एमाले पेशागत महासंघभित्र आरोपप्रत्यारोप

राजनीति समाचार

काठमाडौं । गत २४ गते नेकपा एमाले निकट छाता संगठन पे

शागत महासंघको सातौ महाधिवेशन सम्पन्न भएको छ । उक्त महासंघमा २२ वटा संगठन आवद्ध रहेका छन् । त्योसँगै पेशागत महासंघको अध्यक्षमा ५ जनाले दावी गरे तापनि तत्कालीन एमाले निकट ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा भोला पोख्रेल, महासचिवमा केदार देवकोटा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष ढकाललाई भने विभिन्न आरोप प्रत्यारोप लाग्ने गरेको छ ।

ढकाल तत्कालीन आधिकारिक ट्रेड युनियनको अध्यक्ष हुँदा कर्मचारीहरुको हकहितको काम गर्न नसकेको र निजामती कर्मचारी ऐन ल्याउन भूमिका नखेलेको उल्टै नेता बनेर पैसा कमाउने धुनमा मात्रै लागेको आरोप उनीमाथि लाग्दै आएको छ । त्योसँगै ढकालले उपसचिवमा बढुवा भएपछि तत्कालीन केपी ओलीको सरकारले सिडियो बनाएर पठाएको थियो । उनी सिडियो भएपछि अनियमितता गरेर अकुत सम्पत्ति कुम्ल्याएको एमाले निकट कर्मचारीले बताउने गरेका छन् ।

अहिले पेशागत महासंघको अध्यक्षमा निर्वाचित भएपछि एमालेभित्रकै केही कर्मचारीहरुले भन्ने गरेका छन्, आधिकारिक ट्रेड युनियनको अध्यक्ष हुँदा ढकालले एमालेको संगठनलाई ध्वस्त बनाएको आरोप लागिरहेको थियो । तर, अहिले उनै ढकाल पेशागत महासंघको अध्यक्षमा निर्वाचित भएपछि अब पेशागत महासंघलाई पनि सिध्याउने भए भनेर चिन्ता व्यक्त गर्न थालेका छन् । उता विगत लामो समयदेखि पुण्य ढकाल र भोला पोख्रेलको मनमुटाव हुँदा एकअर्काकोविरुद्ध कुरा काट्न पछिपर्दैन थिए ।

त्यस्तै अर्का चतुर खेलाडी भनेर चिनिने केदार देवकोटा पेशागत महासंघको महासचिवमा निर्वाचित भएका छन् । उनलाई तत्कालीन एमाले निकट कर्मचारी संगठनको अध्यक्ष पुण्य ढकालले नै बनाएका थिए । तर, देवकोटा आफू अध्यक्षमा निर्वाचित भएपछि उनै पुण्य ढकालको विरुद्धमा खनिन थालेका थिए । देवकोटा महासचिवमा निर्वाचित भएपछि अब पुण्य ढकालको कार्यकाल कस्तो रहने हो भनेर कर्मचारीहरु आशंका व्यक्त गर्न थालेका छन् ।

उतापट्टि तत्कालीन एमाले निकट माधव नेपाल खेमाका भोला पोख्रेल नेपाल छाडी एमालेमा आएपछि तरङ्गनै मच्चिएको छ । उनीलाई पेशागत महासंघको अध्यक्ष बनाउन लागिए तापनि उनी भरखरै एकीकृत समाजवादीबाट एमालेमा आएका कारण अध्यक्ष बनाइएन । तत्कालीन अध्यक्ष बाबुराम थापा पनि बाहिरिएका छन् । यतिखेर नेकपा एमाले प्रतिपक्षमा बसेको छ । एमालेले अबका दिनमा कस्तो संगठन बनाउँछ त्यो भने हेर्न बाँकी नै छ । तर, पेशागत महासंघमा कर्मचारी संगठनबाट आएका पुण्य ढकालले पेशागत महासंघलाई कस्तो बनाएर अगाडि बढाउँछन् कौतुहलताको विषय बनेको छ ।

त्यसैगरी अर्थमन्त्रालयमा लामो समयसम्म डेरा जमाएका केदार देवकोटा अर्थभन्दा बाहिर जानै चाहँदैनन् । गैहाले तापनि विभिन्न सोर्सफोर्स लगाएर केन्द्रमै बस्न सफल हुने कर्मचारी हुन् भनेर आरोप देवकोटालाई लाग्दै आएको छ । अब पेशागतम हासंघको महासचिव निर्वाचित भएपछि अफिसको जागिर खान्छन् कि पार्टी संगठनलाई बलियो बनाउँछन् त्यो भने अध्यक्ष ढकाल र महासचिव देवकोटाको हात रहेको छ । त्यसमा पनि एकीकृत समाजवादीबाट आएका भोलानाथ पोखरेल उपाध्यक्ष भइरहँदा पेशागत महासंघभित्रको गतिविधि राम्रै देखिने छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *