पत्रु बोकेर केपी फुरुक्क

राजनीति समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीका कारण लोकतान्त्रिक गणतन्त्रमाथि खतराको घण्टी बज्दैछ भनिन्छ । माओवादी, एमाले हुँदै राजावादी बनेका झापाका दुर्गा प्रसाईं पूर्व राजा ज्ञानेन्द्रसँग मिलेपछि राप्रपाले संसदमै राजाको वकालत गरेको हो । सांसद बनेर गणतन्त्र र संघीयतामाथि प्रहार गर्ने राप्रपाका सांसदहरुले संघीय संसदमा देखाएको जात्राले धेरैलाई झस्काएको छ ।

केपी ओलीलाई गणतन्त्रको माया छैन भन्ने आरोप छ । किनकि यस्तो हुँदो हो त ओलीले राप्रपाजस्तो निरंकुशताको प्रतिक समूहलाई चुनावमा साथ लिने थिएनन् । आफ्नो स्वार्थ अनुकूल ओली चल्ने गर्छन ।

ओलीले आफुले भनेको हुबहु मान्ने दायाँबायाँ नगर्ने व्यक्तिहरुका पक्षमा राष्ट्रिय सहमति गर्ने भन्दैगर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले महत्व दिएनन् । भ्रष्टाचारमा डुबेका र मंसिरको चुनावमा जनताले नपत्याएका नेतालगायत, जनताका बिचमा जान नसक्ने तर नेताको चाकडी गरेर पार्टीको उपमहासचिव बनेका युरोपेली युनियनका सूचना सुत्र विष्णु रिमालजस्तालाई राष्ट्रपति बनाउने हल्ला पनि चलाएर ओलीको छविमाथि धावा बोलेका छन् । अन्ततः सहमति तोडियो, प्रचण्ड कांग्रेसतिर, केपी राप्रपातिर भए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अस्तित्व मेटिनगरी सहमति गर्दैनन् । चुनावको पाँचदलीय गठबन्धन पुनः ब्यँुतिरयो भने एमाले सभामुख बाहेकका सबै पदबाट आउट हुन्छ । अहिले माओवादीको आडमा एमालेले प्रदेश १, गण्डकी र कर्णाली प्रदेशमा पनि सभामुख पाएको छ । संघीय संसदको सभामुख पनि नेकपा एमालेले लिएको छ । राष्ट्रिसभा अध्यक्ष एमालेकै छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *