विश्वको युवा नेतामा दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल

राजनीति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट भएकी छन्। वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिको अन्तर्राष्ट्रिय सञ्जाल हो। यसमा छनोट हुन हजारौंले आवेदन दिए पनि सीमित व्यक्ति मात्रै छनोट हुन्छन्।

विश्वभरीबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवी, राजनीतिज्ञलगायतका विभिन्न विधामा ४० वर्ष मुनिका ११६ जना छनोटमा परेका हुन्। यस वर्ष दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्रै छनोट भएकी हुन्। राजनीति क्षेत्रबाट १९ जना छनोट हुँदा डंगोल पनि छनोटमा परेकी हुन्।
डंगोलसँगै थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन्।
‘मिस नेवा २०११’ की विजेता डंगोल लिपी क्वीनको समेत परिचय बनाएकी व्यक्ति हुन्। उनीसहितको टीमले स्थानीय लिपीको संरक्षणका लागि नागरिकको घर, चोक, टोल र सडक हुँदै सार्वजनिक ठाउँमा ‘वर्कसप’ चलाएर उपत्यका हुँदै जिल्ला र विदेशसम्म ‘क्यालिजात्रा’को पहुँच पुर्याएको थियो। उनलाई स्थानीय लिपीहरूको संरक्षणसँगै राजधानीको उपप्रमुख समेतको स्थानमा पुग्न सफल भएको भन्दै यस्मा छनोट गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *