वीर अस्पतालभित्रको भ्रष्टाचार छानविन कस्ले गर्ने ?

राजनीति समाचार

काठमाडौं । सरकारले स्वास्थ्यलाई महत्वपूर्ण स्थान दिएर बजेट छुट्ट्याउने गरेको छ । सो बजेट मार्फत जेष्ठनागरिकदेखि अशक्त, विपन्न परिवारहरुलाई सर्वसुलभ उपचार गराउने भनिए तापनि त्यो भने देखिएको छैन । नेपालकै सबैभन्दा जेठो भनेर चिनिने वीर अस्पताल हो । यो अस्पताल वि.सं.१९४७ मा वीर शमशेरको पालामा स्थापना भएको थियो ।

सन् २००३ यता एक सरकारी एजेन्सी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत सञ्चालित हुँदै आएको छ । त्यति लामो इतिहास र महत्व बोकेको वीर अस्पताल यतिखेर अस्पताल सञ्चालक, कार्यकारी निर्देशक, कर्मचारी र विचौलियाको कारण बदनाम बन्दै गएको छ । वीर अस्पतालको बारेमा विभिन्न सञ्चारमाध्यमहरुले पटक–पटक समाचार सम्प्रेषण गर्दै आएता पनि त्यसको सुनुवाइ र सुधारको बाटोमा ल्याउन कुनै पनि सम्बन्धित निकायले ध्यान दिएको छैन ।

विभिन्न पत्रपत्रिकामा समाचार आइरहे तापनि पत्रकारको खोल ओढेर भँजाएर खानेहरु र कार्यकारी निर्देशक भेटेर चाकडी गर्ने यी पत्रकारहरुको काम छैन । हजुर जस्तो इमानदार मान्छेको समाचार लेख्ने पत्रकार नै फटाहा हुन् भन्दै पत्रकारको नाममा मागी खाने भाँडो बनाएका छन् । यतिखेर वीर अस्पतालभित्र जस्तो भद्रगोल कुनै निकायमा छैन ।

विगत लामो समयदेखि सञ्चालन गर्दै आइएको क्यान्टिनमा समेत लापरबाही हुने र सस्तोमा मूल्यमा बिरामीलाई खाना खुवाउने नाममा गुणस्तरहिन खाद्य सामाग्री प्रयोग गरी ती बिरामी र बिरामी कुरुवाहरुलाई खुवाउने गरेका छन् । खास गरी भन्नुपर्दा क्यान्टिन सञ्चालकले वर्षेपिच्छे सार्वजनिक खरिद ऐन अनुसार टेण्डर गर्नुपर्नेमा एउटै व्यक्तिले ६÷६ वर्षसम्म क्यान्टिन सञ्चालन गरिरहेको बताइन्छ । त्यसमा पनि कमिसनको भागबन्डा मिलाएर वर्षमा २० औं लाख खाने÷खुवाउने गरेको समाचार स्रोतको दावी छ ।

त्यस्तै अस्पताललाई चाहिने विभिन्न उपकरणहरु खरिदमा काभ्रेतिरका केही व्यापारीहरु र विचौलियाहरु मिलेर अर्बौं रुपैयाँ घोटाला गर्दासमेत सम्बन्धित निकाय चुपचाप बसेको छ । अस्पताललाई आवश्यक विभिन्न उपकरणहरु गुणस्तरहीन मगाउने र प्रयोग नै नगरी त्यसै अलपत्र अवस्थामा राख्ने गरिएको छ । त्यति मात्रै होइन अस्पतालका पुराना सञ्चालनमा रहेका विभिन्न उपकरणहरु एक्सरे मेसिन, सिटी स्क्यान मेसिन, अल्ट्रासाउन्ड मेसिन लगायतका थुप्रै सामानहरु बिग्रिएको भनेर मर्मतको नाममा कमिसन खाने गरेको पाइन्छ ।

त्यति मात्रै होइन अस्पताललाई चाहिने विभिन्न सामान खरिद गर्दा टेण्डर गर्ने नाममा समेत सेटिङ मिलाएर कमिसन खाने र आफ्नो मान्छेलाई टेण्डर पार्ने काम गर्दै आएका छन् । त्यस्तै औषधि तथा उपचार सामाग्रीहरुमा पनि ठुलो परिमाणमा घटाला हुने गरेको छ । वीर अस्पतालमा कतिपय बिरामीहरुलाई त बेडको समेत अभाव देखाएर प्राइभेट अस्पताल पठाउने र कमिसन खाने गरिएको उदाहरणहरु पनि थुप्रै छन् । यी त सामान्य उदाहरण मात्रै हुन् ।

यतिखेर वीर अस्पतालमा भए÷गरेको भ्रष्टाचारको सम्बन्धमा अस्पतालमा कार्यरत कर्मचारी, उच्च स्तरका चिकित्सक र कार्यकारी निर्देशक भूपेन्द्र बस्नेतको समेतको सम्पत्ति छानविन गर्नेपर्ने आवाज वीर अस्पतालभित्रकै कर्मचारीहरुले उठ्न थालेको छ ।(तामाकोशीसन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *