक रोजगार विभागदेखि ताहाचल शाखामा सेटिङ्ग मिलाएर आम्दानीको स्रोत बनाएको बताइन्छ ।
वैदेशिक रोजगार विभाग ताहाचलको विभिन्न शाखाबाट सेटिङ मिलाएको बताइन्छ । चाहाचल शाखामा रहको मलेसिया शाखा, बहराइन शाखा, साउदी शाखा र कतार शाखादेखि अन्य शाखामा सेटिङ मिलाएर पैसा उठाएर श्रम स्वीकृति दिने गरेको खबर छ । वैदेशिक रोजगार विभागले श्रम मन्त्रालयदेखि मेनपार कम्पनीसित समन्वय गरी आम्दानीको स्रोत बनाउने गरेका छन् । कतिपय शाखामा स–सानो कागजदेखि डकुमेन्ट नमिल्दा प्रतिव्यक्तिसित १० देखि २० हजारसम्म असुल्ने गरेको बताइन्छ । कतार, मलेसिया, दुबई, साउदी, कुवेत, बहराइनजस्ता मुलुक हेरी श्रम स्वीकृति दिँदाखेरी पैसा असुल्ने गरिन्छ । यस्तै विभिन्न बहाना बनाएर पैसा लिएको पीडितले बबताउने गरेका छन् । मेनपावरले मात्रै ठगी गरेका छैनन् । इन्स्योरेन्स गर्ने कम्पनीदेखि वैदेशिक प्रवद्र्धन बोर्डलेसमेत युवायुवतीलाई ठग्दै आएका छन् । कतिपय युवायुवतीलाई विभिन्न देशमा पु¥याउने गरेको बताइन्छ । तर, सरकार चुपचाप बसेको छ । विदेश जाने युवायुवती कहिलेसम्म ठगिने हुन् । यसबारे सरकार मुकदर्शक बनेको कतिपयलाई थाहै छैन ।
युवाहरु इपीएसबाट कोरिया जानेगरेका छन् । कोरियामा नेपाली जाँदा ४० वटा कोइसन पास गर्नुपर्छ । इपीएसले जाँच लिनेगरका छन् । सो जाँच पास हुनलाइृ मुस्किल पर्ने गरेको छ । कतिपय युवायुवतीले पास गर्न नसकेपछि बीचमा बिचौलिया प्रयोग गरी पास हुनेगरेका छन् । कतिपय कोरिया जानबाट बन्चित भएका छन् । कतिले पास गरेर कोरिया जाने गरेका छन् । यस्तै हालसालै नेपाल सरकार र जापान सरकारले नेपाली युवायुवतीलाई रोजगारको लागि माग गरिएपनि जापान जाँदा कति पैसा लाग्ने हो र जापान जानको लागि आवश्यक पर्ने डकुमेन्ट के–के हुन् भन्नेसम्म जानकारी नेपालीलाई छैन । मेनपावर कम्पनीले पठाउने हो कि सरकार आपैmले पाउने हो यस विषयमा नेपालीलाई जानकारी छैन । नेपालमा रोजगार नपाएर युवायुवती भौतारिएका छन् । यसरी अधिकांश देशमा नेपाली युवायुवती कामको लागि भौतारिएका छन् । सरकारले एउटा नीतिनियम बनाएर नेपालमा रोजगार दिन सकेको छैन । राजनीतिक दलका नेताले यस्तो समस्याको समाधान गर्न कसकेका छैनन् । एउटा पार्टीले अर्को पार्टीलाई गाली गर्ने र आपूm सत्तामा कसरी पुग्न भन्दैमा तँछाडमछाड गरिरहेका छन् । प्रत्यक वर्ष ४ लाख हाराहारी युवायुवतीले एसइई उत्तीर्ण गरेर कलेज पढ्ने गरेका छन् । तर, रोजगार नेपालमा छैन । नेपालको भूमि बन्दक राखी खाडी मुलुक धाउने गरेका छन् । कतिपय युवाले प्रगति पनि गरेका छन् भने कतिपय युवायुवती बिचौलियाको घेरामा परेर बिचल्नीमा पर्ने गरेका छन् । यस्ता बिचौलियालाई राज्यले कानुन बनाएर कारबाहीको भागीदार बनाउनृु उचित हुन्छ कि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *