बुढानिलकण्ठका मेयर ठगीधन्दामा

समाचार

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामा समेत सहकारीको ठगी काण्डमा मुछिएका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा एमालेको जनप्रतिनिधि नै ठगी धन्दामा मुछिएपछि संघीय चुनावमा एमालेलाई कस्तो असल गर्ला ? डिभिजन सहकारी विभागमा दर्ता भएको भद्रकाली कृषि सहकारीका सञ्चालकमा वडा नं. ७ का अध्यक्ष नारायण महर्जन सहकारी अध्यक्ष र वडा नं. ६ का अध्यक्ष सदस्य सचिव छन् । एमाले काठमाडौं क्षेत्र नं. ५ ‘ख’ का सांसद दीपक निरौलासमेत त्यसैमा संलग्न रहेका छन् । सर्वसाधारण जनताले जम्मा गरेको पैसा ५ वर्षमा दोब्बर हुन्छ भन्ने भ्रम छरेर जनआर्कष्ण बाँडेका ठगहरुले दुखी जनताको आँशु देखेका छैनन् । नगरपालिकाका मेयर, उपमेयरले पीडितको पीडालाई चासो दिएका छैनन् । ठगीधन्दा र भ्रष्टाचारले ग्रस्त बनेका एमाले जनप्रतिनिधिहरुले ठगी काण्डको प्रतिकार कसरी गर्छन हेर्न बाँकी नै छ । एमालेसँग जोडिएका ठगी काण्ठका यस्ता व्यक्तिहरुका विरुद्ध पीडितहरु सहकारी विभागमा जाने तयारीमा छन् ।
एमाले उपाध्यक्ष ईश्वर पाखेरेलको त्यो क्षेत्रमा यस्तो धन्दा चलाउनेहरु धेरै रहेका छन् । अबको अवस्थामा त्यस्ता धन्दाले पोखरललाई कता पु¥याउँछ शंका छ । एमालेको नाममा ठगी गर्ने सहकारी सञ्चालकहरुले पार्टीलाई बद्नाम मात्रै गराएका छैनन्, पार्टीको नाम भजाएर खानेको लर्काे पनि लाग्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *