नक्कली सुकुम्बासी छ्यापछ्याप्ती

समाचार

काठमाडौं । चुनावी मुद्दा बनाएर जितेपछि काम नगर्दा काठमाडौंमा सुकुम्बासीका नाममा बनेको नागार्जुन नगरपालिकाको भवन उपयोगविहीन बन्दैछ । कुनै बेला सो भवनमा बस्न निवेदन आह्वान गर्दा परेका निवेदन फिर्ता हुँदा दुई दर्जन पनि पुगेन । निवेदन दर्ता गर्नेको देशका कुनै ठाउँमा जग्गा जमिन भए सरकारले जफत गर्छ भन्नासाथ नागार्जुनमा परेका आवेदन फिर्ता भएकै हुन् ।
प्रदीप ज्ञवाली, देवचन्द्र घिमिरे, शिव सुवेदी, गोपीरमण मात्र होइनन, सुकुम्बासी नाममा बुटवलमा जग्गा लिएर त्यही घरजग्गा बेचेर भैंसेपाटीमा महल खडा गरी ललिता निवास काण्डको नायक विष्णु पौडेल विवादमा थिए । उनले जग्गा फिर्ता गरे तर कांग्रेसका विजय गच्छदार कारबाहीमा परेका छन् । थापाथलीको सुकुम्बासी मोर्चाको संयोजक पनि छन् । नेकपा एमालेको नगर सम्मेलनका उनी प्रतिनिधि हुन् । राजु तामाङ, हुकुम कुँवर, कुमार लामा अर्का सुकुम्बासी नेता हुन् ।
थापाथली टोलमा टहरा भत्काउन बाग्मती सभ्यता एकीकृत विकास समितिले महानगरलाई आग्रह ग¥यो । महानगरले डोजर लिएर घर टहरा भत्काउन पुग्दा ढुंगा हान्ने उनै नारायण परिश्रमी थिए । राजधानीका हरेक ठाउँका सुकुम्बासीका सहरमा महल छन् । काठमाडौं महानगरका ड्राइभरहरु नै सार्वजनिक जग्गा अतिक्रमणकारी छन् । नगर प्रहरीले महानगरको आदेश मान्ने हो । काठमाडौंमा यस्ता सुकुम्बासी धेरै छन् । आफ्नै कार्यकर्ताले सार्वजनिक जमिन हडेपेका कारण दलहरु यो समस्या हल गर्न चाहँदैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *