मंसिर ४ गते तोकिएको संघिय संसद र प्रदेश संसदको चुनाव सम्पन्न भएको छ । उक्त चुनावको नतिजा अनुसार माननिय राजेन्द्र लिङ्देनले नेतृत्व गर्नु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी माननिय रबि लामिछानेले नेतृत्व गर्नु भएको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बनेका छन । यो चुनावमा सोत्तर भन्ने सव्दले निकै कमाल गरी देखायो । पूर्व प्रधानमंत्री देखि लिएर बहालवाला मंत्रीहरु, पूर्व उपप्रधान मंत्रीहरु, पूर्व मंत्रीहरु ठुलो संख्यामा धेरैलाई नेपाली जनताले सोत्तर बनाए । केही अपवाद बाहेक नेपाली जनताले नरुचाएका र बिगतमा अनेक भ्रष्टाचार गरी बदनाम भएका सबै दलका नेताहरु सोत्तर भएका छन । अपवादको रुपमा काठमान्डौबाट नेपाली काँग्रेसका प्रकाश मान सिंह, काभ्रेबाट एमालेका गोकुल बाँसकोटा, ईलामबाट सुभाष नेम्वाङ, गुल्मीबाट सूर्य थापा लगायतले चुनाव जितेका छन । उहाँहरु सोत्तर हुनबाट बालबाल बचेका छन । काठमान्डौका प्रकाश मान सिंह भाग्यमानी भएकाले मामुली ७ हाजार मतबाटै चुनाव जितेर माननिय भएका छन । उहाँ लौह पुरुष गणेश मान सिंहका पुत्र भएको हुँदा बिगत देखि सजिलै काठमान्डौको चुनाव क्षेत्र नं १ बाट चुनाव जित्तै आउनु भएको छ । तर उहाँले अहिले सम्म परिवारिक राजनीतिक बिरासतलाई धान्ने बाहेक आफ्नो थप राजनीतिक योग्यता देखाउनु सक्नु भएको छैन । नेपालमा यस्ता राजनीतिक घरानाहरु धेरै छन । त्यसमा प्रमुख राजनीतिक घराना कोईराला परिवार नै हो । साथै सिंह राजनीतिक घराना र निधी राजनीतिक घरानाहरु पनि प्रचलनमा छन । निधी राजनीतिक घरानाबाट नेपाली काँग्रेस कै बिमेलन्द्र निधी नेपालको राजनीतिमा सक्रिय छन । नयाँ राजनीतिक घरानामा माओवादीको दाहाल घराना र भट्टाई घराना स्थापित हुने क्रममा छन । हालै मंसिर ४ गते संपन्न चुनावमा नेपाली जनताले यस्ता राजनीतिक घराना र त्यसबाट उत्पन्न भएको परिवारवादलाई नकारेका छन । स्वर्गिय पूर्व प्रधानमंत्री गिरिजा प्रसाद कोईरालाको सुपुत्री सुझाता कोईराला जोष्टले चुनाव हारेकी छिन । उहाँलाई नेपाली काँग्रेसले आफ्नो संगठनको बलियो पकड भएको मोरङ जिल्लाको सबै भन्दा सुरक्षित एक चुनाव क्षेत्र, जहाँबाट स्वर्गिय प्रधानमंत्री गिरिजा प्रसाद कोईरालाले ३ पटक चुनाव जित्नु भएको थियो, मा उठाउँदा समेत पनि सोत्तर हुने नेतामा पर्नु भयो । यसबाट के बुझिन्छ भने नेपाली जनताले परिवारवादी वा बिरासतबादी राजनीतिलाई मनपराएका छैनन् । माओवादीका शीर्ष नेता प्रचण्डले पनि परिवारवादी राजनीतिलाई बढवा दिएका छन । उहाँले सहोदर छोरी रेणु दहाललाई नेता बनाउदै मेयर सम्म बनाउने सफलता पाउनु भएको छ । आफ्नो राजनीतिक बिरासतको उत्तराधिकारीको रुपमा नेतृ रेणु दाहाललाई अगाडि बढाएको सबैले महशुस गरेका छन । एकमात्र पुत्र प्रकाश दाहालको मृत्यु पछि शीर्ष नेता प्रचण्डले बुहारी बिना मगर दाहाल र छोरी रेणु दाहाललाई साथसाथै नेपालको राजनीतिमा सक्रिय तुल्याएका थिए । तर यसपटक नेपाली जनताले कंचनपुरको एक चुनाव क्षेत्रबाट चुनाव लडेकी बिना मगर दाहाललाई पनि सोत्तर पारेर नै छाडेका छन । उहाँले छोरी जुवाई भाई लगायत नजिकका नातेदारहरुलाई पनि लाभ हुने राजनीतिक नियुक्ती आदि दिलाएर परिवारवादलाईकसिलो तुल्याउनु भएको चर्चा बढेको छ । यहि देखेर पूर्व प्रधानमंत्री डा। बाबुराम भट्टराईले पनि सहोदर छोरीलाई नेतृ बनाउन चुनावमा उठाएका थिए तर काठमान्डौका मतदाताले अंकुर फक्रिन नपाउदै चुनावमा हराएर सोत्तर पारी दिएका छन । एमालेका शीर्ष नेता ओलीका आफ्ना सन्तान छैन तर पनि ससुराली पट्टीका सालासाली पर्नेहरु र अन्य नातेदारहरुलाई लाभको राजनीतिक पदहरुमा नियुक्ती दिएको आरोप भने बेला बेलामा खेप्दै आएका छन । नेपाली काँग्रेसका शीर्ष नेता प्रधानमंत्री देउवाको पुत्र उमेरले सानै भएता पनि केही समय अगाडि स्यानिटरी प्याड आयात घोटला कण्डमा नाम जोडिएर आएको थियो । परिवारवादी वा बिरासतवादी राजनीति नेपालमा मात्र होइन दक्षिण एसियामा नै कमजोर बन्दै गएको छ । भारतको गन्धी परिवार, पाकिस्तानको भुट्टो परिवार, श्री लंकाको राजपाक्षे परिवार आदिको उक्त मुलुकको राजनीतिमा भएको पकड अहिले ईतिहासकै सबै भन्दा कमजोर अवस्थामा पुगेको छ । २१ सौं सताव्दीको सुसूचित नेपाली जनताले पनि सबै खाले परिवारवादी राजनीतिलाई सोत्तर पारीदिएका छन । उमेरको अन्तिम पडावमा पुगेका बुढो नेताहरु जिल खाएका छन किनकि उहाँहरुको आफ्नो राजनीतिक बिरासतलाई अगाडि बढाउन सक्ने उत्तराधिकारी बनाउने सबै खाले प्रयासहरुलाई नेपाली जनताले चुनाव मार्फत अस्वीकृत गरीदिएका छन । दलका शिर्ष नेताहरुलाई आफैले नेतृत्व गर्दै आएको राजनीतिक दल माथि भरोषा नभएको पनि उहाँहरुको परिवारवादी राजनीतिले देखाएको छ । बिगतमा दलका नेताहरुलाई नेपाली जनताले पूर्णबहुमत देखि लिएर दुईतिहाई बहुमत सम्म पनि दिएका नै हुन । तर कुकुरलाई घीउ नपचेको जस्तो दलका शीर्ष नेताहरुलाई त्यो कुरा पचेन र सरकार ढाल्ने देखि लिएर पटक पटक संसद बिघटन गर्ने सम्मको कूकर्म गर्नबाट बाज आएन । अस्थिर सरकार र भद्रगोल संसदले गर्दा नेपालमा अराजकताले झन बढबा पायो र भ्रष्टाचार र आर्थिक अपराध मुलुकै भर फैलियो । नेपालमा नीतिगत र संस्थागत भ्रष्टाचारले आकास नै छुन पुग्यो । यहि मौका छोप्दै धमिलो पानीमा माछा मार्न पल्केका निजामति कर्मचारीहरुले भ्रष्टाचारगर्दै ढारिने गरी कुस्तखाए र नेताहरुलाई पनि खुवाउने कूकर्म गर्दै गए । फलस्वरुप आज नेपालीको सुन्दर, शान्त र बिशाल नेपाल आर्थिक संकटको चपेटामा पर्दैगएको छ । नेपाल राष्ट्रको पहिचानहरु नै मेटाउने गरी दलहरुले नेपालको संबिधान २०७२ जारी गरेका छन र सोसंबिधान अनुसार आएको लोकतन्त्र, गणतन्त्र र संघिय राजनीतिक व्यवस्था बिदेशीको नक्कल मात्रै भएको देखिन्छ । नेपालको मौलिकताले सोसंबिधानमा कुनै स्थान पाएको कतै देखिन्न । अहिलेको चुनावको नतिजा अनुसार माओवादीले ल्याएको भनिएको उक्त राजनीतिक व्यवस्था र शासकिय स्वरुप नेपाली जनताबाट अस्वीकृत भएको छ । माओवादी शीर्ष नेता प्रचण्डले दाबी गरे अनुसार जसको नीति उसैको नेतृत्व भन्ने कुरा नेपाली जनताले अनुमोदन गर्न नमानेको प्रमाणित भयो । शीर्ष नेता प्रचण्ड स्वयमले अहिलेको चुनावलाई जनमत संग्रहको रुप मानेको थियो त्यसैले जनमत अनुसार दलहरुलेनेपालको संबिधान २०७२ संसोधन गरी शासकिय स्वरुप बदल्न आनाकानी गर्नु हुँदैन । प्रदेश सभाको खारेजी, समानुपातिक चुनाव पद्धतिको खारेजी, साँसद संख्याको कटौती, राजतन्त्रको भूमिका निर्धारण, धर्मनिरपेक्षताको खारेजी जस्ता सवालहरुमा संविधान संसोधन गर्न दलहरु तयार हुनुपर्छ । यदि त्यसो गर्न सकिन्न भने सबै सवालहरु जनमत संग्रह गरी टुंग्याउनु पर्छ । यो नै असलमा लोकतान्त्रिक अभ्यास हो र चुनावबाट प्राप्त जनमतले पनि दलहरु सच्चिनु पर्ने प्रष्ट संकेत गरेको छ । दलहरु बलमिचाई गर्दै अगाडि बढेको खण्डमा शीर्ष नेता स्वयम प्रचण्डले पटक पटक भन्नु भएको जस्तो नेपाल राष्ट्र ठुलो दुर्घटनामा पर्न सक्ने संभावना यथार्थमा बदलिन केहीबेर लाग्ने छैन ।दलका नेताहरुले हेर्ने भनेको नेपालको भविष्य हो । नेपालको भविष्य भनेको नै नेपाली युवायुवतीहरुको भविष्य हो । दलका नेताहरु भनेको नेपालको वर्तमान हो । त्यसकारण दलका नेताहरुले आफ्नो वर्तमान सपार्नको लागि नेपालको भविष्य बिगार्नु हुन्न किनकि नेपालको भविष्य सित लाखौलाख नेपाली युवायुवतीहरुको भविष्य जोडिएको छ । राजतन्त्र आजपनि लोकप्रिय रहेको प्रमाणपत्र मंसिर ४ गतेको चुनावबाट प्राप्त भएको छ । राजतन्त्रले २४३ बर्ष लगाएर नेपाल राष्ट्रको निर्माण गरेकोहो । एक्कासी राजतन्त्रको नेपाल राष्ट्र निर्माण गर्ने कुरामा कुनै योगदान नै छैन भन्दा दलहरुको कुरा कसैले पनि पत्याएको छैन । वास्तावमा भन्नु पर्दा राजतन्त्र नेपालको पहिचान नै बनीसको छ । त्यसैगरी सनातनी वैदिक हिन्दूधर्म पनि नेपालको पहिचान नै बनीसकेको छ । त्यसकारण दलहरुबाट नेपालको पहिचान नै मेटाउने गरी भएगरेको चेष्टाहरु नेपाली जनताले मनपराएको छैन । यो दुबै नेपालको मौलिक राजनीतिक बिषयहरु हुन र मेटाउन खोजेमा राष्ट्र दुर्घटना तिर उन्मुख हुनेछ । दलहरुको लापरबाहीले गर्दा नेपालमा बिदेशीको हस्तक्षेप बढेकोबढेकै छ । त्यसले गर्दा नेपालको बिकास र राजनीति नराम्ररो सित प्रभावित भईरहेको छ । अझ पनि दलका नेताहरु नचेत्ने हो र चुनावको नतिजाबाट कुनै शिक्षा ग्रहण नगर्ने हो भने नेपाल राष्ट्रको अस्तित्व संकटमा पर्ने र त्यसको जिम्मेवार दलहरु नै हुनेछन र नेपालको ईतिहासमा दलहरु कलंकित हुनेछन ।कुनै पनि दलको स्पस्ट बहुमात नआएको हुँदा चुनाव पछिको राजनीतिक निकास सरल र सहज देखिन्न । दुई ठुला दलका शीर्ष नेताहरुले पहल गरी अन्य सानादलहरुको सहयोग लिएर सरकार बनाउन सक्छन् । नेपाली काँग्रेसका शीर्ष नेतालाई सरकार बनाउने काम अलि सहज देखिन्छ किनकि उहाँ सित पहिले नै गठबन्धनको साथ छ र अर्को एक सानो दलको समर्थन लिएर पनि उहाँले नयाँ सरकार गठन गर्न सक्छन् । तर एमालेका शीर्ष नेता ओलीले भने नेपाली काँग्रेसको गठबन्धनमा रहेका बाहेक अन्य सबै साना दलहरुको सहयोग जुटाउनु पर्ने हुन्छ जुन काम त्यति सरल र सहज छैन । जहाँ सम्म युवा पुस्तालाई प्रधानमंत्री बनाउने सवाल छ त्यो अहिले संभव देखिन्न किनकि सबैको साथ सहयोग लिन युबा पुस्ताका नेताहरु कसैले पनि सक्दैनन् । त्यसैले चुनाव पछिको नेपालको राजनीति झन कठिन हुने देखिन्छ । नेपालमा महंगी बढ्नुको साथै आर्थिक संकट आउने र नेपाली जनताले थप दुस्ख पाउने छन । राजनीतिक व्यवस्था परिवर्तनको लागि जनआन्दोलन तेज हुने वातावरण पनि बन्दै गएको महशुस हुन थालेको छ । यस्तो हालतमा शीर्ष नेताहरुले प्रोएक्टिभ भएर जनभावना बुझी सोही अनुसार राजनीतिक समाधान खोज्दै निकाल्दै गएमा शान्तिपूर्ण तरिकाले राजनीतिक निकास निकाल्न सकिन्छ । मेरो गोरुको बाह्रै टक्का गर्न खोजेमा जनताको आक्रोस बढेर मुलुक भर आशान्ति पनि फैलिन सक्ने हुँदा धमिलो पानीमा माछा मार्न पल्केका बिदेशीहरुले बलेको आगोमा घीउ थपी राष्ट्रको अस्तित्व नै मेटाउन पनि खोज्ने छन ।ञ