स्वार्थका कारण भत्किने संघारमा गठबन्धन

समाचार

काठमाडौं । यसपटक राजनीतिक दलका नेताको स्वार्थ पुरा गर्न गठबन्धनभित्र अनेक तामझाम गरिँदैछ । कांग्रेसको एउटा पक्ष गठबन्धनलाई विश्वासको साथ लागू गर्नुपर्छ भन्ने पक्षमा छ भने अर्काे पक्ष माओवादी र एकीकृत समाजवादीलाई मत नदिने पक्षमा छन् अब कसरी सुरक्षित हुने भन्ने चाहना पार्टीहरुमा देखिएको छ । दश वर्ष जनयुद्ध कालमा शासक बनेर माओवादीको नाममा देशको स्रोतमा रजाईं गरेकाहरुले देउवा पक्षले ल्याएको गठबन्धनको एजेण्डालाई स्वीकारेको छैन । त्यही टिममा पर्छन आफ्ना पिितस्पर्धी नचिनेर २०७४ सालमा चुनाव हारेको डा.शेखर कोइराला र सशांक कोइराला । आफै असुरक्षित भएर एमालेका अध्यक्ष केपी ओलीको शरणमा पुगेका छन् ।
केपी ओलीले डा.शेखरको क्षेत्रमा लालबाबु पण्डितमाथि अन्तर्घात गर्न सक्ने आधार छ । किनकि लालबाबु केपी ओलीको नजरमा पर्न सकेका छैनन् । कांग्रेस पार्टीमा दमनकारीहरुप्रति माओवादीको पनि सद्भाव रहँदैन । किनकि जर्बजस्ती माओवादी बनाउन गाउँबाट खेदिएका कति छन् ? इख त उनीहरुलाई पनि छ । कांग्रेसलाई माओवादीले सघाउनुपर्ने, माओवादीले भने कांग्रेसबाट साथ नपाए पनि हुने विचित्रको तर्क छ ।
उता एमाले राप्रपाको गठबन्धनमा पनि समस्या देखिन्छ । यदि एमाले नेतृत्वले भनेको कार्यकर्ताले मान्थ्यो भने २०७४ सालको स्थानीय चुनावमा काठमाडौंका मेयर एमालेले जित्ने, उपमेयर कांग्रेसकी हरिप्रभा खड्गीले जित्ने हुँदैनथ्यो । त्यस्तो स्थिति संघीयर प्रदेशको चुनावमा पनि हुन्छ । गठबन्धन राष्ट्रिय महत्वको होइन । नेताको स्वार्थभित्र अडिएको खेल हो । राप्रपा र एमालेभित्रको खेल जस्तो छ त्यस्तै कांग्रेसको स्वार्थको खेलसँग जोडिएको गठबन्धन बन्छ र भत्किन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *