आन्तरिकका कर्मचारी राजश्व उठाउन छ्याप्छ्याप्ती

समाचार

काठमाडौं । अहिले अधिकांश राजश्व कार्यालयहरुले राजश्व उठाउन भनेर अनुगमन गरिराखेको छ । तर, अधिकांश आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले राजश्व उठाउने नाममा खल्ती भर्ने योजना बनाइराखेका छन् । उनीहरुले गोप्य रुपमा अनुगमन पनि गरिराखेका छन् । अहिले अधिकांश स्थानहरुमा खोलिएका पार्टीप्यालेस र फुडल्याण्ड रेन्टुरेन्टहरुमा यतिखेर विवाहको लगन चलिरहेको छ । तर, ती फुडल्याण्ड, पाटीप्यालेस र रेस्टुरेन्टहरुले राजश्व कति छलेका छन् यकिन छैन । उता अधिकांश फुडल्याण्ड र पाटीप्यालेस, क्याफे सञ्चालकहरुले के कति आम्दानी गरेका छन् सक्कली बिउविजन प्रयोग गरेका छन् कि नक्कली एकिन छैन । तर, आन्तरिक राश्वका कर्मचारीहरु भने अनुगमनको नाममा ती क्याफे पाटीप्यालेसहरुमा जाने र बेलुका भएपछि खानपिनको व्यवस्था गर्ने बिल तिर्ने बेलामा हामी फलानो ठाउँबाट आएको डिस्काउन्ट गर्नुपर्छ भन्दै व्यवसायीलाई थार्काउन थाल्दछन् । यसको उदाहरण गत केही दिन अगाडि काठमाडांैस्थित कलंकी आसपास रहेको टावर फुडल्यान्ड क्याफेमा छापा मारेको बताइन्छ । छापामारेबापतको समाचार कुनै मिडियामा आएको पाइएन । सरकारले व्यवसाय सञ्चालन गरेबापतको राजश्व उठाउनेतिर ध्यान दिएको छैन । अधिकांश ब्युरोक्रेसीहरु आम्दानीको स्रोत खोज्दै हिड्न थालेका छन् । आगामी सरकार कसको बन्ने हो ? त्यो सरकार बनेपछि ब्युरोक्रेसीहरु फेरि आफू निकट मन्त्री भएको मन्त्रालयमा जाने र आम्दानीको स्रोत हुने ठाउँमा जानको लागि राजनीतिक दलका सांसद्देखि मन्त्रीसम्मलाई गुमरामा पार्ने कामको सुरुवात अहिलेदेखि नै हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *