ananta gurung

चुनाव पछाडि राष्ट्रको संकट झन बढ्ने

समाचार

दलका नेताहरुले ३३ बर्ष नेपालको शासन सत्ता चलाएर नेपाल राष्ट्रलाई आर्थिक संकटको दोबाटोमा लगेर खडा पारेको छन । अपराधका मार्गबाट नेपालको राजकिय सत्ता हडव्न सफल भएका दलहरुले नेपाली जनताको सामु चिल्लो चिप्लो कुरा गरी आफु लगायत आफना परिवार, नातेदार र घेरा गरी बसेका राजनीतिक कार्यकर्ताहरुको दुनो सोझ्याउने काम मात्रै गरेका छन । राष्ट्रको बिकास, समृद्धि र सुखी नेपाली जनताको कुरा गर्दै राष्ट्रलाई चुर्लुम्म बिदेशीको ऋणमा डुबाउने काम गरेका छन । नेपालको सन्दर्भमा बिकास भनेको के हो र त्यो बिकासलाई नेपाल राष्ट्रको समृद्धि र नेपाली जनताको सुस्ख सित कसरी जोड्ने भन्ने ज्ञान नभएका दलका नेताहरुले बिदेशीका दलाल व्यवसायीहरु र व्यापारीहरुले जे जे भन्छन सोही सोही गर्दै राष्ट्रलाई कामै नलाग्ने पूर्वाधारको खण्डहरमा रुपान्तरण गरेका छन । दलका मै हुँ भन्ने अज्ञानी र अहंकारी नेताहरुले राष्ट्रको बहुमुल्य लगानी तत्काल नेपालको समृद्धि र नेपाली जनताको सुस्ख सित नजोडिएका परियोजनाहरुमा लगाएर एकातिर नेपाल राष्टलाई ऋणमा डुबाएका छन भने अर्कातिर आर्थिक संकटलाई निम्त्याएर नेपाली जनताको भविष्यालाई अन्धकारमय तुल्याईदिएका छन । दलका नेताहरुले ३३ बर्ष लामो अवधि सम्म मेपालको शासन सत्ता चलाएपनि नेपाल राष्ट्रलाई स्थिर सरकार दिन कहिले सफल भएननव । नेपालको राजनीतिमा जहिले पनि किचलो चलेकाले नेपाल राष्ट्रको रक्षा र नेपाली जनताको सुरक्षा माथि जोखिम बढ्दै गयो र अहिलेको नाजुक आर्थिक अवस्थामा नेपाल राष्ट्र आईपुगेको छ । दलका नेताहरुले आफुबाट भएका त्यस्ता गम्भिर त्रुटीलाई सुधार्ने कुरा त परै जावस त्यसको महशुस गरी पश्चताप सम्म गर्न पनि कोही तयार छैनन् । यस्तै माहोलमा मंसिर ४ गते २०७९ सालका दिन नेपालमा संघिय र प्रदेश संसदहरुको चुनाव हुँदैछ । नेपाल राष्ट्र भरीबाट ५५० प्रदेश संसदहरु र २७५ संघिय संसदहरुको चुनाव हुँदैछन । २७५ संघिय संसदहरु मद्धे १६५ प्रत्येक्ष निर्वाचनबाट चुनिन्छ भने बाँकी ११० संसदहरु समानुपातिक चुनाव प्रणालीबाट चुनिने छन । नेपालको सन्दर्भमा समानुपातिक चुनाव प्रणालीको व्यवस्था संबिधानमा जुन उद्देश्यले गरिएको थियो त्यसको ठिक विपरित दलका शीर्ष नेताहरुले मनोमानी हिसाबले आफ्नै भरौटे झोले नेताहरुलाई संसद बनाउने गर्दै आएकछन । फलस्वरुप नेपाली जनताको मनमा दलहरु प्रति सम्मान होईन बिद्रोहको भावना जाग्रित भएको छ । नेपालका जुन बुद्धिजिवी वर्गले दलहरुलाई ३३ बर्ष अघि सत्तामा पुर्याउन सहयोग गरेका थिए तिनै बुद्धिजीवीहरु अहिले दलहरुको मनोमानीका बिरुद्ध आन्दोलित भएका छन । दलका नेताहरुले ३३ बर्ष राजकिय सत्तामा बस्दा पनि नेपालको राजनीतिलाई व्यवस्थित गर्न सकेनन् । शान्तिपूर्ण तरिकाले नेपालको राजकिय सत्ता दलका नेताहरुलाई लौ गरी खाओ भनी सुम्पेर नेपालको राजनीतिबाट अलग बसेका राजतन्त्र र राजतन्त्रवादीहरुलाई दलका नेताहरुले कहिले पनि नेपालको मुलधार राजनीतिमा ल्याउने प्रयास गरेनन् । राष्ट्रलाई लुटेर खाने भ्रष्टाचार र आर्थिक अपराध फैलाउने काममा मात्रै दलका नेताहरु निरन्तर लागीनै रह्यो । दलका नेताहरुले राष्ट्रको अचल सम्पत्ति जल, जमिन, जंगलको अपचलन गर्नेहरुलाई प्रोत्साहित गरी आफैपनि त्यसको साझेदार हिस्सेदार बनेका छन । यस्तो लोभ लालचमा लागेको हुँदा दलका नेताहरुले नेपालको राजनीतिलाई कहिले पनि स्थिर तुल्याउन सकेनन् । दलका शीर्ष नेताहरुका बिच राष्ट्रलाई लुट्ने र खाने बिषयमा भागबण्डा नमिल्दा दलका नेताहरुका बिच आपसी मनमुटाप र द्वन्द्व सदाबहार बनी कायम रह्यो । राजतन्त्र कालमा बसालेको नेपालको आर्थिक बिकासको जग सबै धुन्दकारी दलका नेताहरुले भत्काई सकेकाछन । दलका नेताहरुले नेपाल राष्ट्रलाई बिदेशीको बहकाउमा लागेर परनिर्भर राष्ट्र तुल्याएका छन । राजतन्त्र कालमा नेपाललाई स्वावलम्बी राष्ट्र बनाउनको लागि स्थापना गरिएका उद्योगहरुलाई नष्ट गरेका छन । दलका नेताहरुले नेपाल राष्ट्रलाई गरीखाने होइन मागी खाने राष्ट्रको रुपमा स्थापित गरेका छन । बिदेशीको दबाबले भनौ वा दलका नेताहरुको आफ्नै रहरले भनौ नेपाल राष्ट्र पूर्णरुपले परनिर्भर राष्ट्रमा रुपान्तरित भईसकेको छ । परनिर्भरता यति बढेको छ कि नेपाल राष्ट्रको अस्तित्व माथि नै अहिले ठुलो संकट उत्पन्न भएको देखिन्छ । नेपाली जनताको भविष्य अब नेपालमा नै सुरक्षित छैन । दलका नेताहरुले ३३ बर्ष लगाएर नेपालको भविष्य अनिष्चित र बर्बाद तुल्याईसकेका छन । नेपाल राष्ट्रलाई नेपाल भनी चिनाउने मुख्या आधारहरुलाई नै दलका नेताहरुले भत्काउने र फाल्ने काम गरी नेपालको अस्तित्वलाई नै संकटमा पारीसकेका छन । अब राजतन्त्रवादीहरुलाई पनि राष्ट्रको मुलधार राजनीतिमा ल्याएर सबै एकढिक्का हुनसके मात्रै नेपाल राष्ट्रको अस्तित्वको रक्षा गर्न सकिन्छ र नेपाली जनताको भविष्यको पुस्ताको लागि नेपाललाई सुरक्षित मुलुक तुल्याउन सकिन्छ ।अहिले दलका नेताहरुले नेपालको युवा पुस्तालाई आफ्नो भविष्य चम्काउन बिदेशी मुलुकहरुमा भौतारिन बाध्य पारेका छन । नेपालको रक्षा गर्न सकिएन भने लाखौलाख नेपाली युवाहरुले सरणार्थीको झै जीवन बिभिन्न बिदेशी मुलुकहरुमा बाध्य भएर बिताउनु पर्ने हुन्छ । दलका नेताहरुको नीतिले गर्दा बिदेश पलायन हुन बाध्य भएका लाखौंलाख नेपाली युवाहरुको भविष्य सुरक्षित तुल्याउन नेपाल राष्ट्रको अस्तित्व रक्षाको लागि सबै नेपाली जनता गोलबन्द भएर धुन्दकारी दलका नेताहरुको बिरुद्ध राजनीतिक लडाई लड्नै पर्ने भएको छ । वारपारको स्थिति कायम नभएसम्म नेपालको राजनीति स्थिर नहुने र बिदेशीका दलाल दलका नेताहरुलाई तह नलागए सम्म नेपाल राष्ट्रको रक्षा र नेपाली जनताको भविष्य सुरक्षित नहुने अवस्था नेपालमा उत्पन्न भएको छ । मै हुँ भन्ने अहंकारी दलका नेताहरुले नेपाल राष्ट्रलाई अबिकासको भाषमा जाकी सकेका छन । त्यसबाट सुरक्षित रुपमा नेपाल राष्ट्रलाई बाहिर निकालेर अगाडि बढाउन सबैको साथ सहयोग लिनै पर्छ । एकलकाँटे दलका नेताहरुबाट बिकासको अनेक दाबी गरे पनि तिनीहरुले ३३ बर्ष लामो शासन सत्ता सम्हाल्दा गरेको एउटा पनि देखाउन योग्य बिकासको नमुना छैन । दलका नेताहरुका फोस्रा बिकासको दाबीहरु र अमूर्त संकल्पहरुले अब नेपाली जनताको पेट भरिन्न । दलहरुलाई अब पनि किन बिश्वास गर्दै रहने भन्ने कुनै ठोश आधार नै छैन । मंसिर ४ गते हुन लागेको चुनावमा स्वातन्त्र उम्मेद्वारहरुको ठुलो चुनौती दलहरुका बिरुद्ध खडा भएका छन । जसले दलहरुलाई ३३ बर्ष सम्म निर्बिबाद साथ दियो तिनै कार्यकर्ताहरुले आज दलहरुका बिरुद्ध चुनौती खडा गरी बिरोध जनाएका छन । सत्तामा पर्याउने र सत्ताबाट जमिनमा चित खुवाउने नेपाली जनता नै हुन । नेपाली जनता अहिले दलहरुको पक्षमा छैनन् । नेपाली जनता दलहरुकै विकल्पको खोजीमा लागेका छन । अति गर्नु अत्याचार नगर्नु भन्छन । दलहरुले अत्याचार नै गरेको हुँदा नेपाली जनता दलहरुकै बिरुद्ध खनिनु पर्ने अवस्था नेपालमा आयो । यस्तो अवस्थामा हुन लागेको मंसिर ४ गतेको चुनावको परिणाम पनि उथलपुथल आउने सबैले अनुमान गरेका छन । कामै नगरी देशलाई लुटी खान मात्रै पल्केका दलका नेताहरुलाई तहलगाउने गरी चुनावको नतिजा आउने अनुमान धेरैको छ । दलहरुलाई शक्तिहिन बनाएर फाल्ने नेपाली जनताको अभियानलाई मंसिर ४ गतेको चुनावको नतिजाले बलदिने आधार तयार भएको छ । कुनै ठोश बिकास नगरी राष्ट्रलाई बिदेशी ऋण मात्रै बोकाएर आर्थिक संकट बढाउने दलका नेताहरु खासगरी शीर्ष नेताहरुलाई नेपाली जनताले मनपराएका छैनन् । चुनाव खर्च चलाउनको लागि अहिले सरकारले ३० अरब आन्तरिक ऋण महंगो व्याज दरमा बैंकहरुबाट लिने निर्णय गरी कार्यन्वयन थालेको छ । यसबाट के पुष्टी हुन्छ भने नेपालको आर्थिक संकटा टरेको छैन र त्यसको प्रकोप चुनाव लगत्तै झन फैलिने देखिन्छ । दक्षिण एशिया कै अर्को मुलुक पाकिस्तानमा राजनीतिक संकट त बढेकै छ त्यसको साथसाथ आर्थिक संकटले झनझन गाँज्दै ल्याएको देखिन्छ । उक्त मुलुकलाई चीन बाहेक अन्य मुलुकहरु कसैले पनि ऋण वा सापट दिन बन्द गरीसकेका छन । चीनले पनि पाकिस्तानमा आफ्नो ठुलो लगानी भएको हुँदा त्यसैलाई जोगाउनको निमिक्त सीमित मात्रामा ऋण वा सापटी दिंदै उक्त मुलुकलाई त्राण दिएर राखेको छ । नेपालका दलहरु त्यसलाई नेतृत्व गर्ने शीर्ष नेताहरु पाकिस्तानको नेताहरु भन्दा कम नभएको हुँदा आफ्नो खुट्टामा आफलै बञ्चरो हान्न हमेसा तयार रहेका छन । बिदेशीको दलालगिरी गर्दागर्दा नेपालका नेताहरुले नेपालको अस्तित्व नै समाप्त पार्न सक्ने त्रास अहिले नेपाली जनताको मनमा उव्जिएका छन । दलका शीर्ष नेताहरुको मूर्खताबाट राष्ट्रलाई जोगाउन र नेपाली जनताको भविष्य सुनिस्चित गर्न अब नेपालको नेतृत्व राजाले नै गर्नु पर्ने सम्मको सोच मनमा बनाएका छन । चुनावमा कसै न कसैको हार त भईनै हाल्छ । चुनावमा उठेका जति सबैले जित्ने संभावना कतै पनि हुँदैन । चुनाव दुईतिहाई बहुमतका साथ जितन्छ भनी ठुला दलका नेताहरुले दाबी गरेका छन । तर उहाँहरुको सोदाबी फोस्रा भएको कुरा दलका नेताहरु बिरुद्ध चुनाव लड्न उठेका स्वतन्त्र उम्मेद्वारहरुको संख्याले नै प्रष्ट पारीसकेको छ । चुनावमा दलका ठुला नेताहरुको हार हुने निश्चित भएको छ भने दलका बिरुद्ध उठेको बिद्रोहको आवाजले दलहरु नसुध्रिएमा चाँडै नेपाली जनताबाट तिरस्कृत हुन सक्नेसंकेतदिएको छ । दलहरुहरुले आफनो घमन्ड त्यागेर सबैलाई साथमा लिएर नेपालको बिकासमा समर्पित भएर लाग्नु बाहेक आन्य विकल्प बचेको छैन । बिदेशीको दलालगिरी मात्रै गरी अब दलहरु नेपालको राजनीतिमा लामो काल जीवन्त रहन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *