नेपालको सम्पत्तिमाथि मारवाडीहरुको खेलवाड

राजनीति समाचार

काठमाडौं । नेपालका अधिकांश क्षेत्रमा मारवाडीहरुले व्यापार व्यवसाय गर्दै आएका छन् । त्यति मात्रै होइन अधिकांश बैंक वित्तीय संस्थादेखि आकर्षणमा रहेको इस्योरेन्स कम्पनीहरु मारवाडीहरुकै कब्जामा रहेको छ । यतिखेर सबैभन्दा चासो र चर्चाको विषय बनेको छ मारबाडी सेवा समिति ।

मारबाडी सेवा समितिले देशका अधिकांश ठाउँमा सेवा प्रवाह गर्दै आए तापनि यसको नीतिनियमको बारेमा नेपाल सरकारले ध्यान दिएको छ त ? अधिकांश व्यापारिक क्षेत्रमा उनीहरुको लगानी रहे तापनि ती मारबाडीहरुले लगानी गरेको क्षेत्रमा राज्यले कर उठाएको छ या छैन त्यसको पनि एकिन छैन । अहिले मारवाडी सेवा समितिले अधिकांश क्षेत्रमा समाज सेवाको नाममा नेपाल सरकारको स्वामित्वमा रहेका जग्गा जमिनहरु धमाधम आफ्नो कब्जामा पार्दै आएका छन् ।

मारवाडीहरुले कतिपय कलेज, स्कुल, अस्पताललगायतका क्षेत्रमा लगानी गरेर ठूलो मात्रामा नेपालको पैसा भारततिर लैजाने काम गरेका छन् । यसरी समाज सेवाको नाममा मारवाडी समुदायले खुलमखुला रुपमा नेपालमा अवैध धन्दा चलाउँदा पनि राज्यको सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।

कतिपय मारवाडी सेवा समितिको नाममा विकृति र विसंगतिहरु पनि फैलिँदै गएका छन् । उनीहरुले समाज सेवाको नाममा नेपालको धार्मिक, सांस्कृति, पर्यटकीय र पुरातात्विक ठाउँहरु कब्जा गर्दै आएका छन् । यसरी खुलमखुला रुपमा राज्यको महत्वपूर्ण ठाउँ कब्जा गरिरहँदा पनि नेपाल सरकार भने मुकदर्शक बनेर टुलुटुलु हेरिरहेको छ ।

अधिकांश मारवाडी व्यापारीहरुले नेपालमा उद्योग धन्दा खोलेर नेपालको गोप्य सूचनाहरु समेत बाहि¥याउने काम गरेको पाइन्छ । ती मारवाडीहरुले खोलेका उद्योग, धन्दा र कलकारखानाले नेपाल सरकारलाई कति राजश्व बुझाएका छन् भन्ने एकिन छैन । कतिपय मारवाडी व्यापारीहरुले नेपालीहरुको नागरिकता प्रयोग गरी खोलिएका उद्योग धन्दाहरु कर नतिरी नेपाली नागरिकतावालालाई पंगु बनाउने र डुवाउने काम गरिरहेका छन् ।

नेपालीको नागरिकता राखेर खोलिएका उद्योगहरुमा मारवाडीहरुले लगानी गरे तापनि कर छलेर लगानी उठाउने र नेपालको पैसा भारत पु¥याउने काम गरिरहेका छन् । उनीहरुको लगानी भएका अधिकांश बैंक, फाइनान्स, इन्स्योरेन्स जस्ता कम्पनीमा नेपालीहरुको पैसा संकलन गर्ने र त्यसरी संकलन भएको पैसामा मारवाडी व्यापारीहरुले मोजमस्ती गर्ने गरेका छन् ।

अहिलेसम्म मारवाडीहरुले समाज सेवाको नाममा खोलेका विभिन्न संघसंस्थाहरुले राज्यलाई कति राजस्व छलेका होलान् यसको खोजविन कुनै निकायले गरेको छैन । अहिले सञ्चार माध्यममा पशुपति धर्मशालाको जग्गाको बारेमा समाचार आए तापनि अन्य संघ, संस्थाहरुको समाचार बाहिर आएको छैन । उनीहरुले लगानी गरेको व्यापार व्यवसायबाट कर त छले नै कतिपय सार्वजनिक स्थलदेखि विभिन्न समाज सेवाको नाममा हिनामिना गरेको समाचार अहिलेसम्म आएको छैन ।

आइहाले तापनि विभिन्न सञ्चार माध्यमहरुले गुपचुप राख्ने र भजाएर खाने काम समेत गरेको पाइन्छ । यसरी खुलखुला रुपमा मारवारीहरुले समाज सेवाको नाममा सार्वजनिक सम्पत्ति र जग्गाजमीन कब्जा गर्दै आए तापनि नेपालका कुनै पनि राजनीतिक दलका नेताहरुले आवाज उठाउने गरेको पाइँदैन । कतिपय नेपालका राजनीतिक दलका नेताहरुले मारबाडीहरुसँग मितेमतो गरेर आर्थिक लाभ लिने र चुनावी खर्च जुटाउने काम गरेकाले पनि ती मारबाडी व्यापारीदेखि मारवाडी सेवा समितिले गरेका कालाकर्तुत बाहिर ल्याउन नचाहेको हुनुपर्छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *