सशस्त्र प्रहरीमा आइजीपी अर्याल र लेखापाल मल्लको कहानी

राजनीति समाचार

काठमाडौं । ‘जुन जोगी आएपनि कानै चिरेको’ भने झैं सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालले गरेका छन् । सशस्त्रभित्र खासै काम गरेर देखाउन सकेका छैनन् । सशस्त्र प्रहरी बलभित्रको भ्रष्टाचार र व्यथितिलाई यथास्थानमै राखेका छन् भने कतिपय गण, गुल्म सिमा नाकामा खटिएका प्रहरीहरुबाट भन्सार छली ल्याइएका सामान नेपाल छिराएबापत व्यापारीसँग मिलेमतो गरी कमिसनमा लिप्त भएको बताइन्छ । सशस्त्र प्रहरीभित्र हुने यस्ता काम नयाँ भने होइन ।

किन कि तत्कालीन आइजीपीहरुको गतिविधिका कारणले गर्दा पनि सशस्त्र प्रहरी बल अहिलेसम्म सुध्रिन सकेको छैन । कतिपय प्रहरी अधिकृतहरुले त सशस्त्र प्रहरी बलभित्र बसेर आफ्नै घरको सम्पत्ति जस्तो गरी मोजमस्ती गर्ने गरेका छन् । गत मंसिर ४ गते संघ र प्रदेश निर्वाचनमा सुरक्षामा खटिएका प्रहरीहरुलाई नेपाल सरकारले उपलब्ध गराएका खाजा, खाना भत्तासमेत अहिलेसम्म नपाएको गुनासो आइरहेको छ ।

उक्त खाना र खाजाको गृह मन्त्रालयबाट एकमुष्ट रकम सशस्त्र प्रहरी बलको केन्द्रीय लेखामा प्राप्त भएको र यसको बाडफाड गर्ने जिम्मा पाएका डीएसपी गणेश मल्लले हिनामिना गरी प्रहरीहरुलाई नदिएको र पाएका कर्मचारीहरुको पनि आफू जाँदा आउँदाको गाडी भाडासमेत नउठ्ने गरी खातामा पठाएको पीडितहरुको गुनासो छ । लामो समयदेश सशस्त्र प्रहरी बलको केन्दं्रीय लेखामा राज गर्दै आएका मल्लले आफू निकट १५ जना भन्दा बढी कर्मचारी राखेका छन् ।

मल्लले तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम बेचेर सशस्त्र प्रहरीका आइजीपीलाई समेत थ्रेट दिने गरेका थिए । सामान्य कर्मचारी वरिष्ठ हवल्दार शेरबहादुर कठायतले हाल केन्द्रीय लेखामा कार्यरत प्रायः कर्मचारी शेरबहादुर देउवा सरकारको पालामा देउवाकै नजिकको मान्छे भनेर जरो गाडेर बसेका छन् । अहिले सशस्त्र प्रहरी बलको लेखामा टीएडीएको नाममा करोडौंको भ्रष्टाचार भएको समाचार स्रोतको दावी । सशस्त्रको लेखामा कार्यरत कर्मचारी र उनीहरु नजिकका अन्य कर्मचारी कही कतै खाना नपाएपनि टीएडीए निकालेर खाने गरेका छन् ।

१÷१ वर्षमा लेखापालहरुको सरुवा हुने प्रावधान हुँदाहुँदै पनि गणेश मल्ल भने ५ वर्षदेखि एकै स्थानमा बस्नुको कारण के हो भनेर अन्य प्रहरी कर्मचारीहरु आश्चर्य चकित भएका छन् । तर, गणेश मल्लले सशस्त्र प्रहरी बलमा बसेर अधिकांश प्रदेश सशस्त्र प्रहरी बल र केन्द्र प्रहरी बलमा रहेका गण, गुल्मका लेखापालहरुसँग वार्षिक लाखौं रुपैया उठाउने गरेका छन् । यदि शस्त्रका ती गुल्म र गणका लेखापालहरुले गणेश मल्ललाई कमिसन नदिएमा उनले बजेटसमेत रोक्का गरिदिने गरेका थुप्रै उदाहरणहरु छन् ।

यस्तै उता राजु अर्याल सशस्त्र प्रहरी बलको आइजीपी भएपछि धेरै कर्मचारीहरुले परिवर्तनको आशा गरेका थिए । तर, अहिले आएर ती कर्मचारीहरुले गरेको आशा निराशामा परिणत भएको छ । उनले एफपीयु मिशनमा कर्मचारी सहभागी गराउन पहिलाको कार्यविधिलाई परिवर्तन गरे आफूनिकट कर्मचारीलाई सीमी दर्जाका कर्मचारीलाई पठाउने र वरिष्ठ हबल्दारलाई मात्र मिसनमा पठाउने दाउमा छन् । यो खेलमा आइजीपी अर्याल कति सफल हुनेहुन् त्यो भने हेर्न बाँकी छैन । (तामाकोशी सन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *