कहिले हुन्छ निर्वाचनमा बुथ कब्जा अन्त्य ?

समाचार

काठमाडौं । जब नेपालमा संघ प्रदेश र स्थानीय निर्वाचन आउँछ अनि नेपालका राजनीतिक दलहरु तात्न थाल्छन् । अहिले यस्तै अवस्था गत स्थानीय निर्वाचनदेखि संघ र प्रदेश निर्वाचनमा देखिएको छ । कतिपय राजनीतिक दलका नेताहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपा नेपाल, नेमकिपा, जनमोर्चा जस्ता पार्टीका नेताहरुले जब चुनाव आउँछ अनि तातिन थाल्छन् । नत्रभने निदाएको बाघ जसरी बस्ने गरेका छन् । अघिपछि आफ्नो क्षेत्र अन्तर्गत संघ प्रदेश र स्थानीय तहमा ध्यान दिने गरेका छैनन् भने स्थानिय तहका नेता र प्रदेश तहका नेताहरु केन्द्रमा आएर बस्ने गरेका छन् । विकासको काम बिर्सने गरेका छन् । जब चुनाव आउँछ अनि गाउँ पस्छन् । नेपाली जनतालाई ढाट्छन् । चाहिँदो नचाहिदो भाषण गर्छन् । जनतालाई रणभुल्लमा पार्छन् । अनि भोट माग्ने गरेका छन् ।
राजनीतिक दलहरुले आफ्नो पक्षमा जनमत नदेखेपछि विभिन्न हतकन्द मच्चाएर बुथ कब्जा गर्नेसम्म रणनीति बनाउने र पैसा खर्च गरेर निर्वाचन जित्ने परिपन्च रच्ने गरेका छन् । यस्तो समस्याले गर्दाखेरी जनताहरु सधैभरी मारमा पर्ने गरेका छन् । अधिकांश जिल्ला स्थानिय र संघमा विकासको काममा ओझेल पर्ने गरेको छ । त्यसकारण नेपालीहरुले कांग्रेस सरकार, नेकपा एमालेको सरकार, माओवादी केन्द्रको सरकार, सबै हेरिसकेको कारण कुनै पनि राजनीतिक दलको सरकारले विकासको योजना ल्याउन नसक्नु र राजनीतिक भागबण्डाको हानाथापले गर्दाखेरी जनताले महंगीको भार खेप्नुपर्ने, रोजगारीको अवसर नपाउने, उद्योग धन्दा नखोल्नु जस्ता कारणले गर्दा यसपालीको स्थानीय तह देखि संघ प्रदेश निर्वाचनमा नेपाली जनताहरुले अर्काे राजनीतिक दलको विकल्प खोज्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *